अन्ततः मुख्यमन्त्रीमा शेरधनकै पक्का भो
पूर्णपुष्टि/उदयपुर, माघ २६ गते
-प्रदेश/प्रतिनिधिसभा निर्बाचन अघि नै प्रदेश नं. १ अन्तर्गत भोजपुरबाट उम्मेदवार उठेका शेरधन राईलाई जीत निश्चितता अनि मूख्यमन्त्री बन्ने करिब पक्का हो भन्ने गरेका थिए । अन्ततः धेरैको यो आकलन आज सहि सावित भएको छ । प्रदेश÷प्रतिनिधि सभाको निर्बाचन पश्चात एमालेका भिम आचार्यको दावी र उनको पक्षमा वकालत कडै आयो तर, शुक्रबार संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएपछि राईको मुख्यमन्त्री बन्ने बाटो खुल्यो भने नेता आचार्यले दावी गर्ने अवस्था पूर्णविराम भयो ।
राईले दुई मतको मतान्तरमा जितेर मुख्यमन्त्रीको बाटो खोलेका हुन् । एमाले प्रदेश नं. १ को उपसंयोजकसमेत रहेका राईले २६ मत पाएका थिए भने पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यले २४ मत पाएका थिए । राई एमालेभित्रको संस्थापन पक्ष र आचार्य माधवकुमार नेपाल समूह भनेर चिनिन्छन् । एकमत बदर भएको थियो ।
यसैबीच प्रदेश सरकार ...








