Sunday, July 5News That Matters

समाचार

ढुङ्गाखानीमा पुरिएका युवकको मृत्यु

ढुङ्गाखानीमा पुरिएका युवकको मृत्यु

समाचार
पूर्णपुष्टि/खोटाङ, पुस ८ गते । ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा ल्याएर उपचार गर्ने क्रममा शुक्रबार साँझ मृत्यु भएको हो । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्नेक्रममा श्रेष्ठलाई शुक्रबार दिउँसो खानीमाथिबाट झरेको ढुङ्गाले पुरेको स्थानीयले बताएका छन् । आफ्नै ढुङ्गाखानीमा पुरिएका श्रेष्ठलाई उद्दार गरेर अस्पताल पु¥याइएको र उपचारको क्रममा मृत्यु भएको वडा सदस्य अमर श्रेष्ठले बताउनुभयो । काका दिलबहादुर श्रेष्ठसँग ढुङ्गा झिक्दै गरेका जीवनलाई करिब तीन बजेको समयमा माथिबाट झरेको ढुङ्गाले परेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक श्रेष्ठको शव परीक्षणका लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।...
वार उदयपुरको १४ औं अधिवेशन

वार उदयपुरको १४ औं अधिवेशन

समाचार
पूर्णपुष्टि/गाईघाट, पुस ७ गते । नेपाल वार एशोसियसन इकाई उदयपुरको १४ औँ अधिवेशन तथा २३ औँ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जनताको न्यायमा पहुँच पुर्याउन अदालतले न्याय सेवा प्रणालीको रफ्तारलाई अगाडी बढाएको बताए । उनले जिल्ला अदालतको कामकारवाहीमा केहि ढिलाई भएको स्वीकार्दै जनतालाई छिटो, छरितो र सहजरुपले न्याय दिलाउन आफु प्रतिवद्ध रहेको बताए । न्यायलयलाई जनताका विचमा भरपर्दो र विश्वसनिय बनाउन आफु लागि पर्ने भन्दै उनले दु्रत न्यायसँगै विश्वसनियता कायम राख्ने बताए । कार्यक्रममा प्रहरी प्रमुख एसपी नवराज भट्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, वरिष्ठ अधिवक्ताद्धय मोहनबहादुर कार्की, सुकराम श्रेष्ठ, पुर्वअध्यक्षहरु कृष्ण बस्नेत, वह्रमदेव चौधरी, मुरारी खड्का, श्यामानन्द चौधरी लगायतले बोलेका थिए । ...
कृषक महासंघको समिक्षा सम्पन्न

कृषक महासंघको समिक्षा सम्पन्न

समाचार
पूर्णपुष्टि/गाईघाट, पुस ७ गते । केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक महासंघ नेपालले पूर्वका तीन जिल्लामा सञ्चालन गरेको नागरिक समाज सवलिकरण परियोजनाको बार्षिक समिक्षा शुक्रबार गाईघाटमा सम्पन्न भएको छ । कृषि क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसरका बारेमा वहस पैरवीको माध्यमबाट महासंघले राज्यको नीति निर्माणमा नै सघाउ पुर्याउने उदेश्यले विगत ४ बर्षदेखि यो परियोजना सञ्चालन गर्दै आएको छ । महासंघले परियोजनामार्फत कृषि क्षेत्रमा बनेका राम्रा नीति नियमहरु कार्यान्वयन तहमा दवाव दिने, नीति भएर पनि कृषकको अनुकुलमा नभएकालाई संशोधनमा दवाव दिने र आबश्यकता भएर पनि बन्न नसकेका केहि बुँदालाई नीतिमा समेटन दवाव दिने लक्ष्य लिएको केन्द्रिय महासचिव नवराज बस्नेतले जानकारी दिए । उनले भने, कृषि सम्बन्धी थुप्रै नीति बनेका छन्, कुनै काम लाग्ने छन्, कुनै कृषककै हितमा छैन्, तिनीहरु सबैको पुर्नरविचार गरी राम्र...
दशवटै स्थानीय तह सडक सञ्जालमा जोडियो

दशवटै स्थानीय तह सडक सञ्जालमा जोडियो

समाचार
पूर्णपुष्टि/खोटाङ, ७ पुस । जिल्लाको दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएको हो । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षबाट सबै स्थानीय तहमा सञ्चालन गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । “यसअघि जिल्लामा निर्माण भएका सडकमा पनि यातायात सञ्चालन भएको थिएन ।” उहाँले भन्नुभयो, “सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर यस वर्षबाट सबै स्थानीय तहसँग जोडिएको सडकमा यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।” सबै स्थानीय तहबाट सदरमुकाम दिक्तेलसम्म सिधा यातायात शुरु भएपछि दुर्गम क्षेत्रका स्थानीयवासी समेत एकै दिनमा घरबाट हिँडेर पुनः घरै पुग्न थालेका छन् । यातायात सेवा नहुँदा यसअघि जिल्ल...
अपहरण गर्ने र पर्ने १५ वर्षपछि एकैठाउँ

अपहरण गर्ने र पर्ने १५ वर्षपछि एकैठाउँ

समाचार
पूर्णपुष्टि (खोटाङ), पुस ७ गते । श–सस्त्र द्धन्द्ध चरमोत्सर्कमा थियो । २०५९ सालताका नेकपा माओबादीका नेता मोहन खत्री ‘हेनरी’ खोटाङको एउटा ईलाकाका इन्चार्ज थिए । एमालेका नेता रामप्रसाद दंगाल एमाले जिल्ला कमिटि सचिवालय सदस्य थिए । अन्य पार्टीका लागि खुला गतिविधि एबं सांगठनिक काम गर्न सहज थिएन । चुनौतीका बावजुद एमाले नेता दंगाल पार्टीको ईलाका अधिबेसन गराउन छितापोखरी पुगेका थिए । अधिबेसन गराउन नपाउँदै दंगाल ‘हेनरी’ कमाण्डमा रहेको माओबादी कार्यकर्ताको अपहरणमा परे । एमालेको ईलाका अधिबेसन बीचैमा रोकिए । अपहरणको घट्ना २०५९ साल भदौ २४ गतेको हो । अपहरणकाक्रममा केही फायरिङ भए, एमाले कार्यकर्ताको प्रतिबादका वाबजुद छितापोखरीबाट दंगाल अपहरणमा परे । दंगाल भोजपुर, संखुवासभा, धनकुटा, सोलु लगायतका ठाउँमा छापामारशैलीमा हिँडाइए । ४० दिन बितेपछि उनी हेनरीबाटै सकुशल अपहरणमुक्त भए । उदयपुरका माओबादी नेता ख...
कालिकोटमा म्यादी प्रहरीको मृत्यु

कालिकोटमा म्यादी प्रहरीको मृत्यु

समाचार
पूर्णपुष्टि/मंसिर ७ गते । कालिकोटमा प्रहरीको गोली लागी सुक्रबार एक म्यादी प्रहरीको मृत्यु भएको छ । तलब कटाएको भन्दै म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि स्थिति तनावग्रस्त भएको र उग्ररुप लिएको स्थितिलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउदा शान्नी त्रिवेणी गाउँपालिका–५ तिकुवा निवासी १९ वर्षिय बिबेक ऐडीको मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । मृतक ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको हो । आन्दोलनमा उत्रिएका म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको जनाइएको छ । जिप्रकाको गेटमा ढलेका एेडीलार्इ तत्काल कसैले उठाउने सहास नगरेको र पछि उनलाई पत्रकार नागरिक समाजका अगुवाको पहलमा जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी ...
त्रिवेणी माविको स्वर्ण महोत्सव तयारी

त्रिवेणी माविको स्वर्ण महोत्सव तयारी

समाचार
ऋषि राई/कटारी, पुस ६ बिहिबार उदयपुरको कटारी स्थित श्री त्रिवेणी मावि ५० वर्ष पुगेको अवसरमा हुने वृहत स्वर्ण महोत्सवका लागि तयारी तिब्र पारिएको छ । आगामी माघ २५ देखि २९ गते सम्म विविध कार्यक्रमका साथ आयोजना गरिने स्वर्ण महोत्सवका अवसरमा अनावरण गरिने स्वर्णस्तम्भ निर्माण कार्य भईरहेको छ । भद्रकाली कलाकुञ्ज ईटहरी सँग १२ लाख नगद र सामाग्री महोत्सव आयोजकले व्यहोर्ने गरी १८ लाख बराबरको स्तम्भ निर्माणको कार्य तिब्र रुपमा अगाडि बढिरहेको आज बसेको मुल आयोजक समितिको बैठकमा विद्यालयका प्रधानाध्यापक तथा स्वर्ण महोत्सव मुल समारोह समितिका सचिव बालकृष्ण कार्कीले बताउनुभयो । त्यसैगरी महोत्सवका अवसरमा विमोचन गरिने स्मारिका प्रकाशनको काम पनि अघि बढेकाले यहि पुष २० गते भित्र आप्mना स्मरणिय लेखहरु तथा विभिन्न लेखहरु विद्यालयमा बुझाउन वा प्रकाशन समितिलाई उपलब्ध गराउन प्रकाशन समितिका संयोजक सूर्य कार्...
रंगेहात गाँजा र व्यापारी पक्राउ

रंगेहात गाँजा र व्यापारी पक्राउ

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ६ गते । लागूऔषध नियन्त्रण तथा मदिरा नियन्त्रणमा विशेषरुपले लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहिबार घरमै विक्रीवितरण गर्दै गरेको अवस्थामा रंगेहात ठूलो मात्रामा गाँजा र एक ब्यापारी पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ११ स्थित पिकनिक स्पोर्ट नजिकैको ढिम्कि गाउँमा अन्दाजी तीनकेजी बढी गाँजासहित ब्यापारी ३२ बर्षिय प्रेमबहादुर राईलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो । स्थानीय एक व्यक्तिको घरमा लुकाईछिपाई गाँजा लगायतका लागूऔषध विक्री वितरण गरेको सुराकीको आधारमा छापामार्दा रंगेहात पक्राउ परेको हो । खोटाङ स्थायी घर भई सो ठाउँमा डेरागरी बस्ने राईले कोठामै गाँजा लुकाएर विक्री गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । प्रहरीले छापामार्ने क्रममा कोठाभित्रकै दराजभित्र लुकाएको अवस्थामा दुईपोका र घरपछाडि दाउराले छोपेर राखेको अवस्था...
दुर्घटना बढेपछि सिटि तथा टेम्पो चालकलाई कडाई

दुर्घटना बढेपछि सिटि तथा टेम्पो चालकलाई कडाई

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ६ गते । सिटिरिक्सा तथा टेम्पोहरुको बढ्दो चाँपका कारण दुर्घटना बढेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले चालकहरुलाई सचेत गराएको छ । विहिबार जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले चालकहरुलाई कत्ति पनि लापरवाही र ट्राफिक नियमको उलंघन नगर्न, गरेको पाईएमा कारवाही गर्ने भन्दै सचेत गराउनु भएको हो । धेरैजसो दुर्घटना सवारी चालक अनुमतिपत्र नभएकाबाट भएको जनाउदै आगामी दिनमा चालक अनुमतिपत्र नभएकालाई चलाउन नदिइने बताउनुभयो । यसबाहेक ३÷४ जनाको क्षमता भएकोमा बढि यात्रु राख्ने, अगाडी चालक मात्र बस्नुपर्नेमा दायाँबायाँ यात्रु राखेर कुदाउनाले पनि दुर्घटनाको जोखिम बढेको भन्दै त्यस्ता कार्य बन्द गर्न आग्रह गर्नुभयो । साथै सवारीको सम्पूर्ण पार्टपूर्जाको चेकजाँच र मर्मत बेलाबेलामा गर्न भन्नुभयो । हाइवे र पहाडी भिरालो सडकमा कुदाउन नपाइनेमा साउने रौतासम्म पुग्ने गरेको पाईएकोले...
कृषी डायरी/कृषक समुह महासंघ उदयपुरको विविध गतिविधि

कृषी डायरी/कृषक समुह महासंघ उदयपुरको विविध गतिविधि

समाचार
किसान लेखपढ शिविर सम्पन्न राष्ट्रिय कृषक समुह महासंघ, नेपालद्वारा बेलका नगरपालिका तहमा रहेको नगर महासंघका पदाधिकारीहरु र वडा महासंघका प्रतिनिधिहरुको सहभागितामा २ दिने किसान लेखपढ कार्यक्रम सम्पन्न भएको छ । बेलका नगरपालिका वडा नं.८ स्थित डुडखोलामा रहेको हिमालय महिला कृषक समुहको व्यवस्थापनमा भएको उक्त किसान लेखपढ कार्यक्रमको अध्यक्षता नगर महासंघका अध्यक्ष नारद निर्रोलाले गरेको थिए भने लेखपढ शिविरको सहजीकरण राष्ट्रिय कृषक समुह महासंघ, नेपाल केन्द्रिय सचिव रामहरी शर्मा तथा जिल्ला परियोजना अधिकृत देवि थापाबाट गरिएको थियो । स्थानीय तहको पुनरसंरचना पश्चात बेलका नगरपालिकामा गठन भएको राष्ट्रिय कृषक समुह महासंघ, नेपालको नगर महासंघका पदाधिकारीहरु र वडा महासंघका प्रतिनिधिहरुको सहभागितामा २ दिने किसान लेखपढ कार्यक्रम एकिकृत रुपमा संञ्चालन गरिएको थियो । महासंघको अभियान, संरचनागत भूमिका र नीति...