Monday, June 29News That Matters

Breaking News 2

‘अभ्यास मनसुन–२’ सञ्चालन

‘अभ्यास मनसुन–२’ सञ्चालन

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ९ वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनिकरण, रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न अभ्यास गरिएका छन् । विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद् प्रतिकार्य अभ्यास गरिएको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले जानकारी दिनुभयो । भेरी नगरपालिका–११ मटेलामा विपद् प्रतिकार्य सिमुलेशन ‘अभ्यास मनसुन–२’ सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । भविष्यमा आइपर्ने प्राकृतिक एवं मानव सिर्जित विपत्ति एवं दुर्घटनामा परेकाको खोज, उद्धार, उपचार एवं राहत वितरणकार्य समन्वयात्मक र असरदार ढङ्गबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यसहित जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको आयोजनामा सबै सुरक्षा निकाय र सरोकारवालाको सहभागितामा उक्त अभ्यासको आयोजना गरिएको थियो ।...
बिराटनगरमा डुवान रोक्नका लागि हरसम्भव काम गर्ने मेयर नागेश कोईरालाको प्रतिवद्धता

बिराटनगरमा डुवान रोक्नका लागि हरसम्भव काम गर्ने मेयर नागेश कोईरालाको प्रतिवद्धता

Breaking News 2, समाचार
काठमाडौं, असार ८ गते । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभएको छ । आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भत्रुभयो । विराटनगरको पश्चिम क्षेत्रमा रहेको केशल्या नदी र पूर्व क्षेत्रमा रहेको सिङ्घीया नदीका कारण नगर क्षेत्र डुबानमा पर्ने गरेको भन्दै नदी नियन्त्रण र बस्ती विकासको काम गर्ने उहाँको भनाइ थियो । उहाँले नगर क्षेत्रमा रहेका सञ्चार क्षेत्रको पूर्वाधार, क्षमता र विकासमा सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रमुख शिल्पा निराला कार्कीले नगरको विकास गर्ने तहमा पुगेका जनप्रतिनिधिले जनताको भावना र चाहनाअनुसार काम गर्ने जनाउनुभयो । राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य शङ्कर खरेलले विराटनगरमा हेर्न ल...
अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

Breaking News 2, समाचार
काठमाडौं, असार ८ गते । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो । ब्यूरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैधरूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्...
अपहरणको नाटक गरी आफ्नै परिवारसँग २० लाख फिरौती माग्ने युवक पक्राउ

अपहरणको नाटक गरी आफ्नै परिवारसँग २० लाख फिरौती माग्ने युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ७ गते । अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक जना युवक पक्राउ परेको छ । सप्तरीको राजगढ–३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा पक्राउ परेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्वीच अफ गरी परिवारलाई फिरौती रकम माग्न अपरहणको नाटक गरेको प्रहरीको भनाइ छ । उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिपसमेत पठाएको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।...
एन्फामा नयाँ कार्यसमिति चयन

एन्फामा नयाँ कार्यसमिति चयन

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो लगाएको छ । पङ्कजविक्रम नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई छ मतले पराजित गर्दै चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित हुनुभयो । कूल ८४ मतमध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै स्वतन्त्र उमेदवार राजीवराज पौड्यालले भने एक मत पनि प्राप्त गर्नुभएन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी शिक्षित पराजुलीलाई चार मतले पछि पार्दै विजयी हुनुभएको हो । वीरबहादुरले ४४ प्राप्त गर्दा शिक्षित पराजुलीले ४० मत प्राप्त गर्नुभएको थियो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुनुभयो भने शेर्पा प्यानलका एक उम्मेद...
पेट्रोलिएम पदार्थको मूल्य बढेसँगै फेरि गाडी भाडा बढ्यो

पेट्रोलिएम पदार्थको मूल्य बढेसँगै फेरि गाडी भाडा बढ्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ६ गते । यातायात विभागले सार्वजनिक गाडीहरुको भाडा बढाएको छ । विभागले पेट्रोलिएम पदार्थको मूल्यमा वृद्धि भएसँगै गाडी भाडा पनि बढेको हो । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।...
खोटाङको अन्तरपालिका जोड्ने ग्रामीण सडक अवरुद्ध

खोटाङको अन्तरपालिका जोड्ने ग्रामीण सडक अवरुद्ध

Breaking News 2, समाचार
काठमाडौं, असार ६ गते । बर्सात सुरु भएसँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं संघीय राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् । हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल भोजपुर सडकमा मात्र यातायात सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । “कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सबै ग्रामीण सडक भारी वर्षाका कारण अवरुद्ध भएको छ”, उहाँले भन्नुभयो, “बर्सेनि अवरुद्ध हुँदै आएको सडक बाह्रै महिना सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।” दिक्तेल–बाक्स...
बाढीले अटो बगाउँदा १ जनाको मृत्यु

बाढीले अटो बगाउँदा १ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ६ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ को बाघ खोलाले टेम्पो बगाउँदा एक जनाको मत्यु भएको छ । स्थानीय १७ वर्षीया स्टिफिना राईको टेम्पो बगाउँदा मृत्यु भएको हो । आईतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका–१ की स्टिफिना राई र चालक धरान–१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए । टेम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो । घाईते चालकलाई उपचारको लागी धरान पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।...
लिम्चुङबुङको एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचना केन्दको आकर्षक भवन निर्माण सुरु

लिम्चुङबुङको एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचना केन्दको आकर्षक भवन निर्माण सुरु

Breaking News 2, पर्यटन, लिम्चुङबुङ डायरी
पूर्णपुष्टि, असार ५ लिम्चुङबुङले पर्यटनको क्षेत्रमा तिव्रता दिएको छ । पर्यटनलाई पनि मुख्य आर्थिक स्रोतको रुपमा लिइदै आएको त्यस पालिकाले एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन आईबार बाट औपचारिक रुपमा निर्माण कार्य शुरु छ । उक्त भवन नेपाल सरकारले तयार पारेको पर्यटनको १०० सुचि भित्र पर्न सफल एभरेष्ट भ्यु टप पनि हो । सोही स्थानमा नेपाल सरकार पर्यटन बिभागबाट टेण्डर भई पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन निर्माण सुरु भएको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । अध्यक्ष राईले लिम्चुङबुङलाई जिरो देखी हिरो बनाउने कुरा बिभिन्न माध्यमहरुमा भन्दै आइरहेको अवस्थामा त्यो सपना साकार गर्न यस कामले पनि एउटा इटा थप्न सहयोग गरेको जनाए । भ्यु टप को पनि काम भैरहेको अवस्था छ । त्यस ठाउँबाट ८ हजार माथीका सगरमाथा सहित ६ हिमालहरु हेर्न सकिने छ । पालिकाको उच्च स्थानमा रहेको भ्यु टपबाट रमाईलो वाताव...
कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन

कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ४ यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो । कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल सेन्टरको अनुगमनको व्यवस्था गरिएको जानकारी दिनुभयो । “यसअघि ट्रायल सेन्टरबाट मात्र अनुगमन गर्ने व्यवस्था थियो, अहिले कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरेका छौँ, यसले सेवा प्रवाहमा सहज भएको छ”, उहाँले भन्नुभयो । उक्त कार्यालयले अहिले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । सवारी अनुमति पत्रको दर्ता, नवीकरण र राजस्व सङ्कलन गर्दै आए...