Thursday, June 25News That Matters

Breaking News 2

ट्रयाक्टरले किचि चालकको मृत्यु

ट्रयाक्टरले किचि चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १४ झापाको झापा गाउँपालिका–४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किचि चालकको मृत्यू भएको छ । मृत्यु हुनेमा चालक झापा गाउँपालिका–४ का २२ बर्षिय सुनिल हेमरन रहेका छन् । मंगलबार दिउँसो २ बजे मे.१ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टि दुर्घटना हुँदा चालकलाई ट्रयाक्टरको ईन्जिनले किच्दा निजको घटनास्थममै मृत्यू भएको हो । मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाईएको प्रहरिले जनाएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।...
चौदण्डीगढी १ नं वडाको सबै वस्तीहरुमा बत्ति पुराउन २ करोड ५७ लाख बजेट बिनियोजन

चौदण्डीगढी १ नं वडाको सबै वस्तीहरुमा बत्ति पुराउन २ करोड ५७ लाख बजेट बिनियोजन

Breaking News 2
पूर्णपुष्टि, पुष १२ चौदण्डीगढी नगरपालिकाको १ नं वडामा रहेको अधुर बत्तिको काम अब चाँडै सबै सम्पन्न हुने भएको छ । वडा भित्र पर्ने ११ ओटा भन्दा बढी गाउँवस्तिहरुमा अब तत्कालै बत्ति पुग्ने गरी बजेट बिनियोजन भएको स्थानीय जिवन राईले जानकारी दिए । राईका अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्री डा. नारायण खड्का, चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राई र १ नं वडा अध्यक्ष रोहित मान तामाङको पल प्रयासमा बजेट बिनियोजन भएको जनाएको छ । उनिहरुले बत्तिको अधुरो कामलाई पूर्णता दिन र आवश्यक सामाग्री तथा निर्माण गर्न नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरेका थिए । अनुरोधको क्रममा वडाले आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु र बत्तिको नयाँ काम थालनिका लागि प्राधिकरणलाई टिप्पणी तथा आदेश पठाएका थिए । वडाको केहि वस्तीहरुमा मात्रै हाल बत्ति पुगेको अवस्थामा अब भने सबै वस्तीहरुमा बत्तिको...
प्रविधिमा छलाङ मारेको एनएमबी बैँकको दाबी, अब विदेश बाटै पनि खाता खोल्न सकिने

प्रविधिमा छलाङ मारेको एनएमबी बैँकको दाबी, अब विदेश बाटै पनि खाता खोल्न सकिने

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष १३ आफुहरु अन्य बैँकहरु भन्दा बढी प्रविधिमय रहेको एनएमवी बैँकले दावी गरेको छ । ग्राहकहरुलाई सहज र छिटोका लागि प्रविधिलाई जोडेर प्रविधिमय बनेको जनाएको छ । एनएमवी बैँकका १ नं प्रदेश प्रमुख उत्सव घिमिरेले मंगलबार गाईघाटमा पत्रकारहरु सँगको भेटघाटमा पछिल्लो समय सहज र छिटोका लागि प्रविधिमा खेल्न सक्नु पर्ने भन्दै एनएमवी बैँक त्यो प्रविधिमा उत्कृष्ट रहेको जनाए । घिमिरेले पछिल्लो समय बिदेशमा रहेको नेपालीहरुले समेत एनएमवीमा अनलाईन फर्म मार्फत खाता खोल्न सकिने जनाएको छ । बिदेश बाट पैसा पठाउँन नेपालीहरुले बिभिन्न समस्या खेप्दै आएको र गैरकानुनी रुपमा हुण्डी लगायत माध्यम बाट पैसा पठाउँदा ठगिने जस्ता क्रियाकलापहरुलाई मध्येनजर गर्दै ग्राहकहरुको विश्वासनियतामा एनएमवी पछिल्लो समय जोडिएको घिमिरेले बताए । एनएमवी बैँकलाई ग्राहक सम्म पुग्नु एटिएम, डेविट कार्ड, क्रेटिट कार्ड, क्युआर कोर्...
सिरहामा दुई दिन निषेधाज्ञा जारी

सिरहामा दुई दिन निषेधाज्ञा जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १३ सिरहामा जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै दुई दिनको लागि निषेधाज्ञा जारी गरिएको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिन पुष १३ र १४ गते निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज –पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कबारीले सूचना जारी गर्दै बताएका छन् । तोकिएको क्षेत्रमा कुन...
ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकमा देखियो उच्च रक्तचाप

ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकमा देखियो उच्च रक्तचाप

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १२ ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकहरुको उच्च रक्तचाप (ब्लड प्रेसर हाइ) देखिएको छ । सप्ताह कार्यक्रम अन्तर्गत आइतबार ५० जना चालकहरुको स्वस्थ्य परिक्षण गरिएको मध्ये २६ जनामा उच्च रक्तचाप देखिएको थियो । यो परिक्षण संख्याको ५१ प्रतिशत रहेको छ । जिल्लाको सदरमुकाम गाईघाटदेखि सञ्चालन हुने साना तथा ठूला सवारी साधनका चालक र सहचालकसमेतको स्वस्थ्य परिक्षणको क्रममा अधिकांश चालकहरुमा उच्च रक्तचाप देखिएको हो । विभिन्न ठाउँको गन्तब्यमा हिडेका चालकहरुमा तनावका कारण उच्च रक्तचापको समस्या देखिएको जिल्ला ट्राफिक इन्चार्ज लिलाकुमार श्रेष्ठले बताउनुभयो । परिक्षणमा उच्च रक्तचाप देखिएका चालक तथा सहचालकहरुलाई तनावमा नहिड्न, समयमा खान, आराम गर्न सुझाव दिइएको थियो । रक्तचाँप ठीक बनाउने खानपिनमा ध्यान दिनुका साथै आवश्यकता अनुसार औषधिसेवन गर्नसमेत सुझाइएको छ...
बिराटनगरमा ए.टि.एम. मेसिन तोडफोड गरेको अभियोगमा एक युवक पक्राउ

बिराटनगरमा ए.टि.एम. मेसिन तोडफोड गरेको अभियोगमा एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १२ मोरङको बिराटनगर महानगरपालिका–३ कंचनबारी स्थितबा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक जना पक्राउ परेको छ । जिल्लाको रतुवामाई नगरपालिका–५ का २१ वर्षीय पारस कालिकोटेलाई एटिएम मेसिन तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । आईतबार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको थियो । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।...
उदयपुरको चौदण्डीमा सवारी दुर्घटना, मोटरसाईकल चालक चौधरीको मृत्यु

उदयपुरको चौदण्डीमा सवारी दुर्घटना, मोटरसाईकल चालक चौधरीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ११ उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर स्थितमा टिपर संग ठक्कर लाग्दा मोटरसाईकल चालकको ज्यान गएको छ । त्रियुगा नगरपालिका–१ जोगीदहका २५ वर्षीय गंगाराम चौधरीको टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो । बिहान ९ बजे चौदण्डीगढी–५ भित्रि सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिपरलाई स.१० प ८७९८ नम्बरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठक्कर लागि दुर्घटना भएको थियो । सोही मोटरसाईकल पछाडि सवार चौधरीको श्रीमती २४ वर्षीया संगिता चौधरी समेत घाईते भएकिमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ । उक्त टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका–८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।...
उदयपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट निर्माण, विरामी कक्षसम्म पाईपलाईनबाटै अक्सिजन, दैनिक १५ सिलिण्डर भण्डारण

उदयपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट निर्माण, विरामी कक्षसम्म पाईपलाईनबाटै अक्सिजन, दैनिक १५ सिलिण्डर भण्डारण

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि (उदयपुर) पुस ११ उदयपुर जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि आप्mनो लागि आवश्यक अक्सिजन आफै उत्पादन गर्नसक्ने भएको छ । अव अस्पतालले अक्सिजनका लागि बाहिर कुदिहिड्नु पर्ने बाध्यता टरेको छ । अस्पतालले एकमहिना अघि अक्सिजन प्लान्ट निर्माण गरेपछि यो बाध्यता टरेको हो । अस्पतालका डा. जीवनारायण मण्डलका अनुसार अस्पताल आफैले अक्सिजन प्लान्ट निर्माण गरेको छ । विरामी कक्षमा पाईपलाईन विस्तारसहितको अक्सिजन प्लान्ट निर्माण भएको हो । उपचारकक्षमा पाईपलाईनबाटै आवश्यकता अनुसार अक्सिन पुगेको छ । योसंगै छुट्टै अक्सिजन शिलिण्डरहरु भर्न मिल्छ । प्लान्टमा दैनिक १५ वटा सिलिण्डर भरेर भण्डारण गरिदै आएको छ । हाल ५५ शिलिण्डर ठुलो र १२ वटा साना शिलिण्डर भरेर भण्डारण गरिएका छन् । प्लान्टबाट विरामी कक्षमा सिधै गएको अक्सिजन पाईपलाईन विद्युतका कारण बन्द भएमा तत्कालै सिलिण्डर जोडेर सुचारु गर्न सकि...
लिम्चुङबुङ गाउँपालिकाद्धारा इसाई धर्मलम्वीहरुलाई शुभकामना

लिम्चुङबुङ गाउँपालिकाद्धारा इसाई धर्मलम्वीहरुलाई शुभकामना

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १० उयदपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाले क्रिसमस डे, को अवसरमा इसाई धर्मलम्वी ख्रिस्टियनहरुलाई शुभकामना व्यक्त गरेको छ । पालिकाले पत्र मार्फत पालिकामा रहेका इसाई धर्मलम्वी सामुदायहरुमा बिषेश शुभकामना दिँदै अन्तरपालिका तथा देश विदेशमा रहेका सम्प्पूर्ण ख्रिस्टियनहरुलाई क्रिसमस डेको शुभकामना व्यक्त गरेको हो । पालिका अध्यक्ष मेजर कुमार राईको हस्तक्षर पत्रमा गाउँपालिकाको तर्फबाट सम्पूर्ण ईसाई धर्मलम्वीहरुलाई शुभकामना व्यक्त गरेको उल्लेख गरिएको छ । पालिकाले पत्रमा लेखेका छन्” इसाई धर्मलम्वीहरुको माहान पर्व क्रिसमस डे, २०७८ को अवसरमा सम्पूर्ण लिम्चुङबुङ गाउँपालिका भित्र रहनु भएका इसाई धर्मलम्वीहरुमा समृद्धि सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ । यस पर्वले पालिकावासीहरु बिच बन्धुत्व, आपसी प्रेम र एकताको भावना उजागर हुन प्रेरणा प्रदान गर्ने समेत पालिका...
कटारीमा बाल विवाह न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु

कटारीमा बाल विवाह न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष ९ उदयपुरको कटारी नगरपालिकामा बाल विवाह न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु भएको छ । नगरपालिकाले उपमेयर भिम कुमारी राउतको नेतृत्वमा माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बाल विवाह न्युनिकरण सम्बन्धि स्टिकर वितरण गर्ने अभियान सुरु गरिएको हो । इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा गत सोमवारदेखि उपमेयर राउतले नगर क्षेत्रको माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सचेतनामुलक स्टिकर वितरण गर्नु भएको थियो । नगर भित्र बाल विवाहको दरमा कमी नआएपछि अभियानकै रुपमा नमुना कामको सुरुवात गरेको उपमेयर राउतले बताउनुभयो । बाल विवाहको न्युनिकरणका लागि विभिन्न कार्यक्रम अन्तर्गत पहिलो चरणमा विद्यार्थीहरुलाई स्टिकर वितरण तथा सचेतनामूलक पर्चा टाँस गर्ने कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । उपमेयर राउतका अनुसार सार्वजानिक स्थानहरुमा होडिङ बोर्ड निर्माण गर्ने तथा अन्य कार्यक्रमहरु सञ्...