Thursday, June 25News That Matters

Breaking News 2

चिसोले कठ्याङ्रिएर दुई जनाको मृत्यु

चिसोले कठ्याङ्रिएर दुई जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २१ चिसो र सितलहरका कारण कठ्याङ्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो समय चिसो सँगै सितलहर बढेपछि बिभिन्न ठाउँहरुमा जनजिवन प्रभावितको अवस्था सिर्जना भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका(४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् । यादवको चिसोका कारण अवस्था नाजुक भएपछि उपचारको क्रममा हस्पिटलमै मृत्यु भएको हो । उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने ठाकुरको उपचारका लागि अस्पताल लैजान नपा...
उदयपुरको हडियामा मन्त्री हिमाल कार्कीद्धारा विद्यालय भवन उद्घाटन सँगै शिलान्यास

उदयपुरको हडियामा मन्त्री हिमाल कार्कीद्धारा विद्यालय भवन उद्घाटन सँगै शिलान्यास

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २० उदयपुरको चौदण्डीगढी नगरपालिका–९ को हडियामा नवनिर्मित जनता नमुना माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । सोमबार करिब ७४ लाख ३६ हजार लागतमा निर्मित ६ कोठे भवनको एक कार्यक्रमका बिच प्रदेश १ का भौतिक पुर्वाधार बिकास मन्त्री हिमाल कार्कीद्धारा शिलान्यास गरिएको हो । कार्कीले अर्को एक भवनको समेत उद्घाटन गर्नुभएको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत आउने बजेट मार्फत उक्त विद्यालयमा अहिले सम्म तीन वटा भवन निर्माण भई सकेका छन । कक्षा १ देखी १० सम्म अंग्रेजी माध्यमबाट समेत अध्ययन हुने जनता नमुना माविमा हाल ९ सय २५ जना विद्यार्थी अध्ययनरत रहेका छन । पञ्चबर्षे योजना अन्तर्गतको नमुना विद्यालय कार्यक्रम मार्फत हरेक वर्ष भौतिक तर्फ बजेट प्राप्त हुने नमुना मावि हडियाले जनाएको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत प्राप्त रकमबाट विद्यालयले कम्प्युटर ल्याव, स्मार्ट टिचिङको ...
उदयपुरको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि, सबै कर्मचारीलाई विदाई

उदयपुरको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि, सबै कर्मचारीलाई विदाई

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २० उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार नजिक सातधारेमा स्थापना भएको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बिदाई गरिएको छ । जिल्लाको एक मात्र ‘उदयपुर कोभिड–१९ अस्पताल’ पछिल्लो समय अस्पतालमा भर्ना भएका सबै बिरामी निको भएर डिस्चार्ज भइसकेको र नयाँ पनि भर्ना नभएपछि सबै स्वास्थ्यकर्मी तथा कार्यरत कर्मचारीहरुलाई एकैपटक बिदा गरिएको हो । कोरोना अस्पताल झण्डै वर्षदिनपछि पूर्ण रुपमा कोरोनाको बिरामीरहित भएको छ । आइतबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरी कोभिड महामारीको समय ज्यान जोखिममा पारेर बिरामीको सेवामा तल्लीन रहेका स्वास्थ्यकर्मीहरुलाई सम्मानसहित बिदाई गरिएको थियो । जिल्लामा कोरोना महामारीको संक्रमण बढेसँगै आठवटै पालिकाबाट आर्थिक संकलन गरी अस्पताल स्थापना गरिएको थियो । जसमा प्रदेश सरकारले समेत आर्थिक विनियोजना गरेको थियो ।...
बौलाएको आशंका गरिएको कुकुरले दुई विद्यार्थी टोक्यो, नियन्त्रण गर्न स्थानीयको माग

बौलाएको आशंका गरिएको कुकुरले दुई विद्यार्थी टोक्यो, नियन्त्रण गर्न स्थानीयको माग

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि (उदयपुर), पुस २० । केही दिनयता छाडारुपमा डुलिहिड्ने कुकुरले उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित सुपरसेन ऐकेडेमी बोर्डिङ स्कुलमा पढ्ने दुई वालकलाई आज टोकेको छ । केही दिनयता गाउँमा अन्य मानिसहरुसमेतलाई सो कुुकुरले टोकेको स्थानीयले बताएका छन् । बोर्डिङ पढ्न गएका बालकहरु १२ वर्षिय सायल खत्री र ५ वर्षिय सुसिल बस्नेतलाई कुकुरले टोकेको हो । उनीहरुलाई उपचारका लागि उदयपुर अस्पताल लगिएको सायलका बुवा सम्बरबहादुर खत्रीले बताए । सो कुकुर बौलाएको आशंका गरिएको छ । कुकुरका कारण सो वडाको खाटमन्दिर गाउँ र आसपासका क्षेत्र आतंकित बनेको छ । सो कुकुर बौलाएको भएमा अन्य कुकुरहरुलाईसमेत टोकेर रोग सारेको हुनसक्ने आशंका छ । तत्काल कुकुर नियन्त्रणको माग स्थानीयको छ । कुकुरलाई मारेर हुन्छ वा समातेर नियन्त्रण गर्न माग उनीहरुको छ । कुकुर छाडै रहेमा अन्य मानिसलाई टोक्ने जोखिम रहेको छ ।...
अपाङग विकास संघ उदयपुरको अध्यक्षमा सिता पौडेल

अपाङग विकास संघ उदयपुरको अध्यक्षमा सिता पौडेल

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १९ अपाङग विकास संघ उदयपुरको अध्यक्षमा सिता पौडेल निर्वाचित भएकी छिन् । उनि शारिरक अपाङगको कोटा बाट अध्यक्ष बनेकी हुन् । अध्यक्षको टुंगो लागे सँगै अपाङ्ग विकास संघ उदयपुरको संशोधित विधान २०७२ अनुसार पौडेलको अध्यक्षतामा गठित कार्यसमितिको पहिलो वैठकले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवको पद टुङ्गो लगाउने छ । हाललाई अध्यक्ष मात्र छानिएको कमिटीले जनाएको छ । समितिमा शारीरिक अपाङ्गताको कोटाबाट डम्वर दनुवार, चेतबहादुर खड्का, अम्विका भट्टराईलाई सदस्यमा चयन गरिएको छ । यता बहिराबाट सन्दिप राई, शोभा ढुङ्गाना, दृष्टि सम्वन्धी अपाङ्गताबाट आशा राई र सपना चौधरी, अति अशक्तबाट बुद्ध श्रेष्ठ बौद्धिक अपाङ्गताबाट रुपक पोखरेल र एकजना अति अशक्तको महिला कोटा खाली रहेको छ । ११ जनाको कार्य समितिमा हाल अध्यक्ष सहित १० सदस्यको समिति गठन भएको छ । संघले बिभिन्न क्षेत्रहरुलाई समेटेर समिति निर्माण ...
जेलमा रहेका रेशम चौधरीले आफ्नै श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै

जेलमा रहेका रेशम चौधरीले आफ्नै श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १९ जेलमा रहेका रेशम चौधरीले आफ्नै श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्ने भएका छन् । डिल्लीबजार कारागारमा रहेका सांसद चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन् । आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्ने भएका छन् । रञ्जिताका अनुसार नागरिक उन्मुक्ति पार्टीको प्रस्तावित अध्यक्ष उनी छिन् । उहाँका अनुसार श्रीमानको नाममा पार्टी दर्ता गर्ने योजना रहेको छ, श्रीमानको नाममा नभए आफ्नै अध्यक्षतामा पार्टी दर्ता गर्न लागिएको हो । नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोगमा जाँदैछ । डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेका थिए । उनले आइतबार कारागार व्यवस्थापन विभाग र निर...
पेस्तोल र लागूऔषधसहित एकजना पक्राउ

पेस्तोल र लागूऔषधसहित एकजना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १९ सशस्त्र प्रहरीले पेस्तोल र लागूऔषधसहित महोत्तरीबाट एक जनालाई पक्राउ गरेको छ । जिल्लाको लोहरपट्टी नगरपालिका बस्ने २४ वर्षीय मोहम्मद राजा कवाडीलाई लोहरपट्टी–९ पिपराडी ईलाकाबाट आइतबार साँझ पक्राउ परेको हो । उनको साथबाट अमेरिकन पेस्तोल र नाईट्रोभेट १० पिससमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल खुट्टा पिपराडी बेसको सशस्त्र प्रहरी नायब निरीक्षक निलहरी दहाल नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी महोत्तरीका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिनुभयो । पक्राउ कवाडीलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।...
राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा घोर भर्त्सना

राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा घोर भर्त्सना

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १८ अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा राजेशपायल राईमाथि दुर्व्यवहार भएको छ । गायक राजेशपायलमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले घोर भर्त्सना गरेको छ । गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए । अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि शेर्पाले हातपात गरेका थिए । उनको घाँटी निमोठ्दै उनीमाथि स्टेजमा शेर्पाले दुर्व्यवहार गरेका थिए । आयोजकले घटना सामान्य भएको भन्दै ढाकछोप गर्न खोजेको विषयलाई समेत अमेरिकामा रहेका कलाकारहरुले भर्त्सना गरेका छन् । नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुले समेत गायक राईमाथि भएको दुर्व्यवहारको कडा शब्द...
इन्सपेक्टर भनेर चिनाउने व्यक्ति लागुऔषधसहित पक्राउ

इन्सपेक्टर भनेर चिनाउने व्यक्ति लागुऔषधसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १८ आफूलाई इन्सपेक्टर भनेर चिनाउने व्यक्तिसहित कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारी लागुऔषधसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका–१० को दोदापुलबाट शनिबार पक्राउ गरेको हो । उनीहरू सवार से ३ प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतको बसया बजारबाट लागुऔषध खरिद गरेर ल्याएको बुझिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
जाडोमा बालबच्चाहरुलाई कसरी जोगाउने ?

जाडोमा बालबच्चाहरुलाई कसरी जोगाउने ?

Breaking News 2, स्वास्थ्य
पूर्णपुष्टि, पुष १६ चिसोले सबै उमेर समूहलाई प्रभावित पार्छ । तर, नवजात शिशुसँगै बालबालिकालाई कसरी चिसोबाट जोगाउने भन्ने बारेमा अभिभावक चिन्तित हुन थाल्छन् । किनभने ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । न्यानोपन जरुरी –बच्चालाई सुताइएको कोठाको पुरै झ्याल बन्द गर्नु हुँदैन । —बच्चालाई कपडाको एलर्जी पनि हुन सक्छ । उनीहरूलाई भित्री कपडा ऊनीको नभई सुतीको कपडा लगाइदिनुपर्छ । —जाडोमा छाला सुख्खा हुन्छ । तोरीको तेल तताएर बिहानीको घाममा हल्का रूपमा नियमित मसाज गरेको खण्डमा बच्चाको छालालाई राम्रो हुन्छ । —स्तनपान गर्ने उमेरको बच्चालाई आमाकै दूध ख्वाउनुपर्छ, बोटलको होइन । बालबालिकालाई बोतलबाट अन्य पेय पदार्थ पनि सकेसम्म नखुवाउने । —साना बच्चालाई विस्तारै सन्तुलित तवरबाट ठोस बस्तुहरू खुवाउनुपर्छ । —बच्चालाई शहरी क्षेत्रमा धुलो, धुवाँज...