Thursday, June 25News That Matters

Breaking News 2

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार भएपछि…….

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार भएपछि…….

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ९ कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भोगिरहेका एक कैदी प्रहरीकै मोटरसाइकल चढेर फरार भएको छ । दाङको घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेको हो । घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशंका छ । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाई थु...
बाख्रा पालन र व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न

बाख्रा पालन र व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ८ उदयपुरगढी गाउँपालिका–७ मा बाख्रा पालन तथा व्यवस्थापना सम्बन्धित तीन दिने सम्पन्न भएको छ । पशु पंक्षी विकास शाखाको सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तीन दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको हो । तालिममा पालिकाका ४१ जना कृषकहरुको सहभागिता रहेको थियो । बाख्राको उन्नत जात, बाख्रामा लाग्ने रोगहरु साथै जोखिम न्यूनीकरणको लागि पशुपंक्षीको विमा लगायतको विषयमा स्पष्ट पारिएको र खोर मर्मत बारे पनि जानकारी दिइएको शाखा प्रमुख शेखर कार्कीले बताउनुभयो । गत वर्ष पनि कृषकको लागत सहभागीतामा बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धी तालिम, खोर निर्माण तथा मर्मत, दुई वटा बोयर बोका खरिद गरि समूहमा हस्तान्तर, दुई वटा च्यापकटर खरिद गरि समूहमा हस्तान्तरण, औजार उपकरण तथा औषधि खरिद लगायतको कार्यक्रम सञ्चालन गरिएको थियो ।...
अदालतबाट लाखौ जरिवाना तोकिएका बन मुद्दाका ६ र लागु औषधका १ जना पक्राउ

अदालतबाट लाखौ जरिवाना तोकिएका बन मुद्दाका ६ र लागु औषधका १ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि (उदयपुर), पुस ८ । अदालतबाट दोषी फैसला भइ फरार अवस्थामा रहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले हिजो घरबाटै पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ६ जना बन कसुर र १ जना लागुऔषध सम्बन्धीको कसुरका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले जानकारी दिनुभयो । उहाँ अनुसार बन कसुरमा उदयपुर जिल्ला अदालतबाट दोषी फैसला भइ कैद तथा जरिवाना तोकेका छ जना विशेष सुचनाको आधारमा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका २ खैजनपुरका २० वर्षिय दिलिप चौधरी, ३३ वर्षिय राजिन चौधरी, २२ वर्षिय बिरेन चौधरी, ३५ वर्षिया रिता चौधरी, ३२ वर्षिया पवित्रा चौधरी र ३४ वर्षिया दुर्गा चौधरी रहेका छन् । घरैबाट हिजो पक्राउ परेका दिलिप, राजिन, बिरेन, रीता, पवित्रा, र दुर्गा सबैलाई जनही १ लाख ३६ हजार ६६७ रुपैयाका दरले जरिवाना तोकिएको छ । छ जनाबाट कुल ...
एमसीसी अमेरीका–चिन बिच युद्ध मैदानको रणनीति  : माओवादी मजदुर

एमसीसी अमेरीका–चिन बिच युद्ध मैदानको रणनीति : माओवादी मजदुर

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष ७ माओवादी मजदुर पार्टी केन्द्रीय तदर्थ समितिले एमसीसी सड्यन्त्रकारी एजेन्डा रहेको जनाएको छ । नेपाली जनताहरुको हित विपरित सम्झौताको प्रयास रहेको एमसीसी प्रति माओवादी मजदुर पार्टीले पूर्ण बिरोध गर्दै आएको जनाए । उनिहरुले नेपालमा एमसीसी युद्ध मैदानको रुपमा परिणत हुने समेत संकेत गरेको छ । पार्टीको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ, नेपाल जस्तो स्वतन्त्र र असल देशमा एमसीसी जस्तो हस्तक्षेप र राष्ट्रघातको सँधै बिरोध गर्नेछौँ । पार्टीले एमसीसीलाई अमेरीकाको राष्ट्रघाट षड्यन्त्रकारी रणनैतिकको आरोप समेत लगाएको छ । पार्टी केन्द्रीय माहासचिव हिमाल सिंह राईको हस्ताक्षर बिज्ञाप्तीमा एमसीसी ख्यारेजको माग गर्दै राष्ट्र रक्षाको लागि एमसीसी बिरुद्ध पार्टी संघर्षमा उत्रिने चेतावनी दिँदै सरकारलाई चुनौती समेत दिएको छ ।...
त्रियुगाको १२ नम्बर वडामा महिलालाई ५ दिने उद्घोषण तालिम

त्रियुगाको १२ नम्बर वडामा महिलालाई ५ दिने उद्घोषण तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ७ उदयपुरको त्रियुगा नगरपालिका–१२ ले महिलाहरुको कला र गलाको क्षमता अभिबृद्धी गर्ने उदेश्यले पाँच दिने उद्घोषण तालिम आयोजना गरेको छ । व्यवहारिक ज्ञानमा मात्र सिमित रहेका महिलाहरुलाई सभासम्मेलनमा निर्धक्कसँग बोल्ने क्षमताको विकास गर्ने गरी तालिमको आयोजना गरिएको हो । तालिमको उट्घाटन गर्दै उपमेयर देवीकुमारी चौधरीले अवसर पाए महिलाहरु कमजोर नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सवल महिला नेतृत्व उत्पादनका लागि नगरपालिकाले आफ्ना मातहतका युनिटबाट निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ त्यसैले महिला अव कमजोर छैनन् ।’ विगतका घटनाक्रमलाई स्मरण गर्दै उहाँले भन्नुभयो, ‘हिजो माईकमा बोल्नु त के उभिनसमेत डराउँथ्यौ तर अहिले त्यसले कोल्टो फेरेको छ, यस्ता लक्षित कार्यक्रम र अभियानले जुझारु र सवल नेतृत्व उत्पादन गरेको छ ।’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले महिलाको...
महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा पुजारी र २ धामी पक्राउ

महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा पुजारी र २ धामी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ७ सुर्खेतमा महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा एक पुजारी र दुई धामीसहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर–७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ मिलन ज्ञवाली महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् । लेकवेशी नगरपालिका–४ दशरथपुरमा ज्ञवाली परिवारको कुल पूजामा आएकी बाँके खजुराकी एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रमा लिएको हो । उनीहरुलाई सामाजिक अपराध गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ । यद्यपि पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन । पुष ४ गतेका दिन ती महिला आफ्नो कुल पुजा मान्न माइती आएकी थिइन् । सोही क्रममा धामी पुजारीहरुले उनीमाथि ...
गाईघाटमा यी चार पार्टीले गरे एमसीसीको बिरोध

गाईघाटमा यी चार पार्टीले गरे एमसीसीको बिरोध

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष ७ सरकारले पछिल्लो समय एमसीसीलाई तिव्रता दिएको भन्दै गाईघाटमा मंगलबार चार ओटा पार्टीले विरोध गरेको छ । नेकपा मसाल, नेकपा माले, बैज्ञानिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीले एमसीसी विरुद्ध आन्दोलन गरेका हुन् । उनिहरुले राष्ट्रघाती एमसीसी ख्यारेज गर्न माग राख्दै प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा एमसीसीले नेपाली जनताहरुलाई नर्कमा लैजाने र स्वतन्त्रता बाट बन्चीत गर्दै विदेशीहरुलाई हस्तक्षेपको अवसर दिने भन्दै जनताहरुलाई सचेत हुन सुझाएको छ । उनिहरुले एमसीसीलाई राष्ट्रघातीको आरोप लगाउँदै ख्यारेज गर्न माग राखे । प्रदर्शनमा राष्ट्रघाती एमसीसी ख्यारेज गर, राष्ट्रिय स्वाधिनताको बिरोध गरौँ भन्दा नारावाजी गरे । एमसीसी ख्यारेज नभए आफ्नो आन्दोलनहरु थप बढेर जाने चेतावनी दिएको छ ।...
बन मुद्धाका फरार प्रतिवादी उदयपुरगढीका ५८ बर्षिय खड्का ४ बर्ष पछि फक्राउ

बन मुद्धाका फरार प्रतिवादी उदयपुरगढीका ५८ बर्षिय खड्का ४ बर्ष पछि फक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ७ बन मुद्धामा फरार रहेका उदयपुरगढी भमरेका ५८ बर्षिय भक्त बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । बिभिन्न मितिमा फैसाला भई कैद तथा जरिवाना सुनाएको खड्कालाई प्रहरीले ४ बर्ष पछि पक्राउ गरेको हो । खड्कालाई २०७४/११/१५ गतेको फैसालाले १ महिना कैद र ३५ लाख जरिवाना तोकेको थियो । तर खड्काले जरिवाना तथा जेल भुक्तान गर्नुका सट्टा फरार अवस्थामा लुकिछिपि वस्दै आईरहेका थिए । उनलाई बिषेश सूचनाको आधार प्रहरीले घर नजिकैको वतन बाट पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख एसपी सुवासचन्द्र वोहोराले जानकारी दिए । खड्कालाई पूनः कार्वाहीको लागि अदालत पठाईएको एसपी बोहोराले बताए ।  ...
लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ६ मोरङको मिक्लाजुङ गाउँपालिका–६ बाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेको छ । मिक्लाजुङ–६ का २६ वर्षीय बिक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित उनी पक्राउ परेको हो । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले लावतीलाई पक्राउ गरेको थियो । पक्राउ परेका लावतिलाई नापतौल गर्ने यन्त्र १ थान, को.३२प ७६०२ नम्बरको मोटरसाईकल १ थान, मोवायल १ थान, नगद ५ हजार २५ रुपैयाँसहित नियन्त्रणमा लिईएको छ । पक्राउ परेका लावती माथि इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान भईरहको छ ।...
ट्राफिक सप्ताहको दोस्रो दिन उदयपुरमा विद्यार्थी संयमसेवक सहित पर्चा पम्पप्लेट वितरण तथा सचेतना

ट्राफिक सप्ताहको दोस्रो दिन उदयपुरमा विद्यार्थी संयमसेवक सहित पर्चा पम्पप्लेट वितरण तथा सचेतना

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ५ ट्राफिक सप्ताहको क्रममा दोस्रोदिन उदयपुरको बिभिन्न सहर सँगै गाईघाट बजारमा विद्यार्थी संयमसेवकको टोली सहित पर्चा वितरण तथा सचेत कार्याक्रमरु गरिएको छ । जिल्लाको कटारी, बेल्टार रामपुर लगायतको बिभिन्न स्थानहरुमा विद्यार्थीहरुलाई संयमसेवको रुपमा खटाई पर्चा वितरण तथा सचेतनाको कार्यक्रमहरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका ईन्चार्ज लिला कुमार श्रैष्ठले बताउनुभयो । कार्यक्रममा अत्यादिक भिँडभाँड र असहज स्थानमा जेब्रा क्रसिङ पनि निर्माण गरिएको छ । हिजो बाट प्रदेश नं १ भरीनै ट्राफिक सप्ताह सुरु गरिएको छ । उदयपुरमा पनि बिधिगत रुपमा कार्यक्रमको उद्घाट सँगै सप्ताहलाई निरन्तरता दिने कार्यक्रम रहेको छ । भोली तेस्रो दिन माहानगर तथा नरपालिका बजार भित्र रहेको पुटपाथहरु, ट्राफिक चिन्ह, र जथाभावि राखिएको सामानहरु हटाईनेछ, त्यसैगरी चौँथो दिन बसपार्क नजिकै रहेको त्रियुगा ...