Wednesday, July 1News That Matters

संसार

फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख ८ फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा १७५, ००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन् । अप्रिल ९१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ। (रासस)...
पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु, २० घाइते

पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु, २० घाइते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख ७ पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । घरको भान्साबाट हुरिका कारण फैलिएको आगोले गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । मृत्यु भएका सबै बालबालिका रहेका छन् । स्थानीय समयानुसार मङ्गलबार राती ९ बजे आगलागी सुरु भएको थियो । (रासस)...
नाइजेरियामा बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु

नाइजेरियामा बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख ७ नाइजेरियामा मंगलबार भएको सडक दुर्घटनामा परेर कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तर पश्चिमी राज्य बाउचीमा सडकमा गुडिरहेका बस एक आपसमा ठोक्किन पुग्दा यो दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर २० जनाको ज्यान गएको र अरु केही घाइते भएका सो राज्यका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती दुवै सवारी साधनको गति उच्च भएका कारण दुर्घटना भएको थियो । उक्त क्षेत्रको सडकको अवस्था तथा सवारी साधनका चालकहरुले प्रायः उच्च गतिमा सवारी गुडाउने भएकाले यसअघि पनि बारम्बार दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । नाइजेरियामा सडकको दुराबस्था, असुरक्षित ड्राइभिङका कारणले नै यहाँ प्रायः सडक दुर्घटना हुने गरेको प्रहरीको भनाई छ । (रासस)...
आसाममा चट्याङ लागेर १४ को मृत्यु

आसाममा चट्याङ लागेर १४ को मृत्यु

Breaking News 3, समाचार, संसार
काठामण्डौँ, बैशाख ५ भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पु¥याएको थियो । आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् । यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ । (रासस)...
विश्वमा वीणा उल्का वर्षा आजदेखि :  नेपालमा ९ गते राति देखिने

विश्वमा वीणा उल्का वर्षा आजदेखि : नेपालमा ९ गते राति देखिने

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख ५ सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न÷देख्न सकिने उहाँले बताउनुभयो । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । ‘थ्याचर’ नामक पुच्छे«ताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छे«ताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । पुच्छे«ताराल वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन...
तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण, चीनको अन्तरिक्ष याात्रामा अर्को सफलता

तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण, चीनको अन्तरिक्ष याात्रामा अर्को सफलता

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, बैशाख ३ चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेका छन् । यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ । चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौंको अनुभव छ । सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामी ९चिनियाँ० हरूले पनि भूउपग्रह बनाउनेछौं ।” यसको लागि एक दशकभन्द...
रुसद्वारा युक्रेनलाई हतियार आपूर्ति गरेकामा अमेरिका र नाटोलाई,अप्रत्याशित परिणाम, को चेतावनी

रुसद्वारा युक्रेनलाई हतियार आपूर्ति गरेकामा अमेरिका र नाटोलाई,अप्रत्याशित परिणाम, को चेतावनी

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, बैशाख ३ जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई “अनपेक्षित परिणाम” भोग्नुपर्ने चेतावनी दिएको छ । वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ । युक्रेनमा हतियार प्रणालीले, “अप्रत्याशित परिणामहरू ल्याउन सक्छ,” अल्जाजीराले रिपोर्ट गरेको । “हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौं, जसले क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ, नोटमा भनिएको छ । उल्लेखनीय कुरा के छ भने अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउन्ड, बख्तरबंद लगायत समावेश छन् । (रासस)...
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत २७ पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनुभएको छ । उहाँले संसदमा आफ्नो पक्षको बहुमत गुमाउनुभएको छ ।उहाँले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उहाँको पक्षमा मत नरहेका भन्दै मतदान भएको थियो । शनिबार अपरान्ह यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसदमा आफ्नो बहुमत गुमाउनुभयो ।उहाँलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उहाँको विपक्षमा १७४ मत आएको थियो । संसदमा बहुमत गुमाएपछि उहाँ स्वतहः पदमुक्त हुनुभएको हो । पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको संसदले उहाँका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि उहाँ पदमुक्त हुनुभएको समाचार सम्प्रेषण गरेका छन् ।बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्...
कङ्गोमा घाइते नेपाली शान्ति सैनिकको निधन

कङ्गोमा घाइते नेपाली शान्ति सैनिकको निधन

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत २३ संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते हुनुभएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभयो । प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते हुनुभएको थियो । घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो । यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । शान्ति सैनिकमाथि गरिएक...
प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

Breaking News 1, समाचार, संसार
काठमाण्डौँ, चैत १९ भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यहाँस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उहाँहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गर्नुभएको थियो । दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे विचारविमर्श गर्नुभएको थियो । नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री र सहयोगको विशेष सम्बन्धलाई थप प्रगाढ एवं सुमधुर बनाउने नवीकृत अवसरका रुपमा दुई देशका प्रधानमन्त्रीको यो भेटवार्तालाई लिइएको छ । बहुपक्षीय सहयोग र साझेदा...