Wednesday, August 19News That Matters

समाचार

नागरिकता कसुरको कठोर कानुन बन्दै

नागरिकता कसुरको कठोर कानुन बन्दै

लिम्चुङबुङ डायरी, समाचार
भदौ २४ गते ।  आमाले आफ्नो सन्तानको नागरिकता प्राप्तिका लागि बाबु भनेको व्यक्ति गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ । नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । विधेयकमा आमाले गरेको स्वघोषणा झुटा ठहर भए ६ महिनादेखि डेढ वर्षसम्म कैद र २५ हजारदेखि एक लाखसम्म जरिवाना हुने सजायको व्यवस्था गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
स्थानीय तहका जनप्रतिनिधि प्रमुख र उप–प्रमुखको ज्यान जाने शीतयुद्ध

स्थानीय तहका जनप्रतिनिधि प्रमुख र उप–प्रमुखको ज्यान जाने शीतयुद्ध

लिम्चुङबुङ डायरी, समाचार
भदौ २४ गते ।  कतिपय स्थानीय तहमा प्रमुख र उप–प्रमुखविच विवाद चर्किएको छ भने कतै बोलचालसमेत बन्द भएको छ । कुनै स्थानीय तहका केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालतसमेत पुगेका छन् । स्थानीय तहमा बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो । जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् । धनुषा हंसपुर नगरपालिकाका मेयर र उप–मेयरका विवादले एक निर्दोषको ज्यान गएको छ । साउन २१ गते नगरपालिका कार्यालय सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उप–मेयर रेणु झा पक्षबीच झडप हुँदा बघचौडा निबासी ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । मण्डलको भदौ १८ गते उपचारका क्रममा मृत्यु भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।...
अस्पत्तालको काम गर्ने ठेकेदार, हिसाब मिलाउने समिति, ज्याला नपाउने मजदुर

अस्पत्तालको काम गर्ने ठेकेदार, हिसाब मिलाउने समिति, ज्याला नपाउने मजदुर

आर्थिक, समाचार
ऋषि राई  कटारी/भदौ २३ गते ।   उदयपुरका कटारी नगरपालिकाको कटारी अस्पत्तालमा  निर्माणाधिन म्युजिकल गार्डेन, रेक्टो, रेनोभेसनको काम अहिले पनि जारी छ । १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको ६२ लाखको आयोजनाको काम असार मसान्तसम्ममा सक्नु पर्ने काम अझै सकिएको छैन् । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका लेखापाल यादब निरौलाले ५५ लाखको कामको मूल्याकंन गरी ५ प्रतिशत धरौटी काटेर ५२ लाख ५० हजार भुक्तानी दिईसकेको बताए  । ‘साउन १० गते भित्र काम सक्ने भनेर नगरपालिका अस्पत्तालका डाक्टरले प्रमाणित गरेपछी समितिलाई भुक्तानी दिएको निरौलाले बताए । हिसाब मिलाउने समिति काम गर्ने ठेकेदार  सुबोध तामाङ्गको अध्यक्षतामा कटारी अस्पत्तालको काम गर्न समिति गठन गरिएको भएपनि ठेकेदार कम्पनी र्यापिड सर्भिस प्रालि बालाजुलाई काम दिईएको छ । समितिबाट हुने काम ठेकेदारलाई दिन नहुने प्रावधान छ । प्रालिका संञ्चालक...
५ हजार घुससहित प्रहरी जवान पक्राउ

५ हजार घुससहित प्रहरी जवान पक्राउ

समाचार
भदौ २३ गते ।   वीरगञ्जबाट एक जना प्रहरी जवानलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीलाई वीरगञ्ज महानगरपालिका–६ माइस्थानको एक मिठाइ पसलबाट पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । बारा घर भएका तेलीलाई अख्तियारको कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो । तेलीले कमसल आर्युवेदिक औषधि दिएको विषयमा टुङ्गिसकेको उजुरी मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरेको सूचना र उजुरीको आधारमा तेलीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।...
डेंगुबाट ४ जनाको मृत्यु, २६ सय संक्रमित

डेंगुबाट ४ जनाको मृत्यु, २६ सय संक्रमित

समाचार, स्वास्थ्य
भदौ २३ गते ।   सरकारले अहिलेसम्म डेंगुको संक्रमणबाट ४ जनाको मृत्यु भएको जनाएको छ । मुलुकभर डेंगुको प्रकोप फैलिएको बेला सरकारले डेंगुबाट चार जनाको मात्रै मृत्यु भएको आधिकारीक जनाकारी गराएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु भएका चार जनाको पनि डेंगुबाटै हो वा होइन भन्ने अझै परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ । देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको महाशाखाकाले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जना डेँगु संक्रमण रहेका छन् । तयसैगरी प्रदेश १ मा ७ सय ५३ जनामा डेंगुको आशंका गरिएको छ । प्रदेश र्२ मा २३, गण्डकी प्रदेशमा पाँच सय ७२, प्रदेश ५ मा एक सय पाँच, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको स...
स्थानीय सरकारको सहयोगमा रेडियो सञ्चालन

स्थानीय सरकारको सहयोगमा रेडियो सञ्चालन

समाचार
आमचौक (भोजपुर), भदौ २३ स्थानीय सरकारको सहयोगबाट भोजपुरको विकट पश्चिमी पालिका आमचौक गाउँपालिकामा सामुदायिक रेडियो सञ्चालनमा  आएको छ । पालिकाबासीलाई सूचना सन्देश प्रवाहको भरपर्दो माध्यमको रुपमा चोमोलुङमा सामुदायिक रेडियो ९८.६ मेगाहर्ज सञ्चालनमा आएको हो । सामुदायिक रेडियोले सूचना र सुशासनको क्षेत्रमा टेवा पुर्याउने भन्दै पालिकाको समेत सहयोग प्राप्त भएपछि रेडियो सञ्चालनमा ल्याएको स्टेशन मेनेजर राजन समिप राईले बताए । खासगरी समुदायको आवाजलाई मुखरित गर्ने उद्देश्यले रेडियो सञ्चालनमा ल्याएको हो । सूचना र सञ्चारबाट बञ्चित पालिकाबासीलाई मध्येनजर गर्दै भोजपुर सदरमुकामबाट करिब तीन महिनाअघि रेडियो आमचौकमा ल्याई सञ्चालनमा ल्याएको हो । सामुदायिक रेडियोहरु समुदायको बन्न नसकिरहेको परिपेक्षमा समुदायकै आवाज बन्ने उद्देश्य राखेर रेडियो सञ्चालनमा ल्याएको स्टेशन मेनेजर राईले बताए । रेडियो विहान–बेलुका ...
नेपाल–चीनविच उच्चस्तरीय छलफल

नेपाल–चीनविच उच्चस्तरीय छलफल

समाचार, संसार
भदौ २३ गते । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रि वाङयीले नेपाली समकक्षी प्रदिप ज्ञवाली नेतृत्वको उच्चसतरीय टोलीसँग द्विपक्षीय एजेण्डाका विषयमा छलफल गर्दैछन् । तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि उच्चस्तरीय छलफल गर्ने भएका हुन् । होटल याक एण्ड यतीमा यसअघि भएका सम्झौता र थाति सबै एजेण्डाहरूमाथि दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि केही समझदारीमा हस्ताक्षर समेत हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्रीको चासो स्वभाविक रुपमा बीआरआईमा नेपालले गरेको प्रतिबद्धता अनुरूपको कार्य प्रगतिमै केन्द्रित छ । नेपालको तर्फबाट जति प्रगति हुनुपर्ने हो त्यो हुन नसकेकोमा चीनले चासो राखेको छ । चीनको सहय...
आमचौकमा रेडियो उद्घोषण तथा पत्रकारिता तालिम

आमचौकमा रेडियो उद्घोषण तथा पत्रकारिता तालिम

समाचार
आमचौक (भोजपुर), भदौ २३ चोमोलुङ्मा सामुदायिक रेडियोको आयोजनामा भोजपुरको आमचौक गाउँपालिकामा भएको ६ दिने रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम शनिबार सम्पन्न भएको छ । पालिकामा रेडियोले पहिलोपटक आयोजना गरेको तालिममा विभिन्न वडाका १६ जना युवाहरुको सक्रिय सहभागिता थियो । रेडियो प्रस्तोता तथा पत्रकार जन्माउने उद्देश्यले आयोजित तालिममा पत्रकारिता सम्बन्धी एभिन्यूज खबर टेलिभिजनका सम्बाददाता एवम् नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई र रेडियो उद्घोषण बारे आयोजक रेडियोका स्टेशन मेनेजर राजन समिप राईले मूख्य प्रशिक्षण दिएका थिए । त्यस्तै पालिकाका योजना अधिकृत धनकुमार राई, अधिवक्ता सविना राई, पत्रकारहरु दिपक राई, जयराम पूर्वछाने मगर, प्रदिप सिप्तुङ लगायतले पनि प्रशिक्षण दिएका थिए । पालिका अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यमा समापन समारोह गरी सहभागिहरुलाई प्रमाण पत्र वित...
रसुवागढी नाकाबाट पर्यटक आगमन बढ्दै

रसुवागढी नाकाबाट पर्यटक आगमन बढ्दै

आर्थिक, समाचार
भदौ २३ गते । उत्तरी नाका रसुवागढीबाट चिनियाँ तथा विदेशी पर्यटकको आगमनमा बृद्धि भएको छ । चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरी तेस्रो मुलुकका नागरिकलाई समेत प्रवेश अनुमति दिएपछि आगमनमा बृद्धि भएको हो । सन् २०१५ बाट यस नाका हुदै पर्यटक आउन थालेको रसुवागढी अध्यागमन कार्यालयले जनाएको छ । अहिलेसम्म ९९ हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् । २०७२ वैशाख १२ गते आएको भूकम्पले सडक अवरुद्ध गरेपछि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट ९९ हजार २ सय १२ पर्यटक नेपाल आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यस नाकाबाट पर्यटक भित्र सुरु गरेकै महिना २ सय ९१ पर्यटक आएका थिए । सन् २०१५ मा १० हजार ६ सय ४९, २०१६ मा १७ हजार ८२, २०१७ मा १९ हजार ४ सय ७८, २०१८ मा २९ हजार १ सय ५४ र २०१९ को ८ महिनामा २२ हजार ८ सय ४९ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्कले देखाएको छ । सुरुमा चिनियाँ पर्यटक मात्र आएको थियो । २...
कट्रिना भित्र एक मजदुर : ऋतिक

कट्रिना भित्र एक मजदुर : ऋतिक

मनोरञ्जन, समाचार
भदौ २३ गते । बलिउडका नायक ऋतिक रोशनले नायिका कट्रिना कैफलाई ‘मदजुर’ भनेको छन् । थुप्रै ठूलो पर्दामा दर्शकले निकै रुचाएका छन् । चलचित्र ‘ब्यांग ब्यांग’, ‘जिन्दगी ना मिलेगी दोबारा लगायतका धेरै चलचित्रहरुमा दर्शकले रुचाएको भएपनि  भर्खरै दिएको एक अन्तरवार्तामा ऋतिकले कट्रिनालाई ‘मजदुर’ बताएका छन् जसले धेरैलाई चकित बनाएको छ । ऋतिकले भने म यो कुरा कट्रिनालाई सधैँ भन्न चाहन्थेँ तर उनले एक अपमानको रुपमा लिन्छिन् । यसको अर्थ म राम्रो उद्देश्यसहित उनको प्रशंसा गदर्छु । ‘म कट्रिनालाई एक ‘मजदुर ठान्छु । अहिलेसम्म मैले जोसँग काम गरे, उनी सबैभन्दा उत्कृष्ट हुन् ।’ कट्रिना हेर्दा मात्र सुन्दर र हट देखिन्छिन् । यो बाहिरी सुन्दरता हो । त्यो भन्दा पनि उनि भित्र एक ‘मदजुर’ छ त्यसैले उनि निकै प्रतिभाशाली भएको ऋतिकले बताए ।...