महालक्ष्मी महिला बहुउदेश्यीय संस्थाको अन्तरक्रिया
पूर्णपुष्टि/गाईघाट, फागुन २४
१०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महालक्ष्मी महिला बहुउदेश्यीय सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
“आर्थिक श–शक्तिकरण सहितको सामाजिक जागरण” “ग्रामिण तथा शहरी महिलाको जिवन स्तर रुपान्तरण” भन्ने मूल नारालाई आत्मा साथ गर्दै लैंङ्गिक हिंसा न्यूनिकरण तथा बेचविखन विरुद्ध सम्बन्धमा मंगलबार बरुवाटार टोलको आफ्नै भवनमा संस्थाले अन्तरक्रिया गरेको हो ।
महिला तथा बालबालिका कार्यलयका प्रमुख निर्मला कार्किको प्रमुख अतिथिमा अन्तक्रिया कार्यक्रम भएको थियो । प्रमुख कार्कीले महिला सहकारी संगठनले महिलाहरुलाई एक बनाउने र बिशेष गरी उनिहरुमा देखा परेको मुख्य चुनौती आर्थिक समस्यालाई पनि सहज बनाउने बताउनुभयो ।
आर्थिक बचतको विकास सँगै महिलाहरुको संगठनले प्रत्येक महिलाहरुमा आफ्नो अधिकार र भोलिका थुप्रै समस्याहरु समेत चिरफार गर्न सक्ने टेवामा संगठ...









