Saturday, January 31News That Matters

Breaking News 2

मोरङमा गाँजा सहित एक वृद्ध पक्राउ

मोरङमा गाँजा सहित एक वृद्ध पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २२ मोरङ बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । हिजो दिउसो ११ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय आर.आई.टी समूहबाट खटिएको प्रहरी टोलीले उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरेको हो । सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।...
संखुवासभामा भयो एकै परिवारको ६ जनाको हत्या

संखुवासभामा भयो एकै परिवारको ६ जनाको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २१ संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको छ । हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । ‘तेजबहादुरका अन्दाजी ९० वर्षका बुवा ९२ वर्षीय बौद्ध कार्की भने घरभित्रै सकुशल फेला पर्नु भएको छ । मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । डिएसपी सुवेदीले गएराति हत्या भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको बताए । ‘राति नै हत्या भएको हुनसक्छ । बिहान भएको भए होहल्ला हुन्थ्यो, गाउँलेले थाहा पाउँथे होला,’ उनले भने, ‘हामी घटनाको अनुसन्धान गर्दैछौं ।’ अहिलेसम्म कोही पनि पक्राउ नपरेको उनले बताए ।...
पानीको खाल्डोमा डुबेर एक जनाको मृत्यु

पानीको खाल्डोमा डुबेर एक जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदै १८ मोरङ धनपालथान गाऊपालिका ७ कदमाहा का ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज दिउसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबी मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...