Thursday, August 20News That Matters

स्वास्थ्य

एकै दिन ४५०० जना कोरोना मुक्त

एकै दिन ४५०० जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २१ नेपालमा आज थप ४ हजार ५ सय जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको सख्ंया १ लाख ५२ हजार ९ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा आज थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा ३४ हजार ९ सय ५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १ हजार २ सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्य हुनेको सङ्ख्या १ हजार ७० पुगेको छ ।...
नेपालमा थप २९०९ जनामा सङ्क्रमण पुष्टि

नेपालमा थप २९०९ जनामा सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २१ नेपालमा आज थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ । अब नेपालमा ३४ हजार ९ सय ५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १ हजार २ सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्य हुनेको सङ्ख्या १ हजार ७० पुगेको छ ।...
झापामा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

झापामा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २१ झापामा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । सबैभन्दा बढी ५ सय ५८ जना कोरोना संक्रमति दमकमा रहेको छन् भने २० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।  ३० हजार ४ सय ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा र् २ हजार ३ सय ६२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको कार्यालयले जनाएको छ । तीमध्ये निको भएर १ हजार ४ सय ४२ जना घर फर्किसकेको कार्यालयले जनाएको छ । अहिलेसम्म जिल्लाका भद्रपुर नगरपालिकामा २ सय ९२, मेचीनगरमा २ सय ७८, विर्तामोडमा ३ सय ८७, कनकाईमा १ सय ४१, अर्जुनधारामा ८४, गौरादहमा १ सय ३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १ सय ४८, कमलमा १ सय ५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ जना कोरोना संक्रम...
विराटनगरमा कोरोनाबाट थप २ महिलाको मृत्यु

विराटनगरमा कोरोनाबाट थप २ महिलाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २१ विराटनगरमा कोरोना संक्रमित थप २ महिलाको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया र धनकुटा–४ की ३२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । विराटनगरकी ५१ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ८ बजे न्युरो अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ । धनकुटाकी महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८ः१५ बजे मृत्यु भएको छ । उपचार केन्द्रकाअनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या देखिएको उपचार अस्पतालले जनाएको छ ।...
कोरोना संक्रमणबाट १ वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट १ वडाध्यक्षको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २१ कोरोना संक्रमणबाट कैलालीका एक जना वडाध्यक्षको मृत्यु भएको छ । गौरीगंगा नगरपालिकाका–३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ६३ वर्षको उमेरमा शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष शाह गत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थियो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।...
त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि

त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपष्टि,कार्तिक २० उदयपुरको त्रियुगा नगरपालिकामा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको र  ११ नं वडाका ८ कर्मचारी सहित अन्य थप २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ३२, ४६, ३३ र ३२ वर्षिया महिला रहेका छन् भने ५६, १६, ४५, ४१, २२ र २६ वर्षिय पुरुष रहेका छन् । त्रियुगा नगरपालिका कर्मचारी सहित ७४ जनाको स्वाब परीक्षण गरी मंगलबार कोशि कोरोना अस्पतालमा पठाइएको थियो । बुधबार आएको रिपोर्टमा १० जना संक्रमण पुष्टि देखिएको हो । संक्रमित हुनेमा प्रशासन, प्राविधिक इन्जिनियर, सामाजिक परिचालक देखि इलेक्ट्रिसियनसम्म रहेका छन् । यस्तै १६ वर्षिय बालक त्रियुगा नगरपालिका ११ का जनप्रतिनिधिका छोरा हुन् । भने ३२ वर्षिय महिला एनसिसी बैंकका कर्मचारी हुन् ।...
नेपालमा थप ३३०९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३३०९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १९  नेपालमा आज थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार एक सय ४४ जनाको नमुना परीक्षण भएको थियो । त्यस्तै गत २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३६ हजार ९ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै १ हजार ३ सय ५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ३० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।...
नोबेल अस्पताल विराटनगरमा २  कोरोना संक्रमितको मृत्यु

नोबेल अस्पताल विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक १९  विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुको आज बिहान नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताले जनाएको छ । झापाका ६४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताले जनाएको छ । उनी बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन् । उनमा दमको पुरानै समस्या रहेका साथै श्वास फेर्न गाह्रो भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनअघि नै उनमा  कोरोना पुष्टि भएको थियो । अस्पतालका अनुसार उनीमा दमको पुरानै समस्या रहेको साथै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार भर्ना भएकी थियो । सोही दिन उनमा कोरोना पुष्टि भएको थियो । उक्त वृद्धाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।...
कोशिमा उदयपुरको थप एक संक्रमितको मृत्यु

कोशिमा उदयपुरको थप एक संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
 पूर्णपुष्टि,कार्तिक १९  उदयपुरको थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका –६ खत्रीटोलका ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको हो । कोशी कोभिड १९ अस्पताल उपचारको  क्रममा  ५ दिनपछि उनको मृत्यु भएको चौदण्डीगढी नगर स्वास्थ्य कार्यालयले जनाएको छ । उनको उतै दाहासंस्कार गरिएको बताईएको छ । उनमा  हात खुट्टा सुनिने समस्या देखा परेपछि कात्तिक १ गते उपचारको लागि हस्पिटल लगिएको थियो । डाइलोसिस गरेर (डिस्चार्च) भई कात्तिक ५ गते विरामीलाई घर ल्याईएको थियो । पुनः कात्तिक १० गते राति अचानक स्वाशप्रश्वासमा समस्या भएपछि रातारात नोवेल हस्पिटल लगेर पुनः डाइलोसिस गरिएको थियो । त्यसको भोलिपल्ट एक्सरे गरेर हेर्दा फोक्सो (ड्यामेज) भईसकेको र तत्कालै कोरोना चेकजाँच गर्दा रिपोर्ट पोजिटिभ आएकोमा थप उपचारको लागि कोशी कोभिड १९ अस्पताल रेफर गरेको भतिजी अन्...
सुनसरीको ९ वर्षीया बालिका र एक महिलाको कोरोनाबाट मृत्यु

सुनसरीको ९ वर्षीया बालिका र एक महिलाको कोरोनाबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १९  सुनसरीमा ९ वर्षीया बालिका र एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । इटहरी–६ की ९ वर्षीया बालिका र धरान–१ की ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । इटहरी–६ की ९ वर्षीया बालिकाको आज बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृत्त बालिकालाई यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भए लगतै अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । ६१ बर्षीया मृत्त महिला कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनी श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित थिइन् । ती महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान सवाँ ३ बजे मृत्यु भएको...