नेपालमा संक्रमितको मृत्युदर काहालि लाग्दो, हरेक १० मिनेटमा १ जनाको ज्यान जादै
पूर्णपुष्टि, बैशाख २८
नेपालमा पनि कोरोना संक्रमितको मृत्युदर काहाली लाग्दो अवस्थामा पुगेको छ । दिनप्रतिदिन बढ्दो मृत्युदरले नेपालमा यसको रोकथाम तथा नियन्त्रणमा थप चुनौती दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै बढी हो ।
दिनमै १ सय ३९ जनाको ज्यान गइरहेको अवस्थामा प्रत्येक दिन यसको संख्या बढ्न सक्ने देखिएको छ । अहिले संक्रमितको संख्या पनि प्रत्येक चेकमा पुष्टि भईरहेको छ । यता निको हुनेको संख्या कम छ भने संक्रिय र घम्भिर बिरामीहरु बढेको मन्त्रालयको ग्राफले प्रष्ट पार्छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको पाइएको बताउनुभएको छ । मृत्यु हुनेको संख्या दुई सातामा अझ बढ्न सक्ने पनि...







