२३ वटा ट्याक्टर प्रहरीको कब्जामा
गाईघाट–जिल्ला प्रहरी कार्यालय उदयपुरले अबैध ढुंगा गिट्टी, बालुवा निकासी गर्ने २३ वटा ट्रक्याक्टर पक्राउ गरेको छ । प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार सुक्रबारसमेत गरी दुई दिनमा ती ट्याक्टरहरु पक्राउ परेका हुन् । असोज १ गतेदेखि सम्झौतानै नगरी निरन्तर रुपमा विभिन्न खोलाहरुबाट बालुवा, गिट्टी, ढुंगा निकाली गर्ने ट्रयाक्टरहरुमाथि निगरानी बढाइ पक्राउ गरिएको एसपी भट्टले बताए ।
स्थानीयहरुका अनुसार दिनहु दर्जनौं टयाक्टरले चोरी निकासी गर्नाले जिल्लाभित्र दैनिक लाखौं मूल्य बराबरको ढुंगा, गिट्टी अवैध रुपमा निकासी हुने गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । रातीरातीसमेत खोलाबाट अबैंधरुपमा निकासी गर्ने गरिएको स्थानीयहरुले बताए ।
स्थानीयका अनुसार विगतमा प्रहरीले पक्राउ गरेपनि सामान्यरुपमै छाडिदिने गरेको थियो । सम्बन्धीत निकायको फितलो कारवाहीलाई अटेर गर्दै ट्याक्टर व्यवसायीहरुले दिन दहाडै चोरी...



