Thursday, August 20News That Matters

स्वास्थ्य

कोरोनाबाट बिराटनगर र धरानमा ३ जनाको मृत्यु

कोरोनाबाट बिराटनगर र धरानमा ३ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २ कोरोना संक्रमणबाट बिराटनगर र धरानमा थप तीन जनाको मृत्यु भएको छ । बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक/एक जनाको मृत्यु भएको हो । शनिबार राति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । संक्रमित पुरुषको शनिबार राति १०ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई असोज १३ गते कोरोना पोजेटिभ देखिएको थियो । बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आइतबार बिहान करिब ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस...
उदयपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २ उदयपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कटारीमा ५ महिलासहित १३ र त्रियुगा नगरपालिकामा ५ महिलासहित १० गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिका–११ का १४, ३०, ६९ महिला र ३१ वर्षिय पुरुष, १३ नम्बरवडाका २३ र २४ वर्षिय पुरुष, १० नम्बर वडाका ३८ वर्षिय महिला, ३६ र ३९ वर्षिय पुरुष र १२ नम्बर वडाका ३३ वर्षिय महिलामा कोरोन संक्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै कटारी नगरपालिका–३ का १७ र ५० वर्षिय पुरुष, १९ र ४५ वर्षिय महिला, ४ नम्बर वडाका २७, ३२ र ५५ वर्षिय पुरुष, ३७, ३८ र ५० वर्षिय महिला र ५ नम्बर वडाका ३५ र ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।...
उच्च रक्तचापका बिरामीलाई थप सावधानी अपनाउन आग्रह

उच्च रक्तचापका बिरामीलाई थप सावधानी अपनाउन आग्रह

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १ सरकारले उच्च रक्तचापका बिरामीहरुलाई कोरोनाको प्रभाव बढी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको जनाएको छ । अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेकाले नियमित जाँच गराएर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्ने जनाएको छ । नेपालमा २४.५ प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ । ४० प्रतिशत मानिसले भने अहिलेसम्म रक्तचाप परीक्षण नै नगराएको जनाईएको छ । जाँडरक्सी तथा चुरोटबिँडी नखाने र सक्रिय जीवनशैली अपनाउने हो भने उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ ।...
नेपालमा थप ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १ नेपालमा आज थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ती सय चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ सय जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार आठ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३८ हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
प्रदेश सरकारका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि

प्रदेश सरकारका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १ लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्रिलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रीले सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेको छ । मन्त्रीसँगै उनकी श्रीमती, पिएसओ, चालक र भान्सेलाई पनि संक्रमण देखिएको जनाईएको छ । संक्रमण देखिएपछि आफू सरकारी निवासमै आइसोलेसनमा रहेको र रुघाबाहेक अन्य स्वास्थ्य समस्या नरहेको मन्त्रीले जनाएको छ । अन्य ४ जनालाई भने कुनै लक्षण देखिएको छैन । आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन मन्त्रिले आग्रह समेत गरेको छ । यसअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री, सभामुख, उपसभामुखसहित प्रदेश सभा सचिववालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीसहित ३५ जनामा कोरोना संक्रमण भएको थियो ।...
कोरोनाबाट थप १ जनाको मृत्यु

कोरोनाबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक १ चितवनमा कोरोना संक्रमणबाट एक वडा सदस्यको मृत्यु भएको छ । खैरहनी नगरपालिकाका–१२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडाले जनाएको छ । दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएको थियो ।...
नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० नेपालमा आज थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार एक सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ३१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय २२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।...
कोरोनाबाट विराटनगरमा थप १ जनाको मृत्यु

कोरोनाबाट विराटनगरमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ बुद्धचोक निवासी ६५ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पतालमा उपचाररत पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएके छ । उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो । उनमा उच्च रक्तचाप सम्बन्धी पुरानो समस्या थियो ।...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया ११ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया ११ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० विश्वका विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि हुदा ११ लाख ३ हजारको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये २ करोड ९३ लाख निको भएका छन् । अहिले ८६ लाख ९७ हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात साढे ७० हजारको अवस्था जटिल रहेको र बाँकी ८६ लाख २६ हजारको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ लाख २२ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा ७३ लाख ६५ हजारमा सङ्क्रमण पुष्टि हुँदा १ लाख १२ हजारको मृत्यु भएको छ । ५१ लाख ६९ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा १ लाख ५२ हजारको मृत्यु भईसकेको वल्ड्रोमिटरले जनाएको छ ।...
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिमका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज २१ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बिरामीको समस्याअनुसार उपचार गरिए पनि बिस्तारै स्वास्थ्य अवस्था जटिल बनेको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।...