Monday, June 29News That Matters

Breaking News 2

उदयपुरमा विप्लवद्धारा एसपिपिको विरोध प्रदर्शन

उदयपुरमा विप्लवद्धारा एसपिपिको विरोध प्रदर्शन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार ३ गते । उदयपुरमा विप्लवद्धारा एमसिसिको विरोध प्रदर्शन भएको छ । नेपालले अमेरिकासँग गर्न लागिएको भनिएको स्टेट पाट्नरसिप प्रोग्राम (एसपिपि) राष्ट्रघाती भएको भन्दै विप्लप समुहले जिल्लामा प्रदर्शन गरेको हो । सो पार्टीको कार्यालयबाट शुरु भएको प्रदर्शन सदरमुकाम गाईघाटको पिपलचोकमा आएर कोणसंभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिले एसपिपि सम्झौता गरिए नेपालमा अमेरिकी सेना आउने भन्दै उक्त सम्झौत गर्ननहुने भन्दै नाराबाजी गरेको थियो । यो पार्टीले विगतमा पनि एमसिसि लगाएतका परियोजनालाई राष्ट्रघाती भन्दै विरोध गरेको थियो ।...
लोकसेवामा नक्कली परीक्षार्थी, शिक्षक पक्राउ : सक्कली परीक्षाबाट २० देखि ३० लाख असुली

लोकसेवामा नक्कली परीक्षार्थी, शिक्षक पक्राउ : सक्कली परीक्षाबाट २० देखि ३० लाख असुली

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३ गते । लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ मिलाएको अभियोगमा कास्कीबाट एक शिक्षक पक्राउ परका छन् । जिल्लाको पोखरा–२४ कास्कीकोटका कालिका माविका उपप्रधानाध्यपकसमेत रहेका दीपेन्द्र बस्ताकोटीले लामो समयदेखि नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने गरेको खुलेको छ । बस्ताकोटीले आफ्नै विद्यालयका विद्यार्थी लगाएर परीक्षा दिन लगाउने र उनले पनि आफै परीक्षा दिँदै आएको खुलेको हो । उनले लोकसेवा आयोगको परीक्षा दिन फाराम भरेका परीक्षार्थीसँग लाखौं रुपैयाँ लिने र आफ्ना विद्यार्थी लगाएर उनीहरुको परीक्षा दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत १९ चैतमा हेटौंडामा भएको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि अनुसन्धानका क्रममा बस्ताकोटी पक्राउ परका हुन् । १९ चैतमा सोही विद्यालयमा पढ्ने एक छात्रालाई उनले हाजिरी जवाफका लागि भनेर लगेका थिए । ‘काठमाडौं भनेर लैजानुभएको हो । ...
उदयपुरको नदीजन्य पदार्थ उत्खनन हुँदा पुल जोखिममा

उदयपुरको नदीजन्य पदार्थ उत्खनन हुँदा पुल जोखिममा

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ३ उदयपुरको गाईघाटस्थित बरुवा नदीको पुल र कद्हामा गाईघाट सडकखण्डको गाईघाट जोड्ने त्रियुगा नदीको पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न थालेपछि यहाँको पुल जोखिममा परेको छ । बर्सेनि बरुवा नदी पुल आसपास क्षेत्रबाट जेठ, असार, साउन र भदौमा ट्र्याक्टर व्यवसायीले बालुवा, रोडा, ढुङ्गा पुल आसपासका क्षेत्रबाट उत्खनन गर्दा पुलको संरचना कमजोर बन्दै गएको बरुवा टोलका दुर्गा राई र शान्तिनगर टोलका कुमार रोका बताउनुहुन्छ । चार वर्षअघि बरुवा पुलको पूर्वपट्टिको पिलर आसपासका क्षेत्रबाट केही ट्र्याक्टर व्यवसायीले ढुङ्गा बालुवा उत्खनन गर्दा पुल छेउका पिलर भासिएको थियो । त्यसले सडकका केही भाग नै भत्किन पुगेपछि तत्काल प्रहरी प्रशासनले पुल क्षेत्रबाट गिटी बालुवा निकासी कार्य रोकेको थियो । शान्तिनगर टोलका रोका भन्नुहुन्छ, “बर्सेनि पुल आसपासका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन हुँदा पुल...
उदयपुरका २ युवा लागुऔषधसहित प्रहरीको नियन्त्रणमा

उदयपुरका २ युवा लागुऔषधसहित प्रहरीको नियन्त्रणमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३ गते । उदयपुरका दुई जना युवालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–६ बेल्टारका २९ वर्षीय अनिष र २५ वर्षीय कालु राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हिजो बेलुका साढे ७ बजे रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि दुवैलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु दुवैको साथबाट फेनारागन–२८ एम्पुल, लिजेसिक–२८ एम्पुल र डाईजेपाम–२९ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेको दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
ताप्लेजुङमा पहिरोले पुरिएर सासु–बुहारी बेपत्ता

ताप्लेजुङमा पहिरोले पुरिएर सासु–बुहारी बेपत्ता

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ३ ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् । (रासस)...
बालिका करणी अभियोगमा वडा सदस्य पक्राउ

बालिका करणी अभियोगमा वडा सदस्य पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ३ एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
पुलबाट टिपर खस्दा चालकको मृत्यु

पुलबाट टिपर खस्दा चालकको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, असार २ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग१क ४४६९ नंको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०÷२५ मिटर तल खस्दा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा बिहान ६ः१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । (रासस)...
शारीरिक यातनाबाट महिलाको मृत्यु

शारीरिक यातनाबाट महिलाको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, असार १ बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । काठमाडौँबाट चितवन राप्ती नगरपालिका–१ पिप्ले भाउजूको घर आएकी २७ वर्षिया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पु¥याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटकपटक यौन हिंसा गरेका कारण रक्तस्राव भएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । घटनाको विषयमा जानकारी पाएपश्चात् मृतक महिलाको भाउजू भीमकुमारी तामाङले प्रहरीलाई खबर गरेको र...
आम्दानीको स्रोत बन्दैछ वन लसुन

आम्दानीको स्रोत बन्दैछ वन लसुन

Breaking News 2, आर्थिक, समाचार
काठमाडौं, असार १ गते । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन ९हाँडे लसुन० भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रु एक करोड बराबरको करिब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूर्जी काटेर आधिकारिक रुपमा बिक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पु¥याउने गरेका छन् । वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रु। एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जनाएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ । एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०÷२५ वर्षसम्म आम्दानी लिन सकिन्छ । स्थानीयवासीले यसलाई सङ्कलन गरेर सुकाएपछि प्रतिकेजी २२० देखि...
उदयपुरमा प्रेस पासको २ दिने घुम्ति शिविर सुरु

उदयपुरमा प्रेस पासको २ दिने घुम्ति शिविर सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १ गते । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको सहकार्य र सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने प्रेस पास घुम्ति शिविर बुधवारबाट सञ्चालन भएको छ । आज र भोली त्रियुगा नगरपालिकाको सभाहलमा शिविर सञ्चालन गरिएको छ । शिविरमा प्रेस पास जारी, नवीकरण, अनालाईन दर्ता तथा नवीकरण गरिने छ । उदयपुरमा सञ्चालित शिविरमा छिमेकी जिल्ला सिरह, सप्तरी, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगाएतकाबाट समेत सेवा लिन आउन सक्ने छन् ।...