Tuesday, August 18News That Matters

स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । आइतबार सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४ जना, अछामका ३ जना र कैलालीका २ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । संक्रमित मध्ये ९ जना मध्ये ७ जना पुरुष र २ जना महिला रहेको जनाईएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २ सय ६४ पुगेको छ ।...
कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण देखियो

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण देखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या ९ सय ६७ पुगेको छ । दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका मात्रै रहेका छन । गाउँपालिकाको १, २, ३, ५, ६, ७ र ८ वडाका ३४ जना पुरुष र १ जना महिला रहेको जनाएको छ । नारायण नगरपालिका–२ का २ जना पुरुष रहेका छन् । त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका–१ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका १, ५, ११, १२ र १४ न. वडाका ८ जना पुरुष रहेका छन् । लेकबेसी नगरपालिका–२ का एक...
नेपालमा थप  ४२५ जनामा संक्रमण पुष्टि

नेपालमा थप ४२५ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । आज नेपालमा थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । ३ सय ७५  र ५० जना महिलामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप ६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसगै अहिलेसम्म ९ सय ७४ जना डिस्चार्ज भएको छ । क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनी भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बसेको थियो । योसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । आजसम्म  ७३ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।...
विदेशमा रहेका १७ हजार ७ सय भन्दा बढी नेपाली संक्रमित

विदेशमा रहेका १७ हजार ७ सय भन्दा बढी नेपाली संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । कोरोना भाइरस संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । विश्वका विभिन्न देशमा करिब ८ साता लगातार कोरोना संक्रमणबाट नेपालीहरुले मृत्यु भएको थियो । तर यो साता भने संक्रमणबाट कुनै नेपालीले मृत्यु नभएको एनआरएनएले जनाएको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ । समितका अनुसार यो साता विदेशमा ९ हजार भन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।...
थप १ जना कोरोना संक्रमितको मृत्यु

थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते ।  गुल्मीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको गत राति मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । गत जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार भैरहेको थियो । क्यान्सर रोगले पीडित पुरुषको स्वास्थ्य अवस्था गम्भीर थियो । शवलाई राति नै नेपाली सेनाको सहयोगमा व्वस्थापन गरिएको पनि स्वास्थ्य शाखाले जनाएको छ । गुल्मीको मदाने गाउँपालिका–६ का एक शिक्षकको पनि कोरोनाका कारण उपचारको क्रममा मृत्यु भएको थियो ।...
नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३१ गते । आज नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ४७ जना पुरुष र ३६ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित आज थप ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुने ९ सय १२ पुगेको छ । कोरोनाबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको मन्त्रालयले जनाएको छ ।...
विश्वभरका कोरोना संक्रमित मध्ये ३९ लाख भन्दा बढी निको भए

विश्वभरका कोरोना संक्रमित मध्ये ३९ लाख भन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३१ गते ।  विश्वभरका विभिन्न देशमा फैलिएको कोरोना भाईरस संक्रमित मध्ये निको हुनेको संख्या ३९ लाख नाघेको छ । विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाईरसबाट ७७ लाख ३९ हजार भन्दा बढीमा संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये उपचारपछि ३९ लाख ६६ हजार २ सय ६२ जना निको भएको वर्ल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका ३३ लाख ४५ हजारभन्दा बढी मध्ये ५३ हजार ८ सय ८७ जनाको अवस्था जटिल रहेको छ भने बाँकीको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ । अहिलेसम्म विश्वमा ४ लाख २८ हजार ३ सय ३७ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३९ लाख ४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।...
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना समणक्र पुष्टि

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना समणक्र पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३१ गते । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिनेका संक्रमितहरु पर्वतका ४ जना र नवलपरासीपूर्वका १ जना रहेको जनाईएको छ  । पर्वतको कुस्मा नगरपालिकाका ६ वर्षका बालक र १७ वर्षकी बालिका, जलजला गाँउपालिकाका १७ वर्षका पुरुष र महाशिला गाँउपालिकाका १६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाईएको छ । नवलपरासी, बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उक्त संक्रमित मध्ये ११ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते ।  सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले कोरोना परिक्षण गर्न नयाँ मापदण्ड बनाएको छ । क्वारेन्टिनमा बसेर १४ दिन कटि सक्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर पठाउने मापदण्ड बनाईएको छ । क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको संख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडीटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ । निर्देशक डा गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको संख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौं, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदे...
कोरोना : उपचारपछि निको हुनेको संख्या ८७७ पुग्यो

कोरोना : उपचारपछि निको हुनेको संख्या ८७७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते ।  नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि आज थप १६ जना निको भएका छन् । यो सँगै उपचारपछि निको हुनेको संख्या ८ सय ७७ पुगेको छ । काठमाण्डौका विभिन्न अस्पतालबाट ८ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना गरी १६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप ४ सय ४८ जनामा कोरोना पुष्टि भएपछि नेपालमा संक्रमितको सख्या ५ हजार ६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ पुगेको मन्त्रालयले जनाएको छ ।...