मानव तस्करी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
पूर्णपुष्टि, चैत १ ।
मानव तस्करी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोजलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका–८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको थियो ।
फिरोज काठमाडौंमा घर बनाउने काममा संलग्न थिए । फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।...









