नि. प्रजिअ, वडाध्यक्ष र प्रशासकीय अधिकृतले ढोका ढप्ढकाए
पूर्णपुष्टि/उदयपुर, फागुन ३० गते
-बुधबार विहान जिल्ला प्रमख निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, त्रियुगा नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ लुईटेल, वडाध्यक्षहरु विश्वराज भट्टराई, प्रकाश खड्का लगायतको एक समुहले गाईघाट बजारको पुरानो पेट्रोलपम्प लाईनमा एक घरको ढोका ढप्ढकाई रहेका भेटिए ।
पक्कीघरको अगाडी असभ्यढंगले फोहोर फालिएको देखेपछि ढोका ढप्ढकाएका उनीहरुले केहीबेरपछि निस्किएका घरवेटीलाई राम्रो पक्कीघरलाई अगाडीको फोहोरले असोभनीय पारेको भन्दै सम्झाए । त्यस्ता फोहोरले एउटा घरमात्र हैन सिंगो शहर नै असभ्य, दुर्गन्धित हुने भएकोले सबै नगरबासीले सरसफाईमा ध्यान दिन अनुरोध गरे । घरबेटीले आगामी दिनमा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको अगुवाईमा बजार अनुगमनका लागि निस्किएको उक्त टोलीले सरसफाईप्रतिसमेत चासो दिदै अनुगमनको कार्य गरेको थियो...








