Wednesday, August 19News That Matters

स्वास्थ्य

मोरङमा २ कोरोना संक्रमित वृद्धको मृत्यु

मोरङमा २ कोरोना संक्रमित वृद्धको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,मंसिर ११ मोरङमा उपचाररत थप २ जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ का ७० वर्षीय र रतुवामाई नगरपालिका–८ का ८० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ७० वर्षीय वृद्धको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । वृद्धको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि मंसिर ९ गते मंगलबार उनी मेडिकल कलेजमा भर्ना भएका थिए । उनीमा श्वाप्रश्वासमा समस्या हुको साथै खोकी लाग्ने र ज्वरो आउने लक्षण देखीएको अस्पतालले जनाएको छ । स्वास्थ्या अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो । त्यसैगरी कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ । कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ...
आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

समाचार, स्वास्थ्य
पूर्णपुपष्टि,मंसिर १० देशभर आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । नियमित कार्यक्रमअन्तर्गत ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि, पोषण तत्त्वले बनेको बालभिटा खुवाउने र बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिने परिवार कल्याण महाशाखाले जनाएको छ । बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ । देशभरका २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने  ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकाले जुकाको औषधि २ दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ । दुईदिने भिटामिन ’ए’ कार्यक्रमा देशभरका ५२ हजार स्वास्थ्य स्वयमसेविका सक्रियता रहेको छ ।...
कञ्चनपुरमा वडाध्यक्ष मृत भेटिए

कञ्चनपुरमा वडाध्यक्ष मृत भेटिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,मंसिर ५ कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्षको शव भटिएको छ । वडाध्यक्ष कृष्णबहादुर रोकाया शुक्रबार बिहान मृतावस्थामा फेला परेका हो । ५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करिब १ किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । रोकाया बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको प्रहरीले जनाएको छ ।...
विराटनगरको अस्पतालमा कोरोनाबाट थप तीनको मृत्यु

विराटनगरको अस्पतालमा कोरोनाबाट थप तीनको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,मंसिर ५ विराटनगरको अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा २ र विराटनगरको नोबेल शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । वृद्धमा कार्तिक २७ गते कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएको वृद्धको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो । भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ः५० बजे सोही अस्पतालमा मृत्यु भएको छ । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको पीसीआर परीक...
कोरोनाको औषधी आउन नेपालमा कम्तीमा ६ महिना लाग्ने

कोरोनाको औषधी आउन नेपालमा कम्तीमा ६ महिना लाग्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर ३ नेपालमा कोरोनाको औषधी आउन कम्तीमा ६ महिना लाग्न सक्ने डाक्टरहरुले बताएका छन् । अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि थप आशा बढाएको छ । खोप निर्माणमा सफलता मिल्दै गएको विभिन्न खोप निर्माता कम्पनीहरुले दाबी गरे पनि सबै परीक्षण सकिएर नेपाल आउन भने अझै कम्तीमा ६ महिना लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताउनुभयो । विभिन्न अध्ययनअनुसार  ‘सार्स कोभ(२’ म्युटेड भएर ६ किसिमको देखिइसकेको छ । अर्थात् एउटै भाइरस छुट्टिएर केहीले गम्भीर र केहीले सामान्य लक्षण देखाउने ट्रेन्ड देखिएको छ । भाइरसको ‘आरएनए’ ठाउँ र मौसमअनुसार फरक हुन सक्छ । त्यसैले एक ठाउँमा बनेको खोप अर्को मौसम र ठाउँमा प्रभावकारी नहुन पनि सक्ने उहाँको भनाइ छ । तर, कोभिड(१९ विरुद्ध निर्माणाधीन खोपहरूला...
Reason for the increase in obesity worldwide

Reason for the increase in obesity worldwide

स्वास्थ्य
By Cindy  Obesity, excessive weight gain is one of the biggest problem facing by the global population, especially the age group young and adult suffering  depression and confidence. It becomes additionally burden and health risky even after acquiring  the fancy dietary habits and weight became constant. Most relevant information about weight lose, alibi found in websites information might not be worthwhile. Many questions strikes in newspapers and magazines reason of obesity due to over eating , sugars  no exercises etc. And tells to do fancy dietary. In a study 2,785 people those who had dieted within the previous year had greater body weight than non- dieter. This revealed, dieting is not leading idea to weight loss, but it depends upon consumption of food refined sugar-based di...
डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि, आफ्नो उपचार खर्च आफै बेहोर्ने

डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि, आफ्नो उपचार खर्च आफै बेहोर्ने

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, कार्तिक, २९ डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । सुवेदीका अनुसार केसीलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् । डा. केसीले कोरोना संक्रमण उपचारमा लाग्ने खर्च आफै बेहोर्ने बताएकाछन् । उनले सरकारले उपचार गर्ने निणर्यमा आफ्नो उपचार खर्च आफै बेहोर्ने र बरु नागरिकहरुको लागि सरकारले आफ्नो कर्तव्य पालना गर्दै कोरोना उपचारमा ध्यान पुराउन आग्रह समेत गरे । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूणर् उपचार खर्च बेहोर्ने बत...
कोरोना कहरबिच बेलकामा स्वास्थ्य सिविर सम्पन्न,४ सय ७६ जनाले सेवा लिए

कोरोना कहरबिच बेलकामा स्वास्थ्य सिविर सम्पन्न,४ सय ७६ जनाले सेवा लिए

समाचार, स्वास्थ्य
बेलका उदयपुर ,कार्तिक २९ बेलका नगरपालिका स्वास्थ्य शाखाको आयोजना र ओरेक नेपालको सहयोगमा संचालित महिला स्वास्थ्य सेवा निःशुल्क सिविर बेलका नगरको वडा नं ६ र ७ मा सम्पन्न भएको छ । कार्तिक २५ गतेबाट संचालन भएको स्वास्थ्य सिविरबाट चारसय ७६ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको बेलका नगरपालिकाको मनोपरामर्सदाता जानुका दंगाल कार्कीले बताईन् । कार्तिक २५ गते बेलका वडा नं ७ स्थित मैनामैनी मुलगाउ र २६ गते शारदा आधारभुत बिद्यालय बिलिम्लामा २ सय ६६ जनाले स्वास्थ्य सेवा लिएकोे दंगालले बताईन् । त्यसैगरि २७ र २८ गते वडा नं ६ को बवला र घारे माझी वस्तीमा २ सय १० जनाले स्वास्थ्य सेवा लिएको उनिले बताईन् । बेलका अस्पतालका जनरल फिजिसियन डाक्टर बिसाल राई र नोबेल अस्पताल बिराटनगरका स्त्री रोग बिशेषज्ञ डाक्टर रकिना भान्साकार्यको संयुक्त टोलीले सेवाग्राहीहरुको स्वास्थ्य जा‘च गरेको थियो । शिबीरमा मह...
सुनसरीमा थप १ महिलाको कोरोनाबाट मृत्यु

सुनसरीमा थप १ महिलाको कोरोनाबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २९ सुनसरीको बराह–५ की १९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनमा यही कात्तिक २८ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । कोरोना पुष्टि भएपछी सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।...
विश्वमा एकैदिन ६ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि

विश्वमा एकैदिन ६ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २९  विश्वमा एकैदिन ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३२ लाख ६८ हजार १३ जना पुगेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । अहिलेसम्म विश्वमा उक्त संक्रमितमध्ये ३ करोड ४३ लाख ९३ हजार ४ सय ४८ जना उपचारपछि निको भएका छन् भने १३ लाख ९ सय ५ जनाको मृत्यु भएको जनाईएको छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।...