Thursday, August 20News That Matters

समाचार

दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु

समाचार
सुनसरी, असोज ५ गते ।  सुनसरीको धरानमा स्कुटर दुर्घटना हुदा स्कुटी चालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१३ निबासी २७ वर्षीय सविन राईको मृत्यु भएको हो । कोशी राजमार्ग अन्तर्गत धरानको जिरोप्वाईन्टबाट भेडेटार तर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकले सोही दिसा तर्फ जादै गरेको को ३१ प ३०३४ नम्बरको स्कुटीलाई साँझ सवा ४ बजे ठक्कर दिदा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट घाईते भएको राईको उपचारका लागि लगिएपनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रक चालक नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
धुमधामका साथ मनाए जितिया

धुमधामका साथ मनाए जितिया

समाचार
उदयपुर, असोज ५ गते ।  तराई मुलका महिलाहरुको महान पर्व जितिया उदयपुरमा पनि धुमधामका साथ मनाएका छन् । तराईमा बसोबास गर्ने आदिबासी जनजाती, दलित लगायतका समुदायका महिलाहरुले विभिन्न कार्यक्रम गरी मनाएका हुन् । कबिर १४ वर्षपछि परेको खर जितिया (शुद्ध जितिया) पर्वले गत वर्षहरुको भन्दा छुट्टै रोकन थपेको स्थानीयबासीहरुले बताएका छन् । तराई क्षेत्रमा बसोबास गर्ने थारु, यादव, दास, सिंह, झा, महत्त, राजधामी लगायतका जातजातीका महिलाले जितमान भगवानको पुजा आरधना गरी वर्त बसेर तिजिया मनाउने चलन रहेको स्थानिय राजकुमारी चौधरीले बताईन् । जितियाको पहिलो दिन विहानै खोला, ताल, पोखरी, कुवा, ईनार लगायतका पानीको श्रोत भएको ठाउँमा घिराँैलाको पातमा घिरौँलाको फुल, तोरीको पिना, तेल, सिन्दुर चढाएर जितमान भगवानको पुजा गरी नुहाउने चलन रहेको चौधरीले बताईन् । दिन भरी बर्त बसेर साँझपख जितमान भगवानको पुजा आरधना गरी ...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार
असोज ५ गते  ।  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले भारी गोलका साथ जित हात पारेको छ । म्यानचेस्टर सिटीले वाटफोडलाई ८–० गेलले पछि पार्दै जित हात पारेको हो । सिटीको जितमा बेर्नान्डो सिल्भाले ह्याट्रिक गरेका थिए । प्रिमियर लिगमा आफ्नो इतिहासमा अहिलेसम्मकै ठूलो मार्जिनको जित निकालेको छ । पहिलो पटक सन् २०१३ मा नर्विचविरुद्ध ७–० को जित निकालेपछि सिटीले धेरै गोल अन्तरमा जित निकालेको थियो । घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै सिटीका डेविड सिल्भाले गोल गरेका थिए ।  ६ औँ मिनेटमा पेनाल्टीबाट सर्जियो अगुइरो, १२ औं मिनेटमा महरेज, १५ औं मिनेटमा वाटफोर्ड, १८ औं मिनेटमा ओटामेन्डीले गोल गरेको थियो । त्यस्तै ४८ औं मिनेटमा बेर्नान्डो सिल्भा, ६० औं मिनेटमा सिल्भा, ८५ औं मिनेटमा केभिन डी ब्रुइनले गोल गर्दै टिमलाई ८ गोल दिलाएको थियो । प्रिमियर लिगमा अहिलेसम्मको ठूलो जित ९–० को रहेको छ । ज...
७६ कैदीबन्दी एकैचोटी बिरामी

७६ कैदीबन्दी एकैचोटी बिरामी

समाचार, स्वास्थ्य
असोज ५ गते ।  जिल्ला कारागार इलाममा ७६ कैदीबन्दी एकैसाथ बिरामी परेका छन् । एकैसाथ ७२ पुरुष र ४ महिला ७६ जना कैदीबन्दी बिरामी परेका हुन् । ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण विरामीमा देखिएको छ । ‘एकै पटक ठूलो समूहमा बिरामी परेकाले उनीहरुलाई अस्पताल लैजान समस्या भएको कारगार प्रशासनले जनाएको छ । सबै बिरामीलाई एकै पटक अस्पताल लैजान असम्भव भएकाले कारागारमा नै चिकित्सक बोलाएर जाँच भइरहेको कारागारले जानाएको छ । एक सय पुरुष र २५ महिलाको क्षमता रहेको इलाम कारगारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेका छन् ।...
दशैँको सामान केरुङमै थन्कियो

दशैँको सामान केरुङमै थन्कियो

लिम्चुङबुङ डायरी, समाचार
आसोज ५ गते ।  नेपाल–चिन नाका केरुङमा खाली कन्टेनर नहुदा दशैँ तिहारको सामान गोदामै थन्किएको छ । चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो । यतिबेला नाकामा सामान लोड गर्ने खाली कन्टेनर नभएकाले सामान गोदाममै थन्किएको व्यापारीहरुले बताएका छन् । कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हमु मार्ग अवरुद्ध भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
किरात प्रदेशमा जोड

किरात प्रदेशमा जोड

समाचार
सुनसरी, असोज ४ गते ।  १ नं. प्रदेशको नाम किरात नै राख्नुपर्नेमा जोड दिइएको छ । सुनसरीमा आयोजित एक कार्यक्रममा वक्ताहरुले अवका दिनमा १ नं. प्रदेशको नामाकरण किराँत नै राख्न निरन्तर प्रयास गर्नुपर्ने बताए । सुनसरीको इटहरीमा किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले आयोजना गरेको प्रदेश नम्बर १ को नाम किरात सम्बन्धी अन्तरक्रिर्या कार्यक्रममा विभिन्न पार्टीका नेता तथा प्रदेश सांसदहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय सदस्य तथा पार्टी सम्बद्ध आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय संयोजक शुरेस आलेमगरले सातैवटा प्रदेशको नाम पहिचानको आधारमा अधिकार आउनुपर्ने बताएका छन् । जनताको चित्त प्रशन्न नभएको अवस्थामा देशमा संमृद्धि आउन नसक्ने भन्दै प्रदेश नम्बर ४ को नाम गण्डक त्यहाँको जनताले स्वीकार नगर्ने बताए । सबै प्रदेशको नाम पहिचानको आधारमा आउनुपर...
व्याड्मिन्टनमा हिमाल र सरोजको जोडी प्रथम

व्याड्मिन्टनमा हिमाल र सरोजको जोडी प्रथम

खेलकुद, समाचार
गाईघाट, भदौ ४ गते । संविधान दिवसको अवसर पारेर गाईघाटका ब्याड्मिन्टन खेलाडिहरुकाे समूह स्माइली ग्रुप र व्याड्मिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगितामा हिमाल श्रेष्ठ र सरोज खवासको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । रुवेन राई र चित्र थापाको जोडीले दोस्रो स्थान पाएका छन् । त्यस्तै बादल खतिवडा र मनोज कुमार खड्काको जोडी तथा विरेन चौधरी र संजयकुमार चौधरीको जोडीले तेस्रो स्थान पाएका छन् । प्रतियोगिताको महिला तर्फको खेलमा हस्तामाया राई र रामकुमारी राईको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । बेल्टारका स्मृति राई र सिमा राईको जोडीले दोस्रो स्थान हाँसिल गर्यो । त्यस्तै अनुमा राई र प्रेरणा कटुवालको जोडी तथा लादिम्मा राई र रोजी राईको जोडीले तेस्रो स्थान हाँसिल गरे । जिल्लाको विभिन्न स्थानका व्याड्मिन्टन खेलाडीहरुको सहभागितामा भएको प्रतियोगिता हिजोबाट सञ्चालन भएक...
बृक्षरोपणसँगै संविधान दिवस सम्पन्न

बृक्षरोपणसँगै संविधान दिवस सम्पन्न

समाचार
उदयपुर, असोज ४ गते ।  संविधान दिवसको अवसरमा उदयपुरमा बृक्षा रारोपन गरिएको छ । जिल्ला समन्वयन समितिको कार्यालय र जिल्ला कारागार शाखा उदयपुरको कार्यालय परिसरमा विभिन्न जातका फलफुलको विरुवा रोपिएको हो । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ” भन्ने मुल नाराको साथ संविधान दिवस समारोह समिति उदयपुरको आयोजनमा विभिन्न कार्याक्रम भएको थियो । गत २ गतेबाट विभिन्न कार्याक्रम गरि हर्षोलासका साथ दिवस मनाएको थियो । राष्ट्रिय झण्डा रिले दौड, हाजिरी जवाफ, ¥यालीले बजार परिक्रमा गरी कोण सभा, कपडा बैँक उद्घाटन, नेपालको नक्सा अंकित दिप प्रज्वलन, प्रत्यक घरघरमा साँझ दिपल प्रज्वलन, राष्ट्रिय झण्डा फहराउने, रक्तदान कार्यक्रम, बृक्षरोपण कार्यक्रम गरी दिवसलाई हर्षोलासका साथ मनाएको आयोजकले जनाएको छ । दिवसको अन्तिम दिन बृक्षा रोपण...
भरतपुरका एक वडा अध्यक्षको निधन

भरतपुरका एक वडा अध्यक्षको निधन

समाचार
असोज ४ गते । चितवनका एक वडाध्यक्षको निधन भएको छ । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको हो । ६६ वर्षीय गुरूङ पेटको क्यान्सरबाट पीडित थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार विहान निधन भएको थियो । दुई महिना अगाडी मात्रै गुरूङलाई क्यान्सर भएको पत्ता लागेको थियो । गुरूङ तत्कालीन एमालेबाट वडाध्यक्षमा विजयी भएको थियो । गुरुङको छोराहरु विदेशमा रहेकाले उनीहरु आएपछि मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । गुरुङको पार्थिव शरीर भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।...
बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा

बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा

समाचार
असोज ४ गते । विश्वकै अग्लो भवन बुर्ज अलिफामा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा गतसाँझ युएईको बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो । विश्वका देशहरुको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ । ऐतिहासिक दृश्य अवलोकन गर्न भवन वरिपरि हजारौँ नेपालीहरुको भिड लागेको थियो भने अन्य देशका नागरिकले पनि दृश्यको अवलोकन गरेको थियो । बुर्ज खलिफामा नेपालको झन्डा देखिदा नेपालीहरुले ताली बजाएर खुसियाली मनाएको थियो । नेपालीको समेत श्रमले बनेको बुर्ज खलिफा भवनमा नेपालको झण्डा फहरिनु गौरवको कुरा भएको भन्दै नेपाली दूतावास र सरकारप्रति युएईमा रहेका नेपालीहरुले आभार प्रकट गरेका छन् । राजदुतको जिम्मेवारी सम्हालेदेखि युएई सरकारसँग बुर्ज खलिफामा नेपालको झण्डा फहराउन आग्रह गरेको राजदूत कृष्णप्रस...