Thursday, August 20News That Matters

स्वास्थ्य

स्पेनमा १५ मिनेटमै कोरोना परिक्षण

स्पेनमा १५ मिनेटमै कोरोना परिक्षण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ स्पेनमा कोरोना परिक्षण १५ मिनटमै हुने भएको छ । दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको मृत्यु भईसकेको छ । गत २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका र १ सय १३ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ ।...
प्रधानमन्त्रीका ३ सल्लाहकार र स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीका ३ सल्लाहकार र स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १७ प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्य सल्लाहकार रिमालसहित प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो । सबैले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको  र आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ । केही चालकमा पनि कोरोना पुष्टि भएको छ । तर कसैलाई पनि लक्षण नदेखिएको जनाईएको छ  तीन दिनअघि प्रधानमन्त्रीको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको तर सल्लाहकारहरु र स्वकीय सचिवमा पोजेटिभ देखिएपछि फेरि स्वाब सङ्कलनको तयारी भएको पनि जनाईएको छ ।...
नेपालमा थप २१२० जनामा कोरोना संक्रमित पुष्टि

नेपालमा थप २१२० जनामा कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १७ नेपालमा आज थप दुई हजार एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८४ हजार पाँच सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै निको हुनेको सङ्ख्या ६२ हजार सात सय ४० पुगेको छ । अब नेपालमा २१ हजार तीन सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै गत २४ घण्टामा आठ जनाको मृत्यु भएसँगै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय २८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १७ भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएसँगै भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ सय ७५ पुगेको वल्डोमिटरले जनाएको छ । त्यस्तै गत २४ घण्टामा झण्डै ८० हजारको रिपोर्ट पोजेटिभ आएसँगै भारतमा सङ्क्रमितको संख्या ६४ लाख ७१ हजार नाघेको छ । उक्त संक्रमितमध्ये ५४ लाख २५ हजार निको भएका छन् ।...
उदयपुरमा मेयरसहित थप ६ जनामा कोरोना पुष्टि

उदयपुरमा मेयरसहित थप ६ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १७ उदयपुरमा जनप्रतिनिधिसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५४ बर्षिय मेयरसहित ४०, ४३, २८, ४२ बर्षिय पुरुष र १८ बर्षिया महिलालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो । उनीहरुमध्ये एक जना स्वास्थ्यकर्मीसमते रहेका छन् । एक साता अघि मेयरका ८२ बर्षिय वुवालाई उपचारका क्रममा विपी कोईरालामा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोराना देखिएपछि शनिबार देखिएका ६ जना नै कन्ट्रयाक टे«सिङ्गमा थिए । यसअघि जिल्लामै पहिलोपटक सोही नगरपालिकाका ६५ बर्षिय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको थियो । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय २४ जना पुगेको स्वास्थ्य कार्याल...
बिराटनगरमा कोरोनाबाट थप १ जनाको मृत्यु

बिराटनगरमा कोरोनाबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १७ बिराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिराटनगरकी ६८ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । बिराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । कोरोना पुष्टि भएसँगै उनलाई ११ असोजमा आइसोलेसनमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासको समस्या थियो ।...
अमेरिकी राष्ट्रपति ट्रम्पलाई अस्पताल लगिदै

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अस्पताल लगिदै

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिने भएको छ । हिजो दिउँसो कोरोना पुष्टि भएपछि राष्ट्रिपति ट्रम्पलाई अस्पताल लगिने भएको हो । ह्वाइट हाउसले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सावधानीको लागि उहाँलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा लैजाने तयारी गरिएको जनाएकोे छ । कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ । हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुस हुन थालेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँले दोस्रो कार्यकालको लागि राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने तय भएको छ । केही दिन डाक्टरको सल्लाह अनुसार सावधानी अपनाएर अस्पतालबाट नै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ । आफ्नी ३१ वर्षीया सल्लाहका...
नेपालमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १६ नेपालमा आज थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८२ हजार चार सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा ३३ सय सात जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ । अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयले जनाएको छ ।...
पाँच दिनदेखि हराएकाको १ पुरुष मृत भेटिए

पाँच दिनदेखि हराएकाको १ पुरुष मृत भेटिए

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १६  पाँच दिनदेखि हराइरहेका गुल्मी इस्मा गाउँपालिका–३ दर्लामचौरका एक पुरुष मृत वस्थामा भेटिएको छ । दर्लामचौरको खाँसिचौर बस्ने ४९ वर्षीय वीरबहादुर कुमाल आज मृत भेटिएको हो । कुमालको शव इस्मा–५ अँधेरी खोलामा सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी टोली खटि गई स्थलगत मुचुल्का गरेर शव पोष्टमार्टमका लागी गुल्मी अस्पताल तम्घास ल्याइने तयारी भईरहेको प्रहरीले जनाएको छ ।...
कोरोना संक्रमित दुई पुरुषको एम्बुलेन्समै मृत्यु

कोरोना संक्रमित दुई पुरुषको एम्बुलेन्समै मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १६  कोरोना संक्रमित दुई पुरुषको आज मोरङस्थित विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनिहरुको अस्पताल ल्याउने क्रममा एम्वुलेन्सै मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि उपचारका लागि विराट मेडिकल कलेज लगिएका सुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको एम्बुलेन्समै मृत्यु भएको मेडिकलले जनाएको छ । इटहरीका वृद्धमा तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएका थिए । अस्पतालमा आइपुग्दा वृद्धको शरीर चिसो भइसकेको अवस्थामा पाइएको मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल  देवले बताउनुभयो । मृतक वृद्धमा दम, उच्च रक्तचाप ...