गाउँ विकासका लागि सामुहिक जग्गादान
पूर्णपुष्टि/मंसीर १ गते ।
उदयपुर–रौतामाई गाउँपालिकालाई भौतिक संरचना निर्माण गरी सरकारी कामकाजका लागि व्यवस्थित बनाउनका लागि स्थानीयले जग्गादान गरेका छन् ।
गाउँपालिकाको केन्द्र भुट्टारमा स्थानीय १६ जनाले रोपनीको ३ देखि ५ लाख पर्ने जग्गा संयुक्तरुपमा १० रोपनी ९ आना जग्गादान गरेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । जग्गादाताहरु विष्णुकुमारी मल्ल ठकुरी, हेमबहादुर रास्कोटी, प्रेमकुमारी ज्यू ठकुरी, बन्नताकुमारी रास्कोटी, मेघबहादुर ज्यू ठकुरी, पवित्रा कुमारी शाही, बालकुमारी रास्कोटी, तेजबहादुर शाही, मिथुला मल्ल, पवित्रा ठकुरी, हरीकुमार ज्यू ठकुरी, खड्गकुमारी दाहाल, गायत्रा दाहाल, प्रकाश ज्यू ठकुरी, विकास ज्यू ठकुरी, सनकुमारी मल्ल र पष्पबहादुर शाहीले जग्गादान गरेका हुन् । उनीहरुले शुक्रबार सदरमुकाम गाईघाट स्थित जिल्ला मालपोत कार्यालयमै पुगेर गाउँपालिकाको नाममा जग्गादान पास गरि...









