Thursday, September 17News That Matters

स्वास्थ्य

तरकारी तथा फलफूलको विषदी कम गर्ने घरेलु उपाय

तरकारी तथा फलफूलको विषदी कम गर्ने घरेलु उपाय

स्वास्थ्य
तरकारी तथा फलफुलमा हुने विषादीका अवशेष जुन मानव स्वास्थ्यको लागि हानिकारक छ । यस्ता हानिकारक विषादीहरुलाई केहि घरेलु उपाय अपनाएर पनि कम गर्न सकिन्छ । १.  पानीको तिव्र वेग भएको धारामा तरकारी तथा फलफूललाई तीनपटक सम्म पखाल्नाले त्यसमा भएको ६० प्रतिशतसम्म विषादी पखालिएर जान्छ । २. एक चम्चा नुन एक लिटर पानीमा मिासाएर १०–१५ मिनेटसम्म तरकारी तथा फलफूललाई डुबाएर राख्नाले ७० प्रतिशतसम्म विषादी हट्दछ । ३. तरकारी तथा फलफूलको बाहिरको बोक्रा केलाएर पनि धेरै मात्रामा विषादीका अवशेष हटाउन सकिन्छ । विषदीको अवशेष बढि बाहिरी भागमै हुने गर्छ । ४.  वेमौसमी फलफुल र तरकारीमा बढी विषादी मिसाएको हुनाले एकै प्रकारका फलफूल तथा तरकारी खाईरहनु हुदैन ।...
पक्षघात बिरामीलाई नयाँ जीवन

पक्षघात बिरामीलाई नयाँ जीवन

समाचार, स्वास्थ्य
अस्ट्रेलियाको एक शल्य चिकित्सकको टोलीले पक्षघात भएका मानिसको शरीरमा नसालाई पून जोडी हात र खुट्टाका औँलाहरू चल्नसक्ने बनाएका छन् । पून नसा जोडेपछि पक्षघात भएका बिरामीहरूले आफैँ खान सक्ने, ढोकाको ताल्चा खोल्न सक्ने, श्रृङ्गार गर्न सक्ने र कम्प्यूटरमा टाइप समेत गर्न सक्ने टोलीले बताएका हुन् । ब्रिसबेनका शल्य चिकित्सक ३६ वर्षीय पल रोबिनसनले यस नयाँ शल्यक्रिया पत्ता लगाई आफुले नसोचेको स्वतन्त्रता पाएको बताएका छन् । विरामीको शल्यक्रियापछि सामान्य मान्छे जस्तो शरिर नभएपनि बिरामीमो सुधार आई जीवन बदल्ने खालको भएको बताएका छन् ।  ...
केमा कुन भिटामिन र खनिज

केमा कुन भिटामिन र खनिज

स्वास्थ्य
असार १४ गते । १. कपर ः– च्याउ र केराउको दानामा पाईने कपर दिमागको लागि अतिआवश्यक वस्तु मानिन्छ  । २. आईरन ः– बदाम, दाल, हिरयो साग सब्जी पाईने आईरनले दिमागको तागत बढाउन मद्दत गर्दछ । ३. क्याल्सियम ः– अण्डा, दुध, दालमा पाईने क्याल्सियमले दिमागलाई तन्दुरुस्त राख्दछ । ४.  म्यागनेसियम ः– यो हरियो सब्जी, अन्डा, सोयबिन र दुधमा पाइन्छ । यसले दिमागलाई शक्तिशाली बनाउँछ । ५.फ्लोराइड ः– यसले दिमागको स्मरण शक्ति बढाउँछ । यो सोयबिन, पानी, चिया कफी लगायतबा वस्तमा पाइन्छ । ६. पोटासियम ः– केरा र सुन्तालामा पाईने पोटासियले दिमाग तेज बनाउँछ । ७. जिंक ः– अन्न, गेडागुडी र दालमा पाईने जिंक शरिरका लागि अतिआवश्यक वस्तु हो । ८. भिटामिन बी ः– अंकुर, गेडागुडी, हरियो सब्जी र बदाममा पाईने भिटामिन बी दिमागको लागि अति आवश्यक जिच हो । ९. भिटामिन ई ः– टमाटर, सुकेका फल, दाल, अनाज, पालकको सागबाट पा...
पाँच दिने योग शिविर

पाँच दिने योग शिविर

समाचार, स्वास्थ्य
उदयपुर, असार ५ गते । पाँचौँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा उदयपुरमा पाँच दिने योग शिविर संचालन भएकोे छ । सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरको आयोजनामा सोमबारदेखि योग शिविर संचालन भएको हो । ‘योग गरौँ, निरोग रहौँ’ भन्ने नाराको साथ स्थानियबासीहरुलाई योगको माध्येमबाट स्वास्थ्य राख्ने उद्देश्यले योग शिविर संचालन गरिएको सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरका आयुर्वेद प्रमुख डाक्टर संजिव यादवले बताए । योगले मानिसलाई स्वास्थ्य राख्नका निम्ती ठुलो मद्दत गर्ने भएकाले शिविर नै संचालन गरेको यादवले बताए । योग सँगै आयुर्वेदको महत्व र कार्यालयबाट पाउने सेवा सुविधाहरुको बारेमा सुचना प्रवाह गरेको सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरले जनाएको छ । जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाईदै आएको छ । ६ गतेसम्म संचालन हुने शिविर २ गतेबाट सुरु भएको औषधालयले जनाएको छ । परापूर्वकालदेखि नै आ...
गर्मीमा खाने ६ तरकारी

गर्मीमा खाने ६ तरकारी

स्वास्थ्य
असार, ४ गते । गर्मी मौसममा जाडोमा भन्दा पाचन शक्ति कमजोर हुने भएकाले खानपानमा ध्यान दिनु पर्छ । यो मौसममा तारेको र बढी मसाला भएको खाने कुरा कम गर्नु पर्छ । यस्ता खाना बढी खाएमा फुड प्वाइजन हुन सक्ने भएकाले विरामी पर्न सकिन्छ । त्यसैले सजिलै पच्ने खालको खाने कुरा खानु पर्दछ । यो समयमा तरकारीमा लौका, फर्सी, हरियो सिमि, करेला, प्याज, गोलभेडा जस्ता तरकारी खानले स्वास्थ्यमा समस्या आउँन पाउँदैन ।   १. लौका ः यसमा करिब ९६ प्रतिशत पानी हुने भएकाले चिसो खालको तरकारी पनि हो । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ भने कलेजो स्वास्थ्य राख्न सहयोग पनि गर्दछ । फाइबर तत्व हुने भएकाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि राम्रो हुन्छ ।   २. फर्सी ः यो तरकारीमा खनिज तत्व बढी हुन्छ । यसले शरीर भित्र भएको विषाक्त पदार्थ बाहिर निकाली एसीडीटी हटाउने र तौल कम गर्ने गर्दछ । ...
कटारीमा डेंगु  नियन्त्रण गर्न औषधि छरिने

कटारीमा डेंगु नियन्त्रण गर्न औषधि छरिने

समाचार, स्वास्थ्य
कटारी सम्वाददाता कटारी, असार १ गते ।  उदयपुरको कटारी नगरपालिका क्षेत्रमा पनि डेंगु रोग देखापरेको आशंकामा रगत परीक्षण गरिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियालाल यादवले स्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधिलाई खबर गरी सतर्कता अपनाउन र फोहोरमैला व्यवस्थापन गर्न आग्रह गरेको छ । कटारी नगरपलिकाले डेगुं रोग नियन्त्रण सम्बन्धि अन्तकृया समेत सम्पन्न गरेको छ । कटारी नगरपलिकाको सभाहलमा सम्पन्न कार्यक्रममा डेगुं रोग फैलन नदिन नगरपलिकाका १४ वटा वडामा वडा अध्यक्षको सयोजकत्वमा वडा समिती गठन गरि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । श्रेष्ठले नगरपालिकाको १,२,३,४,५ र १४ सहितका अन्य वडामा स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी औषधी छर्ने जानकारी दिएको छ । डेगुं रोग नियन्त्रणका लागी सरसफाई आवश्यक भएकाले सरसफाई अभ...
स्वास्थ्य
अम्लपित्तको लक्षण र घरेलु उपचार  पेट फुल्ने (ढाडिने), मुखमा अमिलो पानी तथा ढकारो आउने, खाना नरुच्ने, भोक कम लाग्नु, कुनै बेला उल्टी हुनु, टाउको दुख्नु, हात खुट्टा पोल्नु, चक्कर लाग्नु, निन्द्रा नलाग्नु, डर लाग्नु लगायतका लक्षण देखिएमा अम्लपित्त भएको हुनसक्छ । यसको समयमै उपचार नगराएमा यसले ठुलो खतरा निम्त्याउन सक्छ ।   घरेलु उपचार ः – दैनिक बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा मिश्री मिलाएर लस्सी पिउने । – जीरा र धनियाँको धूलो पानीमा हालेर उमाली चिसो भएपछि छानेर पिउने । – एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो र थोरै मिश्री मिसाएर दिनमा एक पटक खाना खाएपछि खाने ।...
काँचो प्याज खाँदाको फाईदा

काँचो प्याज खाँदाको फाईदा

स्वास्थ्य
– यसमा एमिनो एसिड हुने भएकाले सबै खराब कोलेस्ट्रोल कम गरि राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । – प्याज खानाले हाई ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै ब्लडप्रेसरलाई सामान्य अवस्थामा ल्याउँछ । – यसले शरीरमा इन्सुलिन पैदा गरि डाइबेटिजका रोगीलाई लाभदायी हुन्छ । – काँचो प्याजमा फाइबर धेरै हुने भएकाले पेटमा टाँसिएको खराब चिजलाई बाहिर निकाल्न सहयोग गर्दछ । – यसले कब्जियतको बिरामीलाई समेत ठिक गर्दछ । – प्याजको सेवन गर्नाले बेला बेलामा नाकबाट बग्ने रगत रोक्न मद्दत गर्दछ भने रगत बग्न थाल्यो काँचो प्याज सुँघ्नु पर्दछ ।...
कलेजो स्वास्थ्य राख्न कुन फल खाने

कलेजो स्वास्थ्य राख्न कुन फल खाने

स्वास्थ्य
जेष्ठ २७ गते । १. एभोकाडो– यो फल सेवन गर्दा ग्लुटाथाईन तत्व उत्पादन गर्ने भएकाले कलेजो सफा गर्न सहयोग गर्छ । २. सागसब्जी – हरियो सागसब्जी काँचै, पकाएर वा जुस बनाएर जसरी खाएपनि हुन्छ । यसमा क्लोरोफिल्स तत्व पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न सहयोग छर्दछ । त्यसैले कलेजो स्वास्थ्य राख्न ठुलो सहयोग गर्दछ । ३. कागती – यो फलमा सि भिटामिन पाईने भएकाले बिहान नियमित रुपमा कागती पानी सेवन गर्नाले कलेजोलाई राम्रोसंग काम गर्न सहयोग गर्दछ । ४. प्याज– यसमा हुने अलाइसिन र सेलेनियम नामक प्राकृतिक तत्वले कलेजोलाई सफा राख्न मद्दत गर्दछ । यसले लिभर इन्जाइमलाई सक्रिय बनाई शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न सहयोग गर्दछ । ५. स्याउ– यस फलमा पेक्टिन नामक तत्व पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ निकाल्न सहयोग  गर्छ । ६. जैतुनको तेल– यो तेल अरु तेल जस्तो होईन  यस...
सर्पले टोक्दा के गर्ने ?

सर्पले टोक्दा के गर्ने ?

स्वास्थ्य
नेपालमाका भित्रीमधेश तथा तराईमा गर्मी मौसम सुरु भएसँगै सर्पको विगविगी हुन्छ । वर्षेनी दर्जनौ मानिसहरुको सर्पका टोकाईबाट मृत्यु हुने गरेका छन् । सर्पले टोकेपछि दुख्ने, सुन्निने र आन्तरिक रक्तस्राब पनि हुन सक्छ । सर्पले टोक्दा के गर्ने ? के नगर्ने ? चिकित्सकहरुको सुझाव निम्नानुसार छ ।   के गर्ने ? १. सर्पले टोक्ने वितिकै तत्काल प्राथमिक उपचार गर्ने । टोकेपछि विभिन्न टिटानस र ब्याक्टेरियको संक्रमणले खतरा हुन सक्छ । २. टोकेको स्थानिमा अलि अलि चलाउने यसो गर्नाले चाँडो विष फैलन दिदैन । ३. कस्ता खालको सर्प र स्थान याद गर्ने । यसले उपचार गर्दा चिकित्सकलाई सहयोग पुग्नेछ । ४. कति बेला टोकेको समय ख्याल गर्ने । ५. सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्ने ।   के नगर्ने ? १. सर्पलाई जिस्काउने, समात्ने, मार्ने कोशिस नगर्ने । २. टोकेको ठाउँमा नचुस्नु हो...