कोशीको मुख्यमन्त्री उद्धव थापाले गरे सपथ ग्रहण
पूर्णपुष्टि, असार २२ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले आज सपथ ग्रहण गरेका छन् । बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री थापाले सपथ लिएसँगै पहिलो चरणमा दुईजना मन्त्री नियुक्त गरेका छन् । उनले नेकपा एकिकृत सवाजवादीबाट कमल जबेगु र नेपाली काग्रेसबाट प्रदीप सुनुवारलाई मन्त्री बनाएका हुन् । नवनियुक्त दुबै मन्त्रीहरुले आजै शपथ लिएका छन् भने उनिहरुको मन्त्रालय तोकिएको छैन् ।
माओवादी केन्द्रले भने सरकारमा आफ्नो मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ । गठबन्धन दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।...









