व्यापारी नआएपछि महोत्सव -र्यालीमा विद्यार्थी प्रयोग
पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते
-त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव -र्यालीमा व्यापारीहरुकै सहभागिता नरहेपछि विद्यार्थी प्रयोग गरिएको छ ।
औलामा गन्न सकिने व्यापारीबाहेक अरु नआएपछि त्रियुगा माध्यामिक विद्यालयका विद्यार्थी प्रयोग गरिएको हो । ५०/६० जना संख्याको हाराहारीमा विद्यार्थी र्यालीमा उतारिएको थियो ।
कुनै पनि मेला, महोत्सव तथा कार्यक्रमको र्यालीमा विद्यार्थीलाई प्रयोग गरेर कष्ट दिन नहुने कुराको विपरित विद्यालयले पनि विद्यार्थीलाई र्यालीमा पठाएको छ । विद्यालयका प्रधानाध्यापक सुवास विष्टले संघले पत्रनै काटेर अनुरोध गरेकोले विहानको पढाई पछि थोरै संख्यामा विद्यार्थी पठाइएको बताउनुभयो । विद्यालय पोशाकमै सहभागि विद्यार्थीहरु अढाईघण्टा कष्टपूर्ण बसाईपछि र्यालीमा हिडेका थिए । र्यालीकै क्रममा पिपलचौकमा वितरण गरिएको पानीमा लुछाचुडी गरेको दृष्यबाट उनीहरु थकान र तिर्खामा ...









