Thursday, June 25News That Matters

Breaking News 2

उदयपुर अस्पतालमै पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार

उदयपुर अस्पतालमै पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २७ उदयपुर अस्पतालमै महिलाको पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सहरु आएसँगै जिल्ला अस्पतालमा पाठेघर तथा एपेन्डिर्साटिक्सको सफल उपचार भएको हो । ४ दिनअघि आङ खसेकी एक महिलाको पाठेघरको सफल अप्रेसन भएको अस्पतालले जनाएको छ । विगत १२ वर्षअघिदेखि खसेको आङ बोक्दै हिँडेकी रौतामाई–७ मुर्कुचीकी ५५ वर्षीया सीता मगरको पाठेघरको सफल अप्रेसन भएको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मुकेश झाले जानकारी दिनुभयो । उनका अनुसार आफू र डा. रितेश कर्णको टिमले गत २१ गते मगरको सफल शल्यक्रिया गरेको हो । यो सेवा उदयपुर अस्पतालले दिएको पहिलो हो । ५ दशक पुरानो अस्प्तालले यसअघि जटिल खालका गर्भवतीको अप्रेसनद्वारा सुत्केरी गराउने (सिएस) सेवासम्म दिँदै आएको थियो । अहिले अस्पतालमा आङ खसेको महिलाको अप्रेसन पहिलो घट्ना भएको र अब यसलाई निरन्तरता दिइने मेसु...
फोनिजको प्रादेशिक अधिवेशन आज

फोनिजको प्रादेशिक अधिवेशन आज

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २७ आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १ नम्बर प्रदेशको दोस्रो प्रादेशिक अधिवेशन आज मोरङको पथरीमा हुनेछ । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराकासाथ अधिवेशन हुने भएको हो । अधिवेशनको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले गर्ने तय भएको अधिवेशन मूल आयोजक समितिले जनाएको छ । अधिवेशनमा १४ वटै जिल्लाका आदिवासी जनजाति पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहने आयोजकले जनाएको छ । फोनिजले आदिवासी कलम सम्मान पत्रकारिता पुरस्कार कोष २०७८ को लागि अक्षयकोषको समेत स्थापना गरिएको छ । सो अक्षयकोषको लागि अहिले आर्थिक सहयोगहरुसमेत संकलन भइरहेको कोषाध्यक्ष सुसन राईले जानकारी दिएको छ । साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा १० लाख पुरस्कार कोषको घोषणा गरेको थियो ।...
अध्यक्षमा परियारको दाबी कायमै

अध्यक्षमा परियारको दाबी कायमै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २६ एमाले उदयपुरका नेता तथा जिल्ला समन्वय समिति उदयपुका प्रमुख खड्ग बहादुर परियारले आफ्नो दाबी कायमै राखेकेको छ । जिल्ला अधिवेशनको बन्द सत्रबाटै अध्यक्षको दावी घोषणा गरेको परियारले हाल सम्मै दावी कायम राखेको जनाए । अध्यक्षको लागि चार जनाको आकांक्ष रहेकोमा कुशल बाबु बस्नेत अध्यक्षबाट ब्याक हटेर सचिवमा दाबी गरेसँगै तीन जनाले अध्यक्षको लागि दाबी कायम रहेको छ । योसँगै परमेश्वर घिमिरे, कालु लामा र खड्ग परियारले भने अध्यक्षको दाबी कायमै राखेको जनाएको छ ।  ...
एमाले अध्यक्ष बाट ब्याक हटेर सचिवमा बस्नेतको दावी

एमाले अध्यक्ष बाट ब्याक हटेर सचिवमा बस्नेतको दावी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २५ एमाले उदयपुरको आठौँ माहाधिवेशनको नेतृत्व चयन प्रक्रियामा बस्नेतले आफ्नो अध्यक्षको दावी ब्याक सारेको छ । बस्नेतले अध्यक्षको दावी बाट पछि सर्दै सचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएको छ । जिल्लामा पार्टी नेतृत्व गर्ने भन्दै बस्नेतले यस भन्दा पहिले अध्यक्षको लागि भनेर दावी घोषणा गरेको थियो । बिभिन्न संञ्चार माध्यमहरुका अनुसार अध्यक्षमा ४ जनाले दावी घोषणा गरेका थिए । बस्नेत सहित पार्टी सचिव परमेश्वर घिमिरे, कालु लामा र खड्ग परियारले अध्यक्षको लागि दावी रहेको जानकारी गराएका थिए । ४ मध्ये बस्नेतले भने सहमतिको प्रयासलाई सहयोग पुराउँदै पार्टीको सचिवमा वस्ने मनोसाय बनाएको जनाए । जिल्लाभरबाट सदरमुकाम आएका प्रतिनिधि र अग्रज नेतृत्वको आग्रह आफूले अध्यक्षको दाबी छाड्दै सचिवका लागि भएको बस्नेतले जानकारी दिए । ‘प्रतिनिधिको भवना र नेतृत्वको आग्रह अनुसार नै मैले सचिवका लागि उम...
प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

Breaking News 2, समाचार
पुर्णपुष्टि, पुष २४ सुनसरीको धरान उपमहानगरपालिका १४ पिण्डेश्वरिचौक स्थित एक घरबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय पारुहाङ राई रहेका छन् ।आज बेलुका साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरी टोलीले उनको घरकोठाबाट ट्रामाडोल (५८९० ट्याव्लेट र इस्पास्पेन( ५५९० ट्याव्लेट प्रतिबन्धित औषधी फेला परेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
लिभिङ टुगेदर बस्दैँ आएका युवा–युवती मृत अवस्थामा फेला

लिभिङ टुगेदर बस्दैँ आएका युवा–युवती मृत अवस्थामा फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २३ लिभिङ टुगेदर बसेका एक जोडी युवा–युवती काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । संखुवासभाका २५ वर्षीय अनिश जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत अवस्थामा फेला परेका हुन् । गएराति काठमाडौं महानगरपालिका–६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए । उनीहरू सँगै बस्न थालेको २०–२२ दिन मात्रै भएको प्रहरीले जनाएको छ । घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ । गएराति अनिश र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए । आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन् । ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फोड्न लगाएका थिए । कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन् । ...
पुष  २६ र २७संघको साधारण सभा तथा अधिवेशन सफल बनाउन व्यवसायीहरुलाई अध्यक्ष रसाईलीको अनुरोध

पुष २६ र २७संघको साधारण सभा तथा अधिवेशन सफल बनाउन व्यवसायीहरुलाई अध्यक्ष रसाईलीको अनुरोध

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २३ त्रियुगा उद्योग बाणिज्य संघको कार्यवाहक अध्यक्ष रमेश रसाईलीले यहि पुष २६ र २७ गते हुन गईरहेको माहाधिवेशनलाई सफल बनाउ सम्पूर्ण उद्योग, व्यवसायी, व्यापारीहरुमा अनुरोध गर्नुभएको छ । रसाईलीले बिभिन्न बाधा अड्चन र समस्याका बावजुत पनि संघले यहि पुष अन्तिममै साधारण सभा तथा अधिवेशन सकाउने हिसावले काम गरिरहेको भन्दै सबैलाई अधिवेशनमा सहभागी भई सफल बनाउन अनुरोध गर्नुभयो । संघले साधारण सभा साथै अधिवेशन समेत गर्ने गरी कार्यक्रम अघि सारेको अध्यक्ष रसाईलीले जनाउनुभयो । उहाँले अबको संघ पहिलाको जस्तो अलपत्र नपर्ने र व्यपारी व्यवसायीहरुलाई नितिनियम बिहिन नबनाउने गरी अघि बढ्न साधारण सभा तथा अधिवेशन गर्न लागिएको जनाउनुभयो । साथै संघलाई चलायमान र मजबुद बनाउन साधारण सभा तथा अधिवेशन सँगै बिधिगत कार्यसमितिको समेत चयन गर्नु पर्ने भएकाले सबैको अमुल्य सहभागी तथा साथ सहयोगको आवश्यक ...
उदयपुरका दुई युवा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन जाँदा धनकुटाबाट पक्राउ

उदयपुरका दुई युवा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन जाँदा धनकुटाबाट पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २२ उदयपुरका दुई युवा प्रहरी जवानको नक्कली परीक्षार्थी बनेर परिक्षा दिन जाँदा धनकुटाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका लागि जवान पदको लिखित परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी बनेर हलभित्र छिरेको अवस्थामा उनीहरु दुर्ब पक्राउ परेका हुन् । जिल्लाको धनकुटा बहुमुखी क्याम्पसमा लिखित परीक्षा चलीरहेको बेला तीन जना नक्कली परीक्षार्थी समातिएका थिए । तीमध्ये दुई जना भने उदयपुरका रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार शहिदभूमी गाउँपालिका–५ घर भएका २८ वर्षीय सौहार्द राई र उदयपुरको बेलका नगरपालिका– ७ का २२ वर्षीय योगेन्द्र राई र ३२ वर्षका निशान राईलाई नियन्त्रणमा लिइएको हो । जवान पदका लागि लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्दा शंका लागेपछि भित्री रुपमा अनुसन्धान र निगरानी बढाइएको थियो । वा...
घरमा लागेको आगो निभाउने क्रममा एकको मृत्यु, १५ घाईते

घरमा लागेको आगो निभाउने क्रममा एकको मृत्यु, १५ घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २२ झापाको एक घरमा बुधबार लागेको आगो निभाउने क्रममा एक जनाको ज्यान गएको छ, भने १५ जना घाईते भएका छन् । जिल्लाको मेचीनगर नगरपालिका–७ पिपल चौक स्थित केशब पाठकको घरमा लाएको आगो निभाउने क्रममा सोही नगरपालिका वडा नं. ८ का ४५ वर्षीय सारद राजवंशीको ज्यान गएको हो । अन्य १५ जना भने घाईते भएका हुन् । हिजो राती साढे ९ बजे पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चि घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्किदा राजबंशीसहित १६ जना घाईते भएका थिए । घाईते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ ज्यान गएको अस्पतालले जनाएको छ । अन्य घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा राती साढे १० बजे पुर्ण रुपमा नियन्त्रणमा आईसकेको प्रहरीले जनाएको छ । आगो के ...
लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २१ झापाको कचनकवल गाउँपालिका–५ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका–७ का २४ वर्षीय बिनोद बस्नेत र १८ वर्षीय निखिल रेग्मी लागुऔषधसहित मंगलबार बेलुका ५ बजे पक्राउ परेका हुन् । उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउनसगुर पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...