Wednesday, August 19News That Matters

समाचार

रुपन्देहीमा डेंगीबाट एक जनाको मृत्यु

रुपन्देहीमा डेंगीबाट एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
भदौ २२ गते ।  रुपन्देहीमा डेंगी रोगले एक जानको मृत्यु भएको छ । बाणगंगा–७  मोतिपुर निबासी ६१ वर्षीया सावित्रा आचार्यको डेंगुले मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बेलुका आचार्यको मृत्यु भएको थियो । एक्कासी ज्वरो आएपछि ३  दिनदेखि आईसीयूमा राखेर उपचार गराईरहेको थियो । जिल्लामा ५० भन्दा बढि डेंगीका बिरामीको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा हुन् । नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस संगठनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।...
यू–१९ एसिया कपमा आज बंगलादेश र नेपाल भिड्दै

यू–१९ एसिया कपमा आज बंगलादेश र नेपाल भिड्दै

खेलकुद, समाचार
भदौ २२ गते   एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी खेलमा बंगलादेशसँग नेपालले खेल खेल्ने छ । पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल सेमिफाइनल पुग्न बंगलादेशमाथि जित हाँसिल गर्नु पर्ने हुन्छ । नेपाल र बंगालादेश अहिलेसम्म आठ पटक खेलिसकेका छन् । १९९८ मा पहिलो पटक खेलको यी दुई टिम अन्तिम पटक बंगलादेशमा नै दुई पक्षीय सिरिज खेलका थिए ।...
म अघि बढ्छु अभियान सुरु

म अघि बढ्छु अभियान सुरु

समाचार
उदयपुर, भदौ २२ गते । उदयपुरमा बढ्दो विकृति, बिसंगती न्युनिकरण गर्नका लागि म अघि बढ्छु अभियान सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा जिल्लाका किशोर किशोरीलाई विशेष लक्षित गरी शनिबारदेखि अभियान सुरु भएको हो । बिद्यालयका शिक्षक नायकलाई कार्यक्रमको बारेमा जानकारी दिँदै अभियान सुरु गरिएको हो । प्रदेशको सामाजिक तथा सांस्कृतिक पंक्षलाई सुदृढ गर्दै किशोर अबश्थामा प्रवेश गरेका कक्षा ९–१२ मा अध्ययन गने १३ देखि १९ बर्ष उमेर समुहका बिद्यार्थीलाई कुलतबाट जोगाउने लक्ष्यकासाथ अभियान सुरु भएको छ । उक्त उमेर समुहका बिद्यार्थीलाई संक्षम, सवल, जिम्वेवार, चरित्रवान, सकारात्मक, सुसंस्कृति, नैतिक, सभ्य, लागुऔषध दुव्र्यसनबाट मुक्त र सामाजिक उत्तरदायी बनाउने उद्देश्यका सथा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि तय गरी यो अभियान सुरु गरेको क्लवका मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले बत...
काबुल बम हमलापछि तालिबानसँगको सम्झौता भंग

काबुल बम हमलापछि तालिबानसँगको सम्झौता भंग

समाचार, संसार
भदौ २२ गते । तालिवानसँगको शान्ति सम्झौता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भंग गरेको घोषणा गरेका छन् । श्रृङ्खलाबद्ध ट्वीट गर्दै ट्रम्पले आईतबार हुने क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठक रद्द गर्ने जानकारी दिएका हुन् । काबुलमा भएको कार बम बिस्फोटको जिम्मेवारी तालिवानले लिएको थियो । त्यसमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबार तालिबानसँग ‘सौद्धान्तिक रुपमा’ एक शान्ति सम्झौता भएको घोषणा गरेका थिए । प्रस्तावित सम्झौता अनुसार अमेरिका अबको २० हप्ताभित्र अफगानिस्तानबाट आफ्नो पाँच हजार चार सय सैनिक फिर्ता लैजादैँ थियो । अफगान सरकार अमेरिकाको कठपुलती भएको भन्दै तालिबानले कुराकानी गर्न अस्विकार गर्दै आएको छ । तालिबान र अमेरिकाबीच कतारमा अहिलेसम्म नौ वटा शान्ति वार्ता भइसकेको छ । स...
शिक्षकको हाजिरी गर्ने जिम्मा विद्यार्थीलाई

शिक्षकको हाजिरी गर्ने जिम्मा विद्यार्थीलाई

लिम्चुङबुङ डायरी, समाचार
भदौ २२ गते ।  सवै विद्यालयहरुमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । तर दार्मा गाउँपालिकाको एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्ने गर्दछ । दार्मा गाउँपालिकाका–१ को जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थीमैत्री वातावरण बनाउन विद्यार्थीलाई शिक्षकको हाजिरी गराउन लगाइएको हो । विद्यार्थीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पढाए, कति समयपछि कोठाबाट निस्किए लगायतका विभिन्न बिवरण टिप्ने गर्दछन् । यो रमाईलो प्रत्रियाले शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय बनाएको छ । शिक्षकका विषयमा राखिने अभिलेखको रिपोट विद्यार्थीले नियमितरुपमा प्रधानाध्यापकलाई बुझाउँने गर्दछ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । ...
भारतको बाँध नेपालमा त्रास

भारतको बाँध नेपालमा त्रास

लिम्चुङबुङ डायरी, समाचार
भदौ २२ गते ।  भारतले दसगजा क्षेत्रमा बनाएको बाँध मर्मत–सम्भार गरी बलियो बनाउन थालेपछि रौतहटका स्थानीयमा त्रास छाएको छ । भारतले अन्तर्राष्ट्रिय नियमको उलंघन गर्दै बाग्मती र लाल बकैयाको प्राकृतिक बहाव थुन्ने गरी सीमावर्ती क्षेत्रमा ढोका सहितको स्थायी संरचना बनाएपछि सदरमुकाम गौर सहित दर्जनौ गाउँ बस्ती डुवानको चिन्ता थपिएको हो । अन्तर्राष्ट्रिय नियमलाई भारतले बलपूर्ण ढङ्गले मिचदै दशगजा क्षेत्रमा बनाएको बाँध मर्मत गरी स्थायी बनाएपछि जिल्लाका दर्जनौ गाउँ बस्ती वर्षेनी डुबानको समस्यामा भोग्दै आउनु परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । ...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, भदौ २१ गते ।  झापाको बारदर्शीमा करेन्ट लगेर एक जनाको मृत्यु भएको छ । बारदर्शी गाउँपालिका–५ निबासी ४४ वर्षीय पूर्णबहादुर विकको मृत्यु भएको हो । आफ्नै घरमा कुकुरी, कोदालो, खुर्पी लगायतका फलामको सामान बनउँदै आएका विक विहान करिब साढे ११ बजे खुर्पी बनाउने क्रममा एक्कासी ग्यालेनडरको पछाडिको नोट खुस्कि करेन्ट लागेर घाईते भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका विकको उपचारको लागि तत्काल विर्तामोडको सिटि अस्पतालमा ल्याई उपचारको क्रममा पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...

ढुङ्गाले लागेर एक कामदार घाईते

समाचार
उदयपुर, भदौ २१ गते । कटारीको वनडँडामा ढुङ्गाले लागेर एक जना घाईते भएको छ । कटारी नगरपालिका–१४ वन डाँडामा शोलु हाईड्रो पावरको पोल गाड्न खाल्टा खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर घाईते भएको हो । हाईड्र पावरको खाल्टा खन्ने क्रममा विहान करिब साढे ११ बजे एक्कासी माथिबाट खसेको ढुङ्गा लागेर हाईड्रो पावरका एक जना कामदार गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । कनपा–१४ निबासी ५० वर्षीय निर्पबहादुर थापा मगरको टाउकोमा ढुङ्गाले लागेर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचारको लागि काठमाण्डौ टिचिङ अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
बोक्सिको आरोपमा यातना दिने २ जना पक्राउ

बोक्सिको आरोपमा यातना दिने २ जना पक्राउ

समाचार
झापा, भदौ २१ गते  । झापामा बोक्सिको आरोपमा यातना दिने दुई जना पक्राउ परेका छन् । गत १९ गते राती करिब पौने ११ बजे स्थानिय एक महिलालाई बोक्सिको आरोपमा यातना दिएको आरोपमा पक्राउ परेको हो । स्थानिय महिलालाई बोक्सिको आरोप लगाउँदै पुन्यू तताएर अनुहार र हातमा डाम्ने ४० वर्षीय कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । महिलाले गत २० गते विहन ८ बजे प्रहरीमा जानकारी गराएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
ट्रक दुर्घटनामा १ जनाको मृत्यु

ट्रक दुर्घटनामा १ जनाको मृत्यु

समाचार
ईलाम, भदौ २१ गते ।  ईलामको हिलेपाखामा ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । रोङ गाउँपालिका–१ हिलेपाखाको भित्रि सडकमा दुर्घटना हुदा रविन नेपालको मृत्यु भएको हो । उक्त ठाउँबाट बाँस लोड गरी ईलाम तर्फ लाने क्रममा उकालोमा लोड तान्न नसकि मे १ ख २२५६ नम्बरको ट्रक सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा झापा बुद्दशान्ति गाउँपालिका–५ निबासी अन्दाजी ३१ वर्षीय नेपालको गाडीले चेपेर मृत्यु भएको छ भने ३२ वर्षीय नरेन्द्र खड्का र २५ वर्षीय रमेश चौहान घाईते भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी घाईतेहरुलाई उपचारको लागि वि एण्ड सी अस्पताल विर्तामोड पठाएको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेकाले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...