Monday, June 29News That Matters

Breaking News 2

अपाङ्गता अशक्तलाई घरघरमै परिचय पत्र व्यवस्था गरिने उप्रमुख राईको पहिलो निर्णय

अपाङ्गता अशक्तलाई घरघरमै परिचय पत्र व्यवस्था गरिने उप्रमुख राईको पहिलो निर्णय

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १९ त्रियुगा गनरपालिकाकी नवनिर्वाचित उपप्रमुख महेश्वरी राईले नगरका अपाङ्ग तथा अशक्तहरुलाई पहिलो प्राथामिकता राखेर निर्णय गरेकाी छिन् । राईले आफ्नो पहिलो नगरपालिकाको कामको निर्णयमा अपाङगता तथा अशक्तहरुलाई घरघरमै परिचय पत्र व्यवस्थापन गर्ने जनाईन् । बुधबार पदबहालीको क्रममा राईले पहिलो निर्णय अशक्त अपांगता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र दिने बताईन्। निर्णय सँगै राईले आफु नगरबासीको सेवक भएकाले जनताको घरदैलोमानै पुगेर आफुले सेवा दिने निर्णय गरेको जनााईन्। उनले आफ्नो कार्यकाल सफल बनाउनका लागि सम्पूर्ण क्षेत्रले सहयोग गर्नु पर्ने बताईन्। नगर उपप्रमुख निर्वाचित भए पछि बुधबार जिल्ला न्यायधिश उत्तम शिलवाल मार्फत प्रमाणपत्र ग्रहण गर्दै उपप्रमुख राईले अबका दिनमा कुरा भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।...
त्रियुगाका मेयर वस्नेत र उपमेयर राईले गरे पद वहाली

त्रियुगाका मेयर वस्नेत र उपमेयर राईले गरे पद वहाली

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १८ त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त वस्नेत र उमेयर महेश्वरी राईले पद वहाली गरेका छन् । वस्नेत र राईले सपथ सँगै पद वहाली गरेका हुन् । वस्नेतले उपमेयर तथा वडाअध्यक्षहरुलाई सपथ खुवाएर पद वहाली गरेका हुन् । वस्नेतले बुधबार त्रियुगा नगरपालिकाको कार्यकक्षमा पद वहाली गरे । उपमेयरले राईले पनि सपथ पश्चात पद वहाली गरिन् । उनिहरु दुवैले त्रियुगा नगरपालिकाको आ–आफ्नो कार्यकक्षमा पदवहाली गरेका छन् ।...
उदयपुरे खत्रीको हत्या अभियोगमा दुई जना पक्राउ

उदयपुरे खत्रीको हत्या अभियोगमा दुई जना पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १८ उदयपुरको लिम्चुङबुङ गाउँपालिका – ८ तम्लिछा घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन । प्रहरीले खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जनलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । कीर्तिपुर नगरपालिका–३ ढाल्पास्थित सडकमा कुटपिट गर्दा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले मृतक खत्रीको झोलाबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३१ एम्पुल, फेनार्गन ६४ एम्पुल र नुर्फिन ७२ एम्पुल बरामद गरेको गरेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
श्रीमानले गरे श्रीमतीमाथि छुरा प्रहार

श्रीमानले गरे श्रीमतीमाथि छुरा प्रहार

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १८ गते । मोरङको उर्लाबारी नगरपालिका–४ मा श्रीमानको छुरा प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । मादक पदार्थ सेवन गरेर ४० वर्षीय सुमन महराले ३५ वर्षीया कुमारी हहरालाई सोमबार राति ९ बजेतिर छुरा प्रहार गरेको हो । मापसे गरेर घर आएका सुमनले पारिवारिक विवादपछि पत्नीको पेटमा अन्धाधुन्ध छुरा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार हुन नसकेपछि घाइते कुमारीलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा ल्याइएको छ । पत्नीलाई छुरा हान्ने सुमनलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुमन सधैँ मापसे गरेर आउने र घरमा झैझगडा गर्ने गरेको खुलेको छ । उनीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।...
संखुवासभामा पहिरोले पुरिएर उदयपुर र सुनसरीका दुई मजुदरको मुत्यु

संखुवासभामा पहिरोले पुरिएर उदयपुर र सुनसरीका दुई मजुदरको मुत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १८ सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर र सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास...
९४ किलो चाँदीका गरगहनासहित एक भारतीय नागरिक पक्राउ

९४ किलो चाँदीका गरगहनासहित एक भारतीय नागरिक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १८ गते । ९४ किलो चाँदीका गरगहनासहित सप्तरीबात एक भारतीय नागरिक पक्राउ परेको छ । सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका– ९ स्थित इँटा भट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत– ११ कामट टोलका २२ वर्षीय वशिष्ठ चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको साथबाट ४ लाख ३८ हजा ९ सय ५७ रुपैयाँ बराबरको २८ जोडी चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जनाए । चौधरीले कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना फेला परेपछि बरामद गरिएको खडकाको भनाई छ । चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।...
चोरीको चार मोटरसाईकलसहित २ जना पक्राउ

चोरीको चार मोटरसाईकलसहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १८ जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाईकल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका–५ पाँचथरका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जिवन कुरुङवाङ रहेका छन् । गत १३ गते दमक नगरपालिका–६ बाट हराएको मोटरसाईकल खोजतलास गर्ने क्रममा उनीहरुले चलाई रहेको अवस्थामा फेला पारी दुबै जनालाई मिक्लाजुङ गाउँपालिका–६ शखधर चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सोधपुछ गर्ने क्रममा उनीहरुले नै झापाका बिभिन्न स्थानहरुबाट चोरी गरेका अन्य ३ थान मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १८ सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो । गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो । चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य रु चार लाख ३८ हजार रहेको बताइएको छ । चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ । (रासस)...
आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो : एमाले उपाध्यक्ष पौडेल

आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो : एमाले उपाध्यक्ष पौडेल

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १७ प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी गर्नुभएको छ । पूर्वअर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाउनुभयो । आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उहाँको भनाइ थियो । उहाँले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाउनुभयो । नेता पौडेलले भन्नुभएको छ, “नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ ।” सो छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही ...
बाढीपहिराको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

बाढीपहिराको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

Breaking News 2, शिक्षा, समाचार
काठमाण्डौँ, जेष्ठ १७ मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पु¥यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ । विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन् । जिल्लामा बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर अध्यापन गराउन विद्यालय परिवर्तन गर्न थालेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । “बाढीपहिरोको जोखिम अझै पनि छ, कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागांैला तर बालबालिका भाग्न सक्दैनन् भनेर अन्यत्रै आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थी घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भन्नुभयो । साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ । मनाङ...