धुमधाम मनाए एड्स दिवस
उदयपुर, मंसिर १५ गते ।
उदयपुरमा विश्व एड्स दिवस भब्य ¥यालिको साथ मनाएको छ ।
¥यालिले बजार परिक्रमा गरि जनस्वास्थ्य कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको हो ।
त्रियुगा नगरपालिकाको आयोजना तथा मोर्डन ईन्स्टिच्युटको सहोगमा ¥यालि सहित “एचआईभी जाँच गरौँ, आफ्नो स्वास्थ्य थाहा पाऔँ” भन्ने नाराको साथ ३१ औँ विश्व एड्स दिवस मनाएको थियो ।
एचआईभी रोग भनेको अन्य रोग जस्तै सामान्य भई सकेको र अन्य रोग लागेको मान्छे जति नै बाँच सकिने भएकोले डर त्रास लिनु नपर्ने त्रियुगा नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई कार्यलयको जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताए ।
उदयपुर जिल्ला अस्पतालमा एचआईभी संक्रमीत दुई आमाबाट जन्मिएको बच्चामा एचआईभी नभेटिएको यादवले बताए । एचआईभी लागेको मानिसहरु पनि समयमै औषधी सेवन गर्दा ६०÷७० वर्ष सम्म मजाले बाच्न सक्ने यादवले बताए ।
एचआईभी रोगको निःशुल्क औषध...









