Wednesday, August 19News That Matters

समाचार

‘नमेटिने घाउ’ सार्वजनिक

‘नमेटिने घाउ’ सार्वजनिक

समाचार, साहित्य
भदौ २३ गते ।  घाईते योद्धा प्रतिष्ठानले दशवर्षे जनयुद्धका काल खण्डको गतिविधिलाई समेटेर ‘नमेटिने घाउ’ कथा सार्वजनिक भएको छ । जनयुद्धको दौरानमा घाइते भएका र अंगभंग भएका योद्धाहरुको सङ्घर्षको कथा समेटिएको पुस्तक सार्वजनिक भएको हो । घाइते योद्धा प्रतिष्ठानद्वारा प्रकाशित र राजेन्द्र किराँतीद्वारा सम्पादित पुस्तकमा जनयुद्धका ३५ जना योद्धाहरुका सङ्घर्षका गांथा समाविष्ट गरिएको प्रतिष्ठानका अध्यक्ष विजय साङपाङ्ले वताए ।  कुल २ सय ७० पृष्ठ रहेको पुस्तकको नेकपा नेता एवम् लेखक लेखनाथ न्यौपानेले चिरफार गरेका थिए ।...
टेष्टमा अस्ट्रेलियाको जित

टेष्टमा अस्ट्रेलियाको जित

खेलकुद, समाचार
भदौ २३ गते । चौथो टेष्टमा इंग्ल्याण्डलाई भारी रनलेपछि पार्दै अस्ट्रेलियाले जित हात पारेको छ । ओल्ड ट्राफोटमा भएको खेलमा अस्ट्रेलियाले १ सय ८५ रनले इंग्ल्याण्डलाई पछि पार्दै एसेज श्रृंखलाको रक्षा गरेको हो । पाँचौ दिनको दोस्रो सेसनमा इंग्ल्यान्डले टेष्ट बराबरीका लागि ठुलो प्रयास गरेको थियो । ३ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका क्रिग ओभरटन र ज्याक लिचले नवौं विकेटका लागि १३.५ ओभरसम्म रहेको थियो । ३ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १८–२ को स्थितिबाट पाँचौं तथा निर्णायक दिनको सुरुवात गरेको थियो । जोय डेनलीले ५३ रनको पारी खेले पनि जेसन रोय, जोनी बेरिस्टो र जस बटलर रक्षात्मक बने । ओभरटनले क्रिजमा रहेर १ सय ५ बलको सामना गरेका थिए । अस्ट्रेलियाली तीव्र बलरको आक्रमण भने एकपछि अर्को बलमा चुस्त देखिएको थियो । प्याट कुमिन्सले ४–४३ को सानदार प्रदर्शन गरेका थिए ।...
लोमान्थाङसम्म सिधा यातायात संचालन

लोमान्थाङसम्म सिधा यातायात संचालन

पर्यटन, समाचार
भदौ २३ गते । नेपालको हिमालपारिका जिल्ला भनेर चिनिएको मुस्ताङको लोमान्थाङसम्म वर्षामा पनि यातायात चल्ने भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छुसाङको मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भएपछि यातायात संचालन हुने भएको हो । उक्त पुल निर्माण भएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट सिधै लोमान्थाङ पुग्न सकिने भएको छ । कालीगण्डकीमा आएको बाढीले निर्माणाधीन पुललाई गत साउनमा क्षति पु¥याएपछि निर्माण अवधि लम्बिएको थियो । पुल निर्माण भएपछि तीन वटा ठूला मेसिन प्रयोग गरी डेढ हप्तामा पुलको दुईतर्फी ट्याक खोलिएको करिडोर सडक आयोजनाले जनाएको छ । उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई सहज भएको यातायात व्यवसायीले बताएका छन् । मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोलाको पुल बनेपनि कागबेनीको २५ मिटर लामो निर्माणाधीन पुल...
दशैंको टीकाको साइत सार्वजनिक

दशैंको टीकाको साइत सार्वजनिक

समाचार
भदौ २३ गते ।  हिन्दु धर्मलम्बिहरुको महान चाड दशैं टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । विययादशमीको दिन साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि बिहान १०ः३५ बजेको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको हो । दशैंको टीकालाई देवी भगवतीको प्रसादको रुपमा लिइने हुँदा दिनभरी पनि टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।...
राजस्व चुहावट गरे ५ वर्ष कैद

राजस्व चुहावट गरे ५ वर्ष कैद

लिम्चुङबुङ डायरी, समाचार
भदौ २३ गते । ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक–२०७५’ को (पहिलो संशोधन)ले राजस्व चुहावट गर्नेलाई पाँच वर्षसम्म कैद र बिगो तिराइने व्यावस्था ल्याएको छ । प्रतिनिधिसभाले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक–२०७५’ (पहिलो संशोधन) लाई सर्वसम्मतिले पारित गरेपछि यस्तो व्यवस्था ल्याएको हो । आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकलाई पारित गरियोस् भनी गरेकोे प्रस्तावलाई बैठकले सर्वसम्मतिबाट पारित गरेको थियो । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२ लाई संशोधन गर्न बनेको नयाँ विधेयकले दण्ड सजाय अन्तर्गत ३ करोडमाथि बिगोमा ५ वर्षसम्म कैद हुने प्रस्ताव गरेको छ । यसैगरी, ५० लाख बिगोमा ६ महिना, १ करोड बिगोमा १ वर्ष र ३ करोड बिगोमा ३ वर्ष कैद हुने प्रावधान राखेको छ । यस विधेयकमा अनुसन्धान अधिकृत आफैं साक्षी भई सजायमा छुट दिन सकिने प्रस्तावसमेत गरिएको छ ।...
अदालतले ९ वटा सूचना दिन नमिल्ने

अदालतले ९ वटा सूचना दिन नमिल्ने

लिम्चुङबुङ डायरी, समाचार
भदौ २३ गते ।  अदालतको न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै सर्बोच्चले उक्त सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारी गरेको छ । न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरूप दिन यस्तो नीति ल्याउन तयारी गरेको सर्वोच्चले जनाएको छ । अदालतमा विचाराधीन मुद्दाको निर्णय र आदेश वा काम कारबाहीमा प्रभाव पर्ने गरी सूचना सम्प्रेषण गर्न नपाइने व्यवस्था प्रस्तावित सञ्चार नीतिमा छ । न्यायिक समाचार सम्प्रेषणका लागि अदालत पुग्ने पत्रकारले मर्यादित पोसाक लगाउनुपर्ने व्यवस्थासमेत सञ्चार नीतिमा राखिएको छ । प्रसारणमा बन्देज लगाइएका सूचना १. व्यक्तिगत गोपनीयता र व्यक्तिको जीवन २. स्वास्थ्य तथा सुरक्षामा खतरा ३.  अपराधको अनुसन्धान, तहकिकात र अभियोजनमा प्रत्यक्ष असर पार्ने ४.  आर्थिक, व्यापारिक, मौद्रिक हित वा बौद्धिक सम्पत्त...
शिक्षा दिवसमा ६ विद्यालयसहित १८ जना पुरस्कृत तथा सम्मानित

शिक्षा दिवसमा ६ विद्यालयसहित १८ जना पुरस्कृत तथा सम्मानित

शिक्षा, समाचार
उदयपुर, भदौ २२ गते । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा छवटा विद्यालयसहित १८ जना सम्मानित भएका छन् । त्रियुगा नगपालिकाले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा एसईईमा उत्कृष्ठ जिपीए ल्याउने छवटा विद्यालय, कविता, चित्रकला प्रतियोगीताको विजेताहरु र सेवाबाट अवकाश भएकाहरुलाई पुरस्कृत तथा सम्मानित भएका हुन् । “हामी सवैको प्रण–सार्वजनिक शिक्षा प्रणाली सवलीकरण” भन्ने मुल नाराको साथ वर्षेनी नगरले विभिन्न कार्यक्रम गर्दै आएको छ । दिवसको अवसरमा भएको कविता प्रतियोगीतामा प्रथम विनय थापा, द्धितिय कमल खड्का, तृतिय सर्मिला पुरी र सान्तोना मनिका कार्की नगदसहित प्रमाण पत्रले पुरस्कृत भएको थियो । त्यस्तै चित्रकला प्रतियोगीतामा प्रथम शिशिर खड्का, द्धितिय निशान राई, तृतिय बादल राई र सान्तोना प्रशान राईलाई पुरस्कृत भएको थियो । कविता र चित्रकलामा प्रथम हुने...
उत्कृष्ठ अंक ल्याउने विद्यार्थीसंगै रामजानकी मावि सम्मानित

उत्कृष्ठ अंक ल्याउने विद्यार्थीसंगै रामजानकी मावि सम्मानित

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ २२ गते ।  आधारभूत तहको नगरस्तरीय परिक्षामा उत्कृष्ठ भएका त्रियुगा नगरपालिका ३ स्थित श्री रामजानकी माध्यामिक विद्यालय, मोतिगडाका एक विद्यार्थी र विद्यालय आज नगरपालिकाबाट सम्मान तथा पुरस्कृत भएको छ । विद्यालयका प्रधानाध्यापक देवनाथ चौधरीका अनुसार ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा त्रियुगा नगरपालिकाबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी कमल खत्री पुरस्कृत भएको हो । विद्यार्थी खत्रीले २०७५ सालमा अघिल्लो कक्षा ८ मा त्रियुगा नगरपालिका मध्येबाट परिक्षामा उत्कृष्ठ अंक ल्याएका थिए । उनले ३ दशमलब ७८ जीपीए प्राप्त गरेका थिए । उनलाई नगर प्रमुख बलदेव चौधरीले नदग दुई हजारसहित सम्मानपत्र प्रदान गर्नुभयो । त्यसैगरी पठनपाठन राम्रो बनाई विद्यार्थी उत्कृष्ठ पार्न सफल भएकोमा विद्यालयलाई सम्मानपत्र पत्र प्रदान गरिएको छ । नगर प्रमुख चौधरीले विद्यालयका...
उत्कृष्ट व्यवसायीहरुलाई नेशनलको सम्मान

उत्कृष्ट व्यवसायीहरुलाई नेशनलको सम्मान

समाचार
गाईघाट/भदौ २१ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उदयपुर शाखाले उत्कृष्ट बिमा व्यवसायीहरुलाई सम्मान गरेको छ । शनिवार गाईघाटको होटल कोहबरमा थप प्रोत्साहनका साथ उनिहरुलाई सम्मान गरेको हो । ब्यवसायीक रुपमा लागिपरेको व्यवसायीहरुको कामको उच्च मुल्याङकन गर्दै आगामी समयमा समेत विमा प्रति सबैलाई सकरात्मक बनाउन सक्ने उदेश्यले सम्मानको कार्यक्रम गरेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख प्रेम कुमार राईले बताए । केन्द्रले पठाएको कार्यक्रम सँगै शाखाले पनि उत्कृृष्ट व्यवसायीहरुलाई सम्मान कर्यक्रम राखेको हो । केन्द्रको कार्यक्रम अनुसार आर्थिक बर्ष २०७५/०७६ को उत्कृष्ट व्यवसायीहरुलाई सम्मान तथा तलब वितरण रहेको थियो भने शाखाले पनि असार सम्मका उत्कृष्ट व्यवसायीहरुलाई सम्मान गरेको थियो । प्रमुख राईले उत्कृष्ट सबैलाई चाँदिको मेडल सहितको मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो...
निजामती दिवसमा ४८ जना पुरस्कृत

निजामती दिवसमा ४८ जना पुरस्कृत

समाचार
उदयपुर, भदौ २२ गते । उदयपुरमा विभिन्न बिद्याबाट जिल्ला न्यायाधिशसहित ४८ जना पुरस्कृत तथा सम्मानित भएका छन् । निजामती दिवसको मुल समारोह समिति र निजामती कर्मचारीहरुको आधिकारिक टेड युनियनको संयुक्त आयोजना भएको कार्यक्रमबाट सम्मानित भएका हुन् । सर्वोत्कृष्ट कर्मचारीको रुपमा जिल्ला प्रशासन कार्यालयका सहयोगी मिनबहादुर मगरलाई घोषणा गर्दै नगद ५ हजार र प्रमाणपत्रले सम्मान गरेको छ । जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितामा राजकुमार चौधरी र रुवेन राईको समुह पहिलो भएको छ । त्यस्तै भुपराज कटुवाल र निर्मल साह दोस्रो, जिल्ला न्यायाधिश दीपक खनाल, नेपाल प्रहरीका एसपी बिरबहादुर बुढामगर, सशस्त्र प्रहरीका एसपी गाहरधन राई, नेपाली सेनाका मेजर ज्ञानबहादुर राईको समुह तेश्रो भएको छ । विजयी समुहलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै महिला म्युजिकल चियरतर्फ जानुका कार्की पहिलो, गंगाकुमा...