ऐन नियम नबुझ्दा जनताका कामकारवाही प्रभावित
पूर्णपुष्टि, माघ ५ गते ।
स्थानीय सरकार सञ्चालन कार्यविधीका बारेमा जनप्रतिनिधि नै अनविज्ञ रहँदा जनताका कामकारवाही प्रभावित बनेकाछन् । जनप्रतिनिधिको क्षमता अभिबृद्धी नहुँदा बनेका ऐन, कानुन कार्यन्वयनमा जटिलता र जनतासँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुन निर्माण नहुँदा कामहरु प्रभावित बन्ने गरेका हुन् ।
देश संघिय संरचना गएपनि स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई नयाँ संरचनाका बारेमा पूर्ण जानकारी नहुँदा कामकारवाहीमा समस्या उत्पन्न भएको भन्दै चौतर्फीरुपमा जनप्रतिनिधिहरुले आलोचना खेप्नु परेको छ । यसकासाथै कार्यान्वयनको प्रारम्भिकचरणमा रहेको संघियता व्यवस्थालाई सहज बनाउन र टिकाई राख्नका लागि उनीहरुको क्षमता अभिवृद्ध नगर्ने हो भने जनताका कामकारवाही अझ प्रभावित हुने देखिन्छ ।
यसैशिलशिलामा कानुनी प्रावधानका बारेमा जनप्रतिनिधिलाई जानकारी दिने उदेश्यले जिल्लामा पहिलोपटक रौतामाई गाउँपालिकाले स...








