Friday, June 26News That Matters

Breaking News 2

१५  नं वडा बाँङगेमा आगलागी हुँदा राजेश राईको घर जलेर नष्ट

१५ नं वडा बाँङगेमा आगलागी हुँदा राजेश राईको घर जलेर नष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २९ त्रियुगा नगरपालिका १५ नं वडाबाङ्गेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चुल्होमा बालिएको आगो बाट आगलागी भएको स्थानीयले जनाएको छ । आगलागीमा २ झण्डै ३ लाख बराबरको क्षती पुगेको प्रहरीले जनाएको छ । शुक्रबार रातको करिब १० बजेतिर आगो लागि हँुदा अन्नपात तथा लत्ता कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाए । आगलागि पिडित राईलाई जाल्पाले राहत सहयोग गरेको छ । दैनिकीका लागि खाद्यन्न, दाल, तरकारी चिनी, नुन लगायतको समाग्री सहयोग गरेको छ ।...
मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु, एक घाइते

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु, एक घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २९ । मोरङको रंगेली नगरपालिका–२ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका ५ का ४१ वर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ वर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका हुन् । हिजो दिउसो साँढे २ बजे पुर्वबाट पश्चिम तर्फ जादैँ गरेको प्रदेश न.०१–०४–००१ प ७१६४ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनाबाट घाईते भएका बलरामको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते कुनालको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।...
नौ वर्षमा बनेन फोक्सिङ्टार पुल

नौ वर्षमा बनेन फोक्सिङ्टार पुल

Breaking News 2, समाचार
खोटाङ, फागुन २९ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको काम पछिल्लो समय थप गरिएको समयसीमाभित्र पनि सम्पन्न हुने छाँटकाँट छैन । जिल्लाबाट पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत पर्ने गरेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा छ वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यको करोडौँ रकम खर्च भइसकेको छ । अस्थायी रुपमा जडान गरिने फोक्सिङ्ट...
जग्गा ठगी प्रकरण ः वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात जना पक्राउ

जग्गा ठगी प्रकरण ः वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात जना पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २९ सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । वडाध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने ...
मन्त्री आलेद्वारा आर्थिक सहयोग

मन्त्री आलेद्वारा आर्थिक सहयोग

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २८ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि रु ३० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उहाँले डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि सो सहयोग प्रदान गर्नुभएको छ । यही फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहनुभएकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुग्नु भई उहाँको उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट रु १५ हजार प्रदान गर्नुभएको हो । यसैगरी खुट्टामा एक्टिनो माइकोसिस ९ढुसी० नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुग्नुभएका ४८ वर्षीय इन्द्रबहादुरलाई पनि उपचारका लागि मन्त्री आलेले रु १५ हजार आर्थिक सहयोग प...
चुहाडे भेटघाटकाे ब्याड्मिन्टनमा जेनिस र साेसनकाे जाेडि विजयी

चुहाडे भेटघाटकाे ब्याड्मिन्टनमा जेनिस र साेसनकाे जाेडि विजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २७ । भेटघाट कबर्डहल, चुहाडेकाे आयाेजनामा भएकाे ब्याड्मिन्टन प्रतियाेगिताकाे विजेता चाैदण्डिगढि नगरपालिकाका जेनिस मगर र साेसन पाैडेलकाे जाेडी बनेकाे छ । सिरहाका  गाेविन्द चाैधरी र दिपेश चाैधरी दाेस्राे भएका छन् । बिक्रमसिङ खड्का र कालुमान उराव तेस्राे भएका छन् । खुल्ला जुनियर डबल्स ब्यड्मिन्टन प्रतियाेगितामा १८ टिमले भाग लिएका थिए । प्रतियाेगिताका विजय टिमहरुलाई पुरस्कार, मेडल र ट्रफि प्रदान गरिएकाे थियाे ।...
गोरुले हानेर गम्भीर घाइते भएका राईको मृत्यु

गोरुले हानेर गम्भीर घाइते भएका राईको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २७ । गोरुले हानेर गम्भीर घाइते बनाएका एक जना पुरुषको उपचारकोे क्रममा ज्यान गएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राईको बुधवार राती ज्यान गएको हो । चराउन लगेको बेला गोरुले बुधवार बिहान हान्दा गम्भीर घाइते भएका राईको फेमिली केयर अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको थियो । मलका लागि आफन्भबाट ल्याएर पाल्न थालेको केही दिनपछि नै राईलाई गोरुले हानेको हो । गोरुको सिङले पेटको देब्रेतिर छेड्दा आन्द्रा बाहिर निस्केको आफन्तले बताएका छन् । घाइतेको बाहिर निस्केको आन्द्रालाई फेमिली केयर अस्पतालमा इमरजेन्सी अपरेसन गरेर पूर्ववत् अवस्थामा फर्काइए पनि बचाउ नसकिएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएका कारण छिमेकी तथा शुभेच्छुकले सहयोग उठाएर उपचार सुरु गरिएको थियो ।...
चुहाडे भेटघाटमा ब्याड्मिन्टन प्रतियोगिता

चुहाडे भेटघाटमा ब्याड्मिन्टन प्रतियोगिता

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि (उदयपुर), फागुन २७ । चुहाडे भेटघाट कवर्डहलमा हिजोबाट ब्याड्मिन्टन प्रतियोगिता सञ्चालन भइरहेको छ । आयोजक भेटघाट कवर्डहल तथा रेष्टुरेन्ट सञ्चालक बिक्रम खड्काका अनुसार खेलाडीहरुलाई खेल प्रतिभा प्रस्तुत गर्ने अवसरका लागि प्रतियोगिताको आयोजना गरिएको हो । खुल्ला जुनियर डबल्स ब्याड्मिन्टन प्रतियोगिता भएको हो । प्रतियोगितामा २० टिमले भाग लिएका छन् । प्रतियोगितामा उदयपुर र सिरहा जिल्लाको विभिन्न ठाउँका खेलाडीहरुले भाग लिएका छन् । पहिलो चरणदेखि क्वाटर फाईनलसम्मको खेल हिजो नै सम्पन्न भइसकेको प्रतियोगिताको फाईनल खेल आज बेलुकासम्ममा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजयी प्रथम, दोस्रो र तेस्रो स्थानका खेलाडी जोडीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । उदयपुरमा ब्याड्मिन्टन खेलको क्रेज बढेसंगै चुहाडेमा ब्यावसायिक ब्याड्मिन्टन खेलको सुरुवात स्वरुप बेलाबेला प्रतियोगिताको ...
‘घेरो’ अन्तर्राष्ट्रिय मञ्चमा

‘घेरो’ अन्तर्राष्ट्रिय मञ्चमा

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २६ गण्डकी प्रदेशमा प्रचलित प्राचीन संस्कृतिको बालन शैलीयुक्त मौलिकतासँगै नेपाली समाजमा विद्यमान अन्धविश्वासलाई प्रस्तुत गरिएको लोक नाटक हो ‘घेरो’ । इन्द्रेणी थिएटरद्वारा उत्पादित यस नाटकले नेपाली समाजमा विद्यमान अन्धविश्वासले पारिरहेको असरलाई जीवन्तरुपमा प्रस्तुत गरेको छ । नेपाली समाजमा लोपोन्मुख अवस्थामा पुगेको विशेषतःगण्डकी प्रदेशमा प्रचलित बालन शैलीलाई नाटकमा प्रस्तुत गरिएको नाटकका लेखक एवं इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो । “एउटा साधारण घटनाको गलत बुझाइले कतिसम्म नकारात्मक असर गर्दछ र समाजका खराब व्यक्तिले त्यसको कसरी फाइदा उठाउँछन् भन्ने विषय नाटकमा सजिलै देख्न र बुझ्न पाइन्छ”, उहाँले भन्नुभयो । बालन शैलीलाई प्रयोग गर्नुका साथै भजनबाट कथा वाचन गरिने गण्डकी प्रदेशको बोलीचाली तथा लवज नाटकका बलिया पक्ष रहेको उहाँले बताउनुभयो । युथ क्रियस...
ड्रागनखेतीमा बितेका पूर्वमन्त्री विष्टका दिन

ड्रागनखेतीमा बितेका पूर्वमन्त्री विष्टका दिन

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २७ पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तापुर्ता किसान हुनुहुन्छ । आफूलाई व्यासायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यासायिक खेती भित्र्याउनेमध्येका एक हुनुहुन्छ विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुनुहुन्छ । दुई चरणको ड्रागनको फल भित्र्याएर उहाँले आम्दानी लिइसक्नुभएको छ । विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उहाँ बताउनुहुन्छ । विष्ट भन्नुहुन्छ, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ ।” मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष...