Monday, July 6News That Matters

समाचार

उदयपुर र खोटाङको समृद्धिसंग जोडिने पुल निर्माण हुने

उदयपुर र खोटाङको समृद्धिसंग जोडिने पुल निर्माण हुने

समाचार
पूर्णपुष्टि/खोटाङ, माघ २६ गते -खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडक मार्गमा पुल निर्माण हुने भएको छ। उदयपुरको सुनकोसी गाउँपालिका–१ बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको सिमानामा पर्ने सुनकोसीस्थित बतासेघाट ख्रोप्पामा पक्की पुल निर्माणको तयारी थालिएको हो । सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक संवृद्धि प्राप्तीका लागि सुनकोसी गाउँपालिकाको पहलमा बतासेघाटमा पुल निर्माण गर्न लागिएको हो । सुनकोसीको किनारसम्म खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनिसकेकाले पुल निर्माणको पहल थालिएको सुनकोसी गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए। गाउँपालिका प्रमुख किरातीका अनुसार सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगबाट पुल निर्माणका लागि तोक आदेश भइसकेको छ । हाल झोलुंगे पुल सञ्चालनमा रहेको बतासेघाटमा पक्की पुल निर्माण भए त्रि–धार्मिकस...
सिलाई कटाइलाई व्यवसायिकरण पार्न तालिम

सिलाई कटाइलाई व्यवसायिकरण पार्न तालिम

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २६ गते -घरेलु तथा साना उद्योग बिकास समितिको सहयोग तथा दिपज्योती एकल महिला कृषक समुहको आयोजनामा त्रियुगा नगरपालिका ४ वगाहामा २ महिने आधारभूत तालिम सुरु भएको छ । सिलाई कटाईबाट महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले आईतबारबाट सुरु भएको तालिममा २० जना महिला सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सृजना पौडेलले बताउनुभयो । पछिल्लो समय सिलाई कटाईप्रति महिलाहरु आकर्षित भएको र त्यसको व्यवसायिक सम्भावना राम्रो भएकोले तालिम गरिएको उहाँले बताउनुभयो । तरपनि त्यसलाई उचित व्यवसायिककरण गर्न नसकिरहेको कारण महिलाहरु आत्मनिर्भर बन्न नसकेका भन्दै तालिमपछि व्यवसायिकरणमा जोड दिएने बताएको छ । दिगोपन र व्यवसायिकिकरणका लागि तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । चैत्र २० गतेसम्म हुने तालिमको सहजिकरण कल्पना ढकालले गर्नुभएको छ । महिलाको नियमित आम्दानीको स्रोत नबन्दा महिलाहरु हिंसामा...
गाईघाटमा आगलागी, लाखौंको क्षती

गाईघाटमा आगलागी, लाखौंको क्षती

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २३ गते -उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट सब्जीबजार नजिकै मंगलबार राती भिषण आगलागी भई लाखौंको क्षती भएको छ । आगलागीबाट स्थानीय भक्तबहादुर दनुवारको दुईतले काठको घर जलेर लाखौंको क्षती भएको हो । राती करिब ९ : ०० बजेतिर सुरु भएको आगलागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहयोगमा केही समयपछि नियन्त्रण भएपनि घरको माथिल्लो तल्ला पूर्णरुपले जलेर नष्ट भएको छ । घरका सदस्यहरु घरको तल्लो तल्लामा बसेर खानपिन तयार गरिरहेको अवस्थामा एक्कासी माथिल्लो तलामा आगो उठेको परिवारीक स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार घरको विजुली सर्ट भई आगो उठेको थियो ।...
मोटरसाईकल उपहार पाएका, विश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीको रोचक प्रशंग (भिडियोसहित)

मोटरसाईकल उपहार पाएका, विश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीको रोचक प्रशंग (भिडियोसहित)

समाचार
पूर्णपुुष्टि/उदयपुर, माघ २३ गते -आजभन्दा २५ वर्षअगाडि खोटाङको विकट ठाउँ राजापानीमा एक सामान्य परिवारमा जन्मिएका चित्रकुमार कार्कीको संघर्षको कथा निकै रोचक छ । अनि विशेष पनि छ । नुन, चामल बोक्न मधेस (मुर्कुची) झरेको बेला मोटरदेखेका उनले विश्व उल्टोमोटरसाईकल यात्री बन्छु भन्ने कल्पनासम्म गरेका थिएनन् । मोटर देख्ने वित्तिकै भागीभागी हिडेका उनले गाडीलाई माउ र मोटरसाईकललाई बच्चा ठानेका थिए त्यतिबेला । उनले काका रविन्द्र कार्कीको मोटरसाईकलबाट अलिअलि गर्दै कुदाउन सिकेका थिए र पछि एक्कासी केही नयाँ गर्ने सोचले उल्टो कुदाउने प्रयास थाले । सुरुमा गाह्रै महसुस गरेका उनले प्रयासलाई निरन्तरता दिएपछि एकाएक गर्नसक्छु भन्ने शाहस बटुलेका थिए । सुरुसुरुमा गाईघाटको हाटबजार अनि स्थानीय स्कूलहरुमा उल्टो कुदाएर देखाए । ओहो, कस्तो अनौठो भन्दै प्रशंसा पाएपछि अझ प्रेरित हुदै सन् २०११ मा पूर्व मेचीदेखि ...
जिल्ला बसोबास व्यवस्थापन समितिको कामकाज सुरु

जिल्ला बसोबास व्यवस्थापन समितिको कामकाज सुरु

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २२ गते -अव्यवस्थित बसोबासलाई व्यस्थापन गर्न गठित जिल्ला बसोबास व्यवस्थापन समिति उदयपुरले सोमबार कार्यभार सम्हाल्दै कामकाज सुरु गरेको छ । जिल्ला मालपोत कार्यालय परिषरभित्र कार्यालय स्थापना गरी समितिले कामकाजलाई अघि सारेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ ८ गते बिरेन्द्रकुमार बस्नेतलाई समितिको अध्यक्ष निर्णय गरेको थियो ।  मन्त्रीस्तरीय निर्णयसँगै बस्नेतले सोमबार औपचारिकरुपमा कार्यभार सम्हाल्दै राजनीति आस्था र विचारभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अधिकतम उदयपुरबासीको हितमा काम गर्ने बताए ।  सरकारले २०७३ चैत्र महिनामा केन्द्रिय स्तरमा आयोग गठन गरी जिल्ला स्तरमा समितिमार्फत अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने गरी कामकारवाही अघि बढाएको थियो ।  ९ जना रहने जिल्ला स्तरीय समितिमा मालपोल कार्यालयका प्रमुख सदस्य सच...
डाक्टरको टेबुलबाट चुरोटदेखि कण्डमसम्म बरामद, आयुर्वेदीक क्लिनिकका सञ्चालक र डाक्टर पक्राउ

डाक्टरको टेबुलबाट चुरोटदेखि कण्डमसम्म बरामद, आयुर्वेदीक क्लिनिकका सञ्चालक र डाक्टर पक्राउ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, माघ २२ गते -उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा सञ्चालन भएको आयुष आयुर्वेदीक क्लिनिकले फिस्टुला, पायल्स, हाइड्रोसिलको ग्यारेण्टी उपचार भन्दै सर्बसाधारण विरामीलाई ठगी गरेको पाईएको छ । ठगी गर्ने क्लिकमा प्रहरीले छापामारी सञ्चालक बाबुराम कार्की र डाक्टर सुजित यादवलाई पक्राउ गरेको छ । छापाको क्रममा प्रहरीले डाक्टरको टेबलबाटै चुरोट, कण्डम, विभिन्न संकास्पद औषधिहरु फेला पारेको छ । क्लिनिकसंगैको रेस्टरुपमासमेत चुरोटका ढुटा, कण्डम, विभिन्न औषधिका खोल आदि बरामद भएका छन् । विमारी निको नभए सबै पैसा फिर्ता भन्ने प्रचार गर्दै विरामीलाई ठग्ने गरेको पिडितहरुले बताएका छन् । सामान्य उपचारका लागि पनि तीस, पैतिसहजारसम्म असुल्ने गरेको उनीहरुले बताएका छन् । एक महिलाले उपचारको ग्यारेण्टी पाएर उपचार गराएपनि निको नभएपछि गुनासो राख्दा उल्टै हप्कीदप्की गरेपछि क्लिनिकको कर्तुत...
प्रेस चौतारीद्वारा विरामीलाई फलफुल वितरण

प्रेस चौतारीद्वारा विरामीलाई फलफुल वितरण

समाचार
पूर्णपुष्टि/गाईघाट, माघ २२ गते -प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसमा विरामीलाई सोमबार फलफुल वितरण गरिएको छ । चौतारीको शाखा उदयपुरको आयोजनामा जिल्ला अस्पताल उदयपुरमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, पूर्वसांसद मञ्जुकुमारी चौधरी, स्वतन्त्र पत्रकार सेनानी कौशल चेम्जोङलगायतले विरामीहरुलाई फलफुुल वितरण गर्नुभयो । चौतारीले पत्रकारिता क्षेत्रको प्रवद्र्धनका साथै सामाजिक कार्यको रुपमा फलफुल वितरण कार्य गरेको चौतारी शाखा उदयपुरका अध्यक्ष गणेश उप्रेतीले बताउनुभयो । कार्यक्रममा पत्रकार, नागरिक समाज लगायतको पनि सहभागिता थियो ।  ...
उल्टोमोटरसाईकल यात्री कार्कीले उपहारमा पाए मोटरसाईकल

उल्टोमोटरसाईकल यात्री कार्कीले उपहारमा पाए मोटरसाईकल

समाचार
पूर्णपुष्टि/काठमाडौं, माघ २१ गते । उल्टोमोटरसाईकल यात्री उदयपुरका चित्रकुमार कार्कीलाई आईएमसी ग्रुपले अमेरिकन कम्पनीको तर्फबाट आईतबार मोटरसाईकल उपहार प्रदान गरेको छ । उल्टो मोटरसाईकल यात्रीको रुपमा शाहसीक कार्य गरेवापत कार्कीलाई कम्पनीले बजार मूल्य करिब चार लाख बराबरको २३० सीसी यूएमडिएसआर मोटरसाईकल उपहार स्वरुप प्रदान गरेको बताइएको छ । कम्पनी प्रतिनिधि उज्जल जोशी र आईएमी ग्रुपका कन्ट्रि मेनेजर दिपेस कायस्थले एक समारोहकाबीच कार्कीलाई मोटरसाईकल हस्तान्तरण गर्नुभयो । कार्कीले उपहारस्वरुप मोटरसाईकल पाएपछि आफुलाई अझ राम्रा र शाहसीक कामहरु गर्दै जाने प्रेरणा मिलेको बताए । उनले विश्व उल्टोमोटरसाईकल यात्रुको रुपमा गिनिजबुकमा नाम दर्ज गर्ने लक्षका साथ अगाडी बढिरहेको बताए । मेची–महाकाली उल्टो मोटरसाईकल यात्रा गरिसकेका उनले आफुलाई सहयोग गरेर यो अवस्थासम्म पुर्याउने सम्पूर्णलाई सम्झिद...
कटारी पत्रकार समाज गठन

कटारी पत्रकार समाज गठन

समाचार
पूर्णपुष्टि/कटारी, माघ २१ गते । -उदयपुरको अर्को एक प्रमुख व्यापारिक केन्द्र कटारीमा ऋषि राईको संयोजकत्वमा कटारी पत्रकार समाज आईतबार गठन भएको छ । कटारीलाई कार्यक्षेत्र बनाएर विभिन्न संञ्चारमाध्यमहरुमा आवद्ध क्रियाशिल संञ्चारकर्मी तथा पत्रकारहरुको भेलाले गठन गरेको हो । समाजका सदस्यहरुमा हिरालाल अधिकारी दनुवार, जीवनाथ दाहाल, अस्मित पौडेल, रेणु पराजुली, अभिमन्यु लामिछाने, राजु मगर रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा सन्जु राउत, रविन्द्र भट्टराई, पर्शुराम पोखरेल, सन्तोष कार्की, बलराम कार्की र शेरबहादुर मगर रहेका छन् । संञ्चारकर्मी तथा पत्रकारहरुबीच समन्वय गरी विभिन्न क्रियाकलापहरु संञ्चालन गर्ने संयोजक राईले बताए । समाजले कटारीमा स्थापित संञ्चारमाध्यमहरुको ऐतिहासिक अभिलेख, कटारीका पत्रकारहरुको ऐतिहासिक विवरण संकलन गर्ने, पत्रकार सम्मेलनका लागि समन्वय गराउने जनाएको छ । पत्रकार आचारसंहि...
बाल विकास समाजमा नयाँ नेतृत्व

बाल विकास समाजमा नयाँ नेतृत्व

समाचार
पूर्णपुष्टि/गाईघाट, माघ २१ गते - बालविकास समाज नेपाल उदयपुरको शनिबार गाईघाटमा सम्पन्न साधारणसभाले इश्वर राना मगरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । संस्थाको २० औं बार्षिक साधारणसभाले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा नेत्रकुमारी मगर, महासचिवमा घमानसिंह मगर, सचिवमा मोहन समाल र कोषाध्यक्षमा दिरानाथ दाहाल रहेका छन् । नव कार्यसमितिका पदाधिकारीहरुलाई कार्यक्रममा सहभागि विभिन्न निकायका अतिथिहरुले बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् । जिल्लामा विशेषगरी वालवालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले शिक्षा, स्वस्थ्य लगायतका क्षेत्रमा पनि काम गर्दै आएको छ ।...