स्वास्थ्य भवनको शिलान्यास
राजेन्द्र दुष्ट
बेल्टार चैत्र २० गते ।
उदयपुरका चौदण्डीगढीको माडिबासमा शहरी स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरको छ ।
चौदण्डिगढी नगरपालिका– २ को माडिबासमा भवनको शिलान्यास नगर प्रमुख खगेन्द्र राईले बुधवार गरेको हो ।
मुलुक संघिय शासन प्रणालीमा गएपछि नेपाल सरकारले ल्याएको नीति ‘एक वडा एक स्वास्थ्य चौकी’को अवधारणा अनुसार नगरले स्वास्थ्य केन्द्रको शिलान्यास गरेको पालिकाले जनाएको छ ।
स्वास्थ्य भवन निर्माणको लागि चालु आर्थीक वर्षमा नगरपालिकाले १५ लाख बजेट विनियोज गरेको थियो । उक्त बजेटले ४ कोठे जस्ताको छाना भएको भवन निर्माण गरिने पालिकाले जनाएको छ । जगतबहादुर खड्काको अध्यक्षतामा भवन निर्माण उपभोक्ता समिति गठन गरि शिलान्यास गरिएको प्रमुख राईले बताए ।
केन्द्रको भवन निर्माण गर्नका लागि करिब २ वर्ष अगाडी स्थानिय देवराज खड्काले ५ कठ्ठा जग्गा नगरपालिकालाई दान गरेको थियो । जग्गा दान ग...









