Friday, August 21News That Matters

समाचार

भ¥याङबाट लडेर १ जनाको मृत्यु

समाचार
उदयपुर, मंसिर २ गते । उदयपुरको बेलका नगरपालिका–३ रातापानी सालबारीमा भ¥याङबाट लडेर एक जनाको मृत्यु भएको छ । गत १९ गते राती १२ बजे आफ्नै घरको भ¥याङबाट लडेर घाईते भएका २७ बर्षिय जितेन्द्र चाम्लिंग राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । घाईते राईको उपचारको क्रममा बिहानको राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ...
मोटरसाईकलबाट लडेर १ जनाको मृत्यु

मोटरसाईकलबाट लडेर १ जनाको मृत्यु

समाचार
झापा, मंसिर २२ गते । झापाको कमलमा मोटरसाईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मकल गाउँपालिका–७ बाह्रघरे चोकको पाडाजुगी गौरीगंज भित्री सड्क खण्डमा मोटरसाईकलमा पछाडी सवार ज्ञानदेवि धिमालको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ११ प १२२९ नम्बरको मोटरसाईकलमा पछाडी ५३ वर्षीय ज्ञानदेवीको बिहान साढे ११ बजे मोटरसाईकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलबाट लडेर घाईते भएकी ज्ञानदेवीको उपचारको लागि तत्काल लाईफलाईन अस्पताल दमक पु¥याउनासाथ डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ज्ञानुदेवी उनको श्रीमान ५२ वर्षीय तुलसीराम धिमालसँग मोटरसाईकलमा सवार रहेको प्रहरीले जनाएको छ ।...
अटो दुर्घटनामा ५ जनाको मृत्यु

अटो दुर्घटनामा ५ जनाको मृत्यु

समाचार
मंसिर २२ गते ।  चितवनको राप्तिमा अटो दुर्घटना हुदा पाँच जनाको मृत्यु भएका छन् । राप्ती नगरपालिका–५ गतसाँझ अटो दुर्घटना हुदा पाँच जनाको मृत्यु भएका हुन् । चेपाङमार्गबाट चौकीडाँडा तर्फ जादै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएको प्रहरीले जनाएको छ । पर्बत स्थायी घर भई हाल चितवन खैरहनी नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय श्यामप्रसाद तिवारी, ९ नम्बर निबासी ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती नगरपालिका–९ निबासी २५ वर्षीया मीना खड्का र ३२ वर्षीया माया तामाङ र अर्का परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बिग बारमा आगलागी

बिग बारमा आगलागी

समाचार
मंसिर २२ गते ।  सुनसरीको एक विग बारमा आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको हो । गतराती १ बजे लागेको आगो ९ वटा दमकलको सहायतामा साढे तीन घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरीको गरि आगो निभाउन ९ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बारको चौथो तलामाथि आगो लागेकाले आगो नियन्त्रणमा लिन निकै मुस्किल भएको थियो । बन्द रहेको बारमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।...
घरबाट लडेर १ कामदारको मृत्यु

घरबाट लडेर १ कामदारको मृत्यु

समाचार
मोरङ, मंसिर २१ गते ।  मोरङको सुन्दरहरैचामा घरको प्लम्बरको काम गर्ने क्रममा घरबाट लडेर एक जना कामदारको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१० को बन्दै गरेको दुई तले घरबाट लडेर श्यामकुमार रिजालको मृत्यु भएको हो । घाईते रिजालको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा साँढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउँना साथ तत्काल प्रहरी घटना स्थल पुगी थप घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
दुर्घटनामा अटो चालकको मृत्यु

दुर्घटनामा अटो चालकको मृत्यु

समाचार
खोटाङ, मंसिर २१ गते । खोटाङको हलेसी तुवाचुङमा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दिक्तेल सडक खण्ड अन्र्तगत हलेसी तुवाचुङ नगरपालिका–१० विजुलेधापमा दुर्घटन हुदा अटो चालक टंक दाहालखत्रीको मृत्यु भएको हो । विजुलेबाट खोटाङ तर्फ आउँदै गरेको को २ ह ८३४६ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टिदा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा निबासी ३१ वर्षीय खत्रीको घटनना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
अज्ञात रोगले गोठ रित्तो

अज्ञात रोगले गोठ रित्तो

समाचार
उदयपुर, मंसिर २१ गते ।  अज्ञात रोगले उदयपुरका एक कृषकको गोठ रित्तो भएको छ । रौतामाई गाउँपालिका–५ मझौलेका हर्क बहादुर राईको चार वटा गाई, गोरु अज्ञात रोगले मरेको हो । साँझ गोठमा सन्चै बाँधेको गाई, गोरु विहान घाँस लाउन जाँदा मृत अवस्थामा फेला पारेको राईले बताए । उनले भने ‘विहान घाँस लाउन भेर गोठ पुग्दा थलाको किलाको दाम्लाले साँझ जस्तो बाँधेको त्यस्तै अवस्थामा मरेको भेटे ।’ एक हल गोरु, एए काउ दुध दिदै गरेको (दुहुना) गाई र एउटा बहर गोरु मरेको उनले छ । एउटै गोठमा बाँधेको पाँच वटा गाई वस्तुमध्ये सानो बाछा मात्रै जिउँदो रहेको रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले बताए । अज्ञात रोगले गाई गोरु मरेको जनाकारी आएपछि घटना स्थल पुग्दा सानो बाछा मात्रै जिउदो भेटेको उनले बताए । बेलुका गोठमा सन्चै बाँधेको गाई, गोरुलाई कोदोको नल लगाई दिएको राईले जनाएको रौतामाई गाउँपालिकाका पशू शाखा कार्य...
किरात प्रदेश तथा पहिचान सम्बन्धि प्रशिक्षण कार्यक्रम

किरात प्रदेश तथा पहिचान सम्बन्धि प्रशिक्षण कार्यक्रम

समाचार
गाईघाट/मंसिरि २१ किरात राई यायोख्खा केन्द्रिय संगठन विभागले किरात प्रदेश नामकरण तथा किरात राईहरुको भाषा, संस्कार, संस्कृति र पहिचानको विषयमा १ दिने छलफल तथा प्रशिक्षण कार्यक्रम गाईघाटको साकेला टोलमा शनिवार गरेको छ । अहिले सम्म नामकरण हुन नसकेको १ नं प्रदेशलाई किरात प्रदेश नामकरणको अभियानमा बिभिन्न कार्यक्रमहरु भईरहेको र सो अभियानलाई सफल बनाउन प्रशिक्षणको अयोजना गरिएको आयोजकले बताए ।किरात जात होइना पहिचान हो जो कोहीले पनि आफ्नो पहिचानको संरक्षण गर्ने अधिकार भएको हुदा पहिचान बचाउन १ नं प्रदेशलाई किरात प्रदेश बनाउन किरात राई यायोख्खाले धरै पहल गरिरहेको आयोजक समितिले बताए । १ नं प्रदेशमा बिभिन्न जातजातिहरुले बसोवास गरेपनि धरै मात्रामा किरातीहरुले बसोवास गर्ने पुर्वी क्षेत्र भएको भन्दै यहाँको भाषा, संस्कार संस्कृति र पहिचानको निमित्त यस नामकरणले महत्र्वपूर्ण भुमिका खेल्ने आयोजकको भनाई ...
२ वटा गाडीको ठक्करबाट एक बृद्धको  मृत्यु

२ वटा गाडीको ठक्करबाट एक बृद्धको मृत्यु

समाचार
झापा, मंसिर २० गते । झापाको मेचीनगर नगरपालिका–१२ र बुद्धशान्ती गाउँपालिका–३ को सिमानामा पर्ने धाईजन चोकमा बोलेरोको ठक्करबाट घाईते भएका बृद्धलाई अर्को गाडीले ठक्कर दिदा मृत्यु भएको छ । मेची राजमार्ग अन्र्तरगत पर्ने चोकमा बोलेरो र गाडीको ठक्करबाट पैदलयात्री स्थानीय ७० वर्षीय हरिप्रसाद न्यौपानेको मृत्यु भएको हो । विर्तामोडबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश न. १–०१ र ००१ ज ३४०० नम्बरको बोलेरो र उक्त दिसा तर्फ जाँदै गरेको मे १ ज ३१९६ नम्बरको गाडीले विहान साँढे ६ बजे ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाईते भएका बृद्धको उपचारको क्रममा वि एण्डसी अस्पताल विर्तामोडमा विहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने दुवै सवारी साधन र चाकल प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुधबारेले जाएको छ ।...
लागुऔषध गाँजा सहित १ जना पक्राउ

लागुऔषध गाँजा सहित १ जना पक्राउ

समाचार
धनकुटा, मंसिर २० गते । धनकुटाको साँगुरीगढीबाट अवैध गाँजासहित १ जना पक्राउ परेको छ । साँगुरीगढी गाउँपालिका–९ सानो सफाई निबासी ५६ बर्षिय राम राई ६९ केजी गाँजासहित पक्राउ परेको हो । हिजो दिउँसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटेका प्रहरी टोलीले राईलाई घरबाटै गाँजा सहित पक्राउ प्रहरीले जनाएको छ । राईले अवैध लागुऔषध गाँजा खेती तथा उत्पादन गरी बिक्री बितरण गर्ने गरेको सुराकको आधारमा  खानतलासी गर्दा  घर भित्र  संचय गरी राखेको ५१ केजी  तयारी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । घर वरपर बारीमा लुकाई छिपाई राखेको अवस्थामा १८ केजी गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बरामद गरिएको गाँजा र पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...