Saturday, July 11News That Matters

समाचार

डेङ्गु नियन्त्रणमा सामुहिकता

डेङ्गु नियन्त्रणमा सामुहिकता

समाचार, स्वास्थ्य
उदयपुर, भदौ ३१ गते । उदयपुरमा डेङ्गु रोगको प्रकोप बढेपछि एक सर्वपक्षीय बैठक गरि सामुहिकरुपमा नियन्त्रनमा लाग्ने निर्णय भएको छ । मङ्गलबार त्रियुगा नगरपालिकाले बैठकको आयोजना गरि यस्तो निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, जनस्वास्थ्य, निजि स्वास्थ्य संस्था, टोलविकास संस्था, नागरिक समाज पत्रकार लगायतको उपस्थितिमा भएको बैठकले तुरुन्त नियन्त्रणको गतिविधीमा लाग्ने निर्णय भएको हो । नगर पालिकाले बिरामीलाई निस्शुल्क रोग परिक्षणका लागि सय थान कीट प्रदान गर्ने भएको छ । उदयपुरमा हालसम्म ९७ जनामा रोग फेला परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा धेरै कटारी नगरपालिकामा देखिएका छन् । बजारका नीजि हस्पिटल तथा क्लिनिकहरुमा ४ सय ५० रुपैया पर्ने कीट परिक्षण २ हजारबढि असुलेको पाईएपछि अबका दिनमा ६ सय मात्र लिन पाउने निर्णय भएको छ । साथै घरघर, टोलमा सरसफाई, खाल्टो पुर्...
महोत्सव सर्यो

महोत्सव सर्यो

समाचार
उदयपुर, भदौ ३१ गते ।  असोज १ देखि सुरु हुने भनिएको दशैं तिहार महोत्सव दुई दिन पछि सरेको आयोजकले जनाएको छ । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्राकृतिक विपत्तिका कारण सार्नु परेको जनाएको हो । त्रियुगा बसपार्क नजिकै तयारीको अवस्थामा वर्षातले तयारीको काम प्रभावित भएपछि सार्नु परेपछि ३ गते उद्घाटन समारोह राखि महोत्सव सुरु हुने जनाइएको छ । महोत्सव सर्न जाँदा सर्बसाधारणलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आयोजकले दुईदिन भित्रमा सम्पूर्ण तयारीको काम सकेर सञ्चालनमा ल्याउने जनाएको हो ।...

१ जना पर्याटकको मृत्यु, ७ जना विरामी

समाचार
सोलुखुम्बु, भदौ ३१ गते ।  सोलुखुम्बु भ्रमण गर्न आएको विदेशी एक जना नागरीकको मृत्यु भएको छ भने सात जना विरामी परेका छन् । केन्याबाट नेपाल भ्रमणमा आएका ३३ वर्षीय गोभिन्द लाखमानको गत २९ गते मृत्यु भएको प्रहरीले जनाएको छ । महाकुलुङ गाउँपालिका–१ थाङ्नेको मेरा गेष्टहाउसमा बसेका पर्यटकको मृत्यु भएको हो भने उक्त गेष्ट हाउसमा बसेके सात जना विरामी परेको प्रहरीले जनाएको छ । कैलासरडाईनेस्टिक हेलिकप्टरद्धारा मंगलबार विहान साढे ६ बजे मृतकसहित सातै जना विरामी र एक जना गाईडलाई रेस्क्यु गरीे काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
खोलाले बगाएर १ जना बेपत्ता

खोलाले बगाएर १ जना बेपत्ता

समाचार
संखुवासभा, भदौ ३१ गते ।  संखुवासभाको मकालुमा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । मकालु गाउँपालिका–६ निबासी २६ वर्षीय शुकमाया राईलाई पोखुवा खोलो बगाएर बेपत्ता भएको हो । सोमबार दिउँसो ४ बजे राईसहित चार जना आफन्तको घर गई फर्कने क्रममा सिलिचोङ गाउँपलिका– र मकालु गाउँपालिका–६ सिमानामा पर्ने खोलाले बगाएर राईलाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । खोला तर्ने क्रममा एक्कासी आएको भेलले राईलाई बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटना स्थल पुगी खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
बसको ठक्करबाट १ जनाको मृत्यु

बसको ठक्करबाट १ जनाको मृत्यु

समाचार
सुनसरी, भदौ ३१ गते ।  सुनसरीको ईटहरीमा यात्रुवहाक बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । धरान–विराटनगर सडक खण्ड ईटहरी उप–महानगरपालिका–१३ खनारमा बसको ठक्करबाट मंगलसिंह दमाईको मृत्य भएको हो । धरानबाट विराटनगर तर्फ जादै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायात बसले सोहि दिसा तर्फ साईकलमा सवार रतुवामाई नगरपालिका–७ निबासी ३४ वर्षीय दमाईलाई विहान पौने ८ बजे ठक्कर दिएको प्रहरीले नजाएको छ । बसको ठक्करबाट गम्भिर घाईते भएका दमाईको उपचार गर्नका लागि कोशी अञ्चल अस्पताल विराटनगर पु¥याएपनि डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दुहवीमा राखिएको प्रहरीले जनाएको छ ।...
चिर्पटले हानेर १ जना घाईते

चिर्पटले हानेर १ जना घाईते

समाचार
मोरङ, भदौ ३१ गते ।  मोरङको पथरीमा वादविवाद हुदा दाउराको चिर्पट प्रहार गरी एक जनालाई घाईते भएको छ । पथरीशनिश्चरे नगरपालिका–१ रत्न चोक निबासी५० वर्षीय उजेध्वज लिम्बुले ३ नम्बर निबासी २९ वर्षीय सन्तोस लिम्बुलाई घाईते बनाएको हो । गतराती पौने ८ बजे सामान्य वादविवादका क्रामा टाउकोमा चिर्पट प्रहार गरी सन्तोसलाई घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते सन्तोसको उपचारको लागि पथरीको मोरङडाइनेष्टिक अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने उजेध्वजलाई ईलाका प्रहरी कार्यालय पथरीमा राखेको प्रहरीले जनाएको छ ।...
मोटरसाईकलको ठक्करबाट १ बृद्ध घाईते

मोटरसाईकलको ठक्करबाट १ बृद्ध घाईते

समाचार
मोरङ, भदौ ३१ गते ।  मोरङको सुन्दरहरैचामा मोटरसाईकलले ठक्कर दिदा एक बृद्ध गम्भिर घाईते घएको छ । सुन्दुहरैचा नगरपालिका–८ को पूर्व–पश्चिम राजमार्गमा पैदलयात्रीलाई मोटरसाईकलले ठक्कर दिदा घाईते भएको हो । पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २५ प ७६५८ नम्बरको मोटरसाईकलले स्थानियबासी ७५ वर्षीय श्रीप्रसाद पौडेललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएका पौडेललाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
सामुदायिक वनद्धारा २ पत्रकार सम्मानित

सामुदायिक वनद्धारा २ पत्रकार सम्मानित

समाचार
मोरङ, भदौ ३० गते ।  मोरङको एक सामुदायिक वनले आफ्नो वार्षिक साधारण सभामा दुई पत्रकारलाई सम्मान गरेको छ । पथरीशनिश्चरेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्माण गरेको हो । समाुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन पत्रकारिता क्षेत्रबाट अमुल्य टेवा पु¥याएको भन्दै पत्रकार अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई ट्रफी (खुकुरी) र सम्मान पत्रले सम्मान गरेको आयोजले जनाएको छ । पत्रकार जम्नेली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश १ को अध्यक्ष तथा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद पनि हुन् । भट्टराई नेपाल पत्रकार मञ्चको अध्यक्ष हुन् । सामुदायिक वन नेपालको २२ हजार मध्ये आर्थिक बर्ष २०७५÷०७६ को वन मन्त्रालयबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए । हरियाली नेपालको प्रथम पुरस्कार पाउने प...
बालदिवसमा बालबालिकासंग मेयर

बालदिवसमा बालबालिकासंग मेयर

समाचार
उदयपुर, भदौ ३० गते । बाल दिवसको अबसरमा उदयपुरमा बालबालिकाहरुले सम्बन्धित निकायसंग सवालको जवाफ खोजेका छन् । बालबालिकासंग मेयर कार्यक्रमको आयोजना गरि मेयर लगायत प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उधोग बाणिज्य संघ, मानव अधिकारकर्मीसंग सवाल राखेका थिए । उनीहरुले बाल अधिकार, बाल सहभागिता, बालस्रम, छात्रबृत्ती, बाल क्षेत्रको लगानी बारेमा सवालहरु राखेका थिए । त्रियुगा नगर बालक्लव सञ्जालको आयोजनामा भएको कार्यक्रममा १६ वटै वडाका बालबालिका प्रतिनिधिहरुले सहभागिता संगै विभिन्न सवालहरु राखेका थिए । वालवालिकाले उठाएका सवालहरुको जवाफ मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी ध्रुब खड्का, प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगर, नगर शिक्षम समितिका संयोजक मानबहादुर राई, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइली, मानव अधिकारकर्मी महेश्वरी राई लगायतले जवाफ दिएका थिए । त्रियु...
महिला हिंसा बढ्दो

महिला हिंसा बढ्दो

समाचार
उदयपुर, भदौ ३० गते । उदयपुरमा महिला हिंसाका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । महिला सिंसाका घटना तिब्र रुपले बढ्दै गएको ओरेक नेपालको तथ्याङकले देखाएको हो । नेपाल पत्रकार महासंघको सहकार्यमा ओरेक नेपालले सोमबार गाईघामा आयोजना गरेको महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिका बिषयक अन्तरक्रियामा गत आर्थिक बर्षमा १ सय ६० वटा घटना घटेको तथ्यांक प्रस्तुत गरिएको थियो । घटनामध्ये सबै भन्दा बढि १ सय २६ जना महिला घरेलु हिंसाबाट प्रताडित भएकाछन् । त्यसैगरी बलात्कार १४, प्रयास ४, यौन दुव्र्यवहार ४, सामाजिक हिंसा ९, हत्या १, वेचविखनको प्रयास १ र हिंसाकै कारण आत्महत्या १ रहेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढि २६ देखि ३५ बर्ष उमेर समुहका ६८ जना हिंसाको घटना घटेको तथ्याङ्कले देखाएको छ । त्यसैगरी १७ देखि २५ बर्षका ४९ जना, ३६ देखि ४५ वर्षका २५ जना र ५५ बर्षभन्दा माथिका २ जना र १६ बर्षभ...