Thursday, June 25News That Matters

Breaking News 2

बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगेको आरोपमा २ जना पक्राउ

बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगेको आरोपमा २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ५ बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको अभियोगमा सप्तरीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको खडक नगरपालिका–९ लालपट्टीका ३२ वर्षीय रहमान मियाँ र रुबिना खातुनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । रुबिनाले गएको मङ्सिर ३ गते त्यही ठाउँकी समसुल मियाँका पत्नी गुलेसा खातुनलाई फोन गरी समसुलले बलात्कार गरेको र मुद्दा मिलाउन चार लाख रुपैयाँ नदिए मुद्दा हालेर जेल पठाउने धम्की दिएका थिए । रुबिनाले गएको मङ्सिर १० गते बार्गेनिङ गरी एक लाख रुपैयाँ ठगी गरेकी थिइन् । पीडित पक्षले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।...
लिम्चुङबुङमा गरिब तथा निम्न आय स्रोत भएकालाई बाँसको मुढा बनाउने ७ तालिम सुरु

लिम्चुङबुङमा गरिब तथा निम्न आय स्रोत भएकालाई बाँसको मुढा बनाउने ७ तालिम सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ४ उदयपुर जिल्लाकै पहाडी विकट पालिकाको रुपमा मानिने लिम्चुङबुङ गाउँपालिकामा बाँसको मुढा बनाउने सात दिने तालिम सुरु भएको छ । लिम्चुङबुङ गाउँपालिका उद्यम विकाश शाखाको आयोजनामा स्थानीय गरिब तथा विपन्न ६ जनालाई बाँसको मुढा बनाउने तालिम सुरु भएको हो । तालिम मंसिर २९ गतेदेखि नै सुरु भएको र पौष ६ गतेसम्म संचालन हुने छ । तालिममा सहभागी भइ सिप सिकेर जिविकोपाजर्न गर्न सहज हुने र सिकेको सीपलाई व्यवसायीक रुपमा नै अगाडि बढाउने उद्देश्य स्वरुप तालिम संचालन गरिएको उद्यम विकास शाखा प्रमुख हापेन्द्र भट्टराईले बताउनुभयो । उहाँका अनुसार दलित महिला पाँच जना र निम्न वर्गका विपन्न एक जना गरी ६ जना तालिममा सहभागी भएका छन् ।...
भिरबाट लडेर एकै परिवारको दुई जनाको मृत्यु

भिरबाट लडेर एकै परिवारको दुई जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ३ गुल्मीमा भिरबाट लडेर एकै परिवारको दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका –१ सिम्लेका २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियार श्रीमान–श्रीमती रहेका छन् ।माईती जाने क्रममा मुसिकोट नगरपालीका –१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । भिरबाट लडेर घाइते अवस्थामा रहेको भन्ने स्थानियले प्रहरि चौकिमा जानकारी दिएका थिए । जानकारी पाउन साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा खटिएको प्रहरि टोलिले उनिहरुलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए। दुवै जनाको शव गुल्मी अस्पतालमा राखिएको प्रहरिले जनाएको छ ।...
विचौलीया कार्यमा संलग्न ४ जना पक्राउ

विचौलीया कार्यमा संलग्न ४ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २ बिरानगर महा–नगरपालिका–७ स्थितबाट विचौलीयामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरानगर–१९ का ४६ बर्षिय विनोद राय, बिरानगर–५ का ६० बर्षिय रामा सुनुवार, ४५ बर्षिय दिलीप साह र बिरानगर–१२ का ३९ बर्षिय शिव कुमार कामत रहेका छन । आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफुहरुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई दु.ख हैरानी दिएको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।...
सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ३ जना घाईते

सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ३ जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १ सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् । मंसिर २९ गते दिउँसो साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका–६ स्थितमा प्रदेश १–०२–०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० वर्षीय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनाका रिषिदेवसहित मोटरसाईकल चालक भोक्राहा–८ का २१ वर्षीय सराज आलम, पछाडि सवार २३ वर्षीय ईरसाद आलम र महपुज आलम समेत घाईते भएका थिए । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पु¥याईएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे रिषिदेवको ज्यान गएको अस्पताले जनाएको छ । त्यसैगरी, मंसिर २९ गते राती पौने ८ बजे झापाको कन्काई नगरपालिका–७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र बिपरीत दिशाबाट आउदैँ गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल दुर्घटना भएको थियो ...
माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मोहन खत्रीको पनि दावी

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मोहन खत्रीको पनि दावी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १ माओवादी केन्द्र प्रदेश १ मा हाल सम्म नेतृत्वको टुँगो लाग्न सकेको छैन् । अध्यक्षको लागि दावेदार रहेको तिनै जना सहमतिको बाटोमा नरहेपछि कार्यदलै गठन समेत गरिएको थियो । हिजो दावी रहेका नेताहरुले दाबी छाडे सँगै उदयपुरका नेता तथा प्रदेश सदस्य मोहन बहादुर खत्री हेनरीले प्रदेश अध्यक्षमा आफ्नो पनि दावी रहेको जनाएको छ । खत्रीले आफ्नो अध्यक्षमा दाबी रहेको कुरा फेसबुक स्टाटस मार्फत जनाएको छ । उनले लेखेका छन, नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ को प्रथम अधिबेशनको पदाधिकारी चयन सम्बन्धि छलफलको क्रममा हिजो दाबी गरिरहनु भएका केन्द्रीय सदस्य कमरेडहरुले दाबी छोडेको अबस्थामा मेरो पनि अध्यक्ष पदको लागी दाबी रहेको छ। अब हामीले दाबी किन नगर्ने यो प्रदेशमा सिनियर क्याडर पनि हौ। जनयुद्धको प्रारम्भ देखि नै पुर्णकालिन भएर इतिहासले दिएको जिम्मेवारी निरन्तर पार्टीको अग्र मोर्चामा नै रहेर...
ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २९ ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मिक्वाखोला गाँपालिका–४ लप्सीबाटेमा दुर्घटना हुँदा बर्दिया राजपुर नगरपालिका–६ का २६ वर्षीय राजु राजवंशीको ज्यान गएको हो । आज बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर आमबोटे भिरबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर दुर्घटनामा परी राजवंशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको छ ।...
उदयपुरबाट लागुुऔषध मुद्दामा फरार रहेका पंजियार ४ वर्षपछि पक्राउ

उदयपुरबाट लागुुऔषध मुद्दामा फरार रहेका पंजियार ४ वर्षपछि पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २८ लागुऔषध मुद्दामा उदयपुरबाट फरार रहेका फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेको छ । सिरहा मिर्चैया नगरपालिका–६ बस्ने ३२ वर्षीय रोशन भन्ने सरोज पंजियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलिले पक्राउ गरको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना असुल उपर गर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत सोमबार मिर्चैया नगरपालिका–६ कटारी चोकबाट बिशेष सुचनाको आधारमा पंजियारलाई नियन्त्रमा लिइएको हो । पंजियारलाई लागुऔषध मुद्दामा उदयपुर जिल्ला अदालतले २०७४।०२।३० गते दुई बर्ष कैद र एक लाख रुपैया जरीवाना फैसला भएको थियो । ४ वर्ष सम्म फरार रहेका पंजियारलाई पक्राउ गरी उदयपुर जिल्ला अदालतमा आवश्यक कार्बाहीको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले बताउनुभयो ।...
व्यवसायीसँग बार्गेनिङ गरेको अभियोगमा नेपाल प्रहरीका एक सई पक्राउ

व्यवसायीसँग बार्गेनिङ गरेको अभियोगमा नेपाल प्रहरीका एक सई पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २८ व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौंबाट नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत विष्णु ढुंगाना ठगी गरेको अभियोगमा पक्राउ परेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार सम्पत्ति शुद्धीकरण विभागमा भएको मुद्दा मिलाइदिन भन्दै ढुंगानाले बार्गेनिङ गरेको उजुरी प्रहरीमा पुगेको थियो । उजुरीका आधारमा छानविन गर्दा ढुंगानाको संलग्नता देखिएपछि अपराधिक लाभ सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार पीडितले आफूलाई निजामतीतर्फको अनुसन्धान अधिकृत बताउने अर्का एक व्यक्तिले पनि आफूसँग बार्गेनिङ गरेको बताएका छन् । तर उनको परिचय खुलेको छैन । ढुंगानाले ती व्यवसायीसँग आफू विभागमा कार्यरत प्रहरी निरीक्षक भएको परिचय दिएका थिए । उनीहरुले ...
लागु औषध सहित ३ जना पक्राउ

लागु औषध सहित ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २८ मोरङको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ३ जना पक्राउ परेको छ । भारतबाट नेपाल आउदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे बिराटनगर महानगरपालिका(१६ हुलास चौक ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप(महानगरपालिका(४ का २२ बर्षिय सन्तोष भुजेललाई लागुऔषाध सहित पक्राउ गरेको छ । उनको साथ बाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो । यस्तै गरी सोमवार राती ६ बजे बिराटनगर महानगरपालिका(१७ मटेरुवाचोक सुनसरी बाट पनि धरान उप(महानगरपालिका(१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । त्यसैगरी सोमवार साँझ नै ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय  बिराटनगरबाट खटिएको प्रहरी टोलिले...