उदयपुरका शिक्षक रामकुमार झा राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत
पूर्णपुष्टि, ३ असोज ।
उदयपुरका एक शिक्षक राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत भएको छ । चौदण्डीगढी नगरपालिका ६ मा सञ्चालित ज्योति माध्यामि विद्यालयका प्रधानाध्यापक राजकुमार ओझा नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार बाट पुरस्कृत भएको हो । कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजिम मूल समारोह समितिको कार्यक्रममा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेका थिए।
०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक र निजी विद्यालय, प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिन्छ । सम्बन्धित शिक्षालय, विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा उत्कृष्ट आङ्ग...









