Monday, May 4News That Matters

Breaking News 2

त्रियुगा नगरपालिकाले यो बर्ष वडालाई ७० लाखको दरले बजेट पठाउने

त्रियुगा नगरपालिकाले यो बर्ष वडालाई ७० लाखको दरले बजेट पठाउने

Breaking News 2, समाचार
पूर्णपुष्टि, १० असार । त्रियुगा नगरपालिकाले यो बर्ष १६ ओटा वडाहरुलाई ७० लाखको दरले बजेट पठाउने जनाएको छ । आईतबार नगरको ११ औँ नगरसभाको क्रममा आगामी बर्षको बजेट सार्वाजानिक गर्दै उपमेयर महेश्वरी राईले यस्तो बताएकी हुन् । राईका अनुसार ७० लाखको दरले वडामा ११ करोड २० लाख बजेट बिनियोजन गरेको राईको भनाई छ ।
नेदरल्याण्ड्स विरुद्धको महत्वपूर्ण खेलमा नेपाल १६७ रनमै अलआउट

नेदरल्याण्ड्स विरुद्धको महत्वपूर्ण खेलमा नेपाल १६७ रनमै अलआउट

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ९ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अलआउट हुँदै नेपालले नेदरल्याण्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै ८ विकेट गुमाएर १६७ रन बनाएको हो । टप सिक्सको सम्भावना कायम राख्न आज नेदरल्यान्ड्सलाई जित्नै पर्ने दबाबमा खेलेको नेपालले कमजोर ब्याटिङ गरेको छ । नेपालका लागी कप्तान रोहित पौडेलले सार्वाधिक ३३ रन बनाए । ओपनर ब्याटर आशिफ शेख रन बिहिन हुँदै आउट भए भने कुशल भुर्तेलले २७ रन बनाएर आउट भए । भिम सार्कीले २२ रन बनाएर आउट भए सन्दिप लामिछानेले २७ रन र दिपेन्द्र शिंह ऐरीले १४ रन बनाए । गुल्सन झा ले १५ रन र कुशल मल्लले १२ रन बनाए । नेदरल्याण्डका लागी भान वीकले ४ विकेट लिए भने डि लीड र भिक्रम शिंहले समान २–२ विकेट लिए । यदी नेपालले नेदरल्याण्ड्लाई हराए पनि...
रास्वपाको स्थापना दिवसको अवसरमा रक्तदान

रास्वपाको स्थापना दिवसको अवसरमा रक्तदान

Breaking News 2, समाचार
पूर्णपुष्टि,असार ७ । उदयपुरको कटारीमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्प्न्न गरेको छ । बिहिवार ‘रक्तदान जिवदान’ भन्ने मुलनाराका (रास्वपा) कटारी उदयपुरको अयोजनामा नगरपालिका ३ चिल्ड्रेन पार्कमा बृहत रक्तदान कार्यक्रम भएको हो । चिल्ड्रेन पार्कमा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको थिए । रास्वपाले स्थापना दिवसको अवसरमा बिभिन्न १४ वटै जिल्लाहरुमा बैठक, सरसफाई, रक्तदान तथा वृक्षरोपण कार्यक्रमहरु गरिरहेको आयोजकले जनाएको छ । यसै अवसरमा पार्टीले उदयपुरको क्षेत्र नम्बर २ स्तरीय क्षेत्रीय पार्टी कार्यालय उदघाटन गरेको छ । पार्टीका उदयपुर जिल्ला सह संयोजक तथा कोशी प्रदेस सदस्य अनिल श्रेष्ठ लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यालयको स्थापना गरिएको पार्टीका वडा नम्बर ४ का सभापति वेदप्रसाद पराजुलीले बताउनुभयो । पार्टीको क्षेत्र...
साफ च्याम्पियनसिपको पहिलो खेलमै नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिपको पहिलो खेलमै नेपाल कुवेतसँग पराजित

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ६ । भारतमा आजदेखी सुरु भएको दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको उद्घाटन खेलमा आमन्त्रीत टोली कुवेतसँग नेपाल ३–१ ले पराजित भएको हो । कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए । खेलको २३ मिनेटमा कप्तान हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ४१औं मिनेटमा अलखल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे भने ६५ मिनेटमा अलखल्दीले कुवेतका लागी तेस्रो गोल गरे । नेपालका लागी ६७ औं मिनेटमा अन्जन विष्टले सानत्वान गोल फर्काए । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्‍याएका छन् । उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाड...
आजदेखी साफ च्याम्पियन सिप, नेपालले कुवेतको सामना गर्दै

आजदेखी साफ च्याम्पियन सिप, नेपालले कुवेतको सामना गर्दै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ६ । आजदेखी सुरु हुने दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दैछ । भारतको बेंग्लोरमा हुने साफ प्रतियोगितामा कुवेत आमन्त्रित टिमको रुपमा सहभागी भएको छ । छोटो तयारीकाबीच भारत पुगेको नेपालका लागि यस संस्करणमा कठिन चुनौती रहेतापनि नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बताएका छन्। सन् २०१९ यता नेपाल र कुबेत भएको पाँच खेलको चार खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो भने गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४–१ गोलको जित निकालेको थियो। कुवेत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि नेपाली राष्ट्रिय टोली साफ च्याम्पियनसिपका लागी भार...
हुरीले पोल ढालेपछि विराटनगरमा विद्युत सेवा अवरुद्ध

हुरीले पोल ढालेपछि विराटनगरमा विद्युत सेवा अवरुद्ध

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । बुधवार रातिको हावाहुरीका विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण आज विराटनगरमा अवरुद्ध हुने भएको छ । हावाहुरीले विद्युतका पोल ढाल्दा विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत लाईन अनियमित हुँदा औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योगलगायत विद्युतबाट सञ्चालन हुने कामहरु सबै ठप्प भएका छन् । ढालेका पोलहरुको मर्मत भैरहेको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ । विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिरणको भनाई छ । मर्मतको काम सकिएपछि विद्युत आउने बताइएको छ ।...
महिलाहरुका लागि १५ दिने उद्घोषण तथा भाषणकला विकास सम्बन्धी तालिम सम्पन्न

महिलाहरुका लागि १५ दिने उद्घोषण तथा भाषणकला विकास सम्बन्धी तालिम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ३१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा महिला लक्षित १५ दिने उद्घोषण तथा भाषणकला विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । “हाम्रो परिकल्पना, समृद्ध दिप्रुङ चुइचुम्मा” भन्ने मुल नाराका साथ जेष्ठ १६ गते मंगलबार देखि सञ्चालन गरिएको तालिममा आज गाउँपालिका प्रमुख लोकेन्द्र राईको प्रमुख आतित्यतामा सम्पन्न भएको हो । समापन समारोहमा पालिका प्रमुख राईले तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नको लागि मद्धत पुर्याउने बताए । घर्यासी काममा व्यस्त महिलाहरुलाई तालिमले आफ्ना कुराहरु प्रष्ट राख्न र कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउने बताए । साथै यस्ता कार्यक्रमलाई पालिकाको आगामी बजेटबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रशिक्षक जनक ढुंगानाले कसरी अगाडी गएर आफना कुरा राख्ने, डर कसरी नियन्त्रण गर्ने, भाषणकला लगायतबारेमा निक्कै प्रभावकारी ढगँले सिकाएको भन्दै आफुहरुमा आत्माविश्वास बढे...
उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० । उदयपुरमा लागुऔषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ मिलन चोक बस्ने २४ बर्षीय भगवानदेब चौधरी रहेका छन् । त्रियुगा नगरपालिका ६ लालपत्ता स्थितमा आईतबार बेलुका पौने ५ बजे लहानबाट गाईघाट तर्फ आउदै गरेको यात्रुवाहक बसमा सबार चौधरीलाई प्रहरी चौकी लालपत्ताको चेकिङ टोलिले लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए । प्रहरीले प्लाष्टिक झोलामा लुकाई राखेको बुप्रिनोफिन २० एम्पुल ,डाईजेपाम २० एम्पुल र फेनार्गन १९ एम्पुल गरी जम्मा ५९ एम्पुल सहित चौधरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
महिला इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित

महिला इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० । इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ९ रनले हराएको छ । हङकङमा जारी महिला इमर्जिङ टिम्स कपमा आज भएको खेलमा पाकिस्तनाले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको हो । नेपालका २ जना बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन नसक्दा नेपाल पराजित भयो । ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् । यसअघि नेपालले राम्रो बलिङ गर्दा पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो । नेपालका लागि इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २र२ विकेट लिए । इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । २० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर...
पहिचान पक्षधरलाई वार्ताका लागि कोशी प्रदेश सरकारको पत्र

पहिचान पक्षधरलाई वार्ताका लागि कोशी प्रदेश सरकारको पत्र

Breaking News 2, राजनीति, समाचार
पुर्णपुष्टि जेष्ठ २९ । कोशी प्रदेश सरकारले पहिचान पक्षधरलाई पत्र पठाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई वार्ताका लागी पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताउँदै आएका थिए भने सोमबार प्रदेश सरकारले समितिको नाममा पत्र पठाएर वार्तामा बोलाएको हो । गत फागुन १७ गते प्रदेश सभाबाट दुई तिहाई मतका साथ मुख्यमन्त्री हिक्मत कार्कीले १ नम्बर प्रदेशको नाम कोशी राखेका थिए । प्रदेश नाम कोशी नामकरण भएपछि आन्दोलित बनेका पहिचान पक्षधहरुले पहिचानको आधारमा पुन नामाकरण गर्नु पर्ने माग राख्दै आएका थिए । असन्तुष्टि जनाउँदै आएका पहिचान पक्षधरसँग वार्ता गर्नका लागी सरकारले मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तिन सदस्यीय समिति गठन गरेको छ ।...