Thursday, June 25News That Matters

Breaking News 2

अबैधऔषधीसहीत २ जना पक्राउ

अबैधऔषधीसहीत २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ३ मोरङको रतुवामाई नगरपालिका–९ भौडाबाट अबैध औषधीसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको सुनबर्शी नगरपालिका–६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरीया रसुनबर्शी–७ का ३० वर्षीय कार्तिक चन्द दास अबैध औषधीसहित पक्राउ परेका हुन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अबैध औषधी ट्रामाडोल डाइड्रोक्लोराईड क्यापसुल २० हजार ट्याब्लेट बरामद गरेको हो । अबैध औषधीसहित पक्राउ परेका उनीहरुलाई थप अनुसान्धानको लागी औषधी व्यवस्था विभाग बिराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।...
१५ वर्षदेखि घाँस बेच्दै चौधरी दम्पत्ती, पक्कीघर बनाउन नियमित बचत

१५ वर्षदेखि घाँस बेच्दै चौधरी दम्पत्ती, पक्कीघर बनाउन नियमित बचत

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, माघ २ उदयपुरको त्रियुगा नगरपालिका–२ मोथियाहीका रामविलास चौधरीले घाँस बेचेर नियमित बचत गरिरहनु भएको छ । चौधरीले एकाविहानै गाईघाट बजारमा हरियो घाँस बेचेर दैनिक पाँचसय रुपैया बचत गर्दै आएको डेडवर्ष भयो । उहाँले घाँस बेच्न थालेको पन्ध्रवर्ष जति भइसके पनि बचतको ज्ञान भने डेडवर्ष अघिदेखि हो । गाउँकै एक सहकारी संस्थामा उहाँले नियमित बचत गर्दै आउनु भएको छ । आप्mनै छोराछोरीले बचतको ज्ञान दिएको उहाँले बताउनुभयो । “मैले घाँस बेचेर पैसा बचत गरेको एकवर्ष र आधा भयो” उहाँले भन्नुभयो –“बचत पैसाले पक्की घर बनाउने सोच छ ।” बचतले उहाँलाई काममा अझ उत्साह, विश्वास ल्याएको छ भने भविष्यप्रति ढुक्कता छ । घाँस बेचेको पैसाले उहाँलाई दैनिक पाँचसय बचत गर्न मात्र हैन खाद्यन्न तथा अन्य दैनिक उपभोग्य सामानहरु खरिद गर्न पुग्छ । छोराछोरीको पढाई, घरखर्चमा राम्ररी टेवा पुगेको छ । हरेक दिन एकाविहानै ३ः०० बजे ...
जंगली हात्तिले लियो सेनाको ज्यान

जंगली हात्तिले लियो सेनाको ज्यान

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २ नवलपरासीमा गस्तीमा खटिरहेको सेनालाई जंगली हात्तिले आक्रमण गर्दा ज्यान गएको छ । जंगली बन्यजन्तुकै संरक्षणमा खटिने सेनाको जंगली हात्तिलेनै ज्यान लिएको हो । चितवन राष्ट्रिय निकु ञ्जमा गस्तीमा रहेका अवस्थामा ति सेनाको ज्यान लिएको जनाईएको छ । सैनिक स्रोतका अनुसार मृत्यु हुने ब्यक्तिको नाम उल्लेख गर्न नमिल्ने समेत जनाए । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका अनुसार शनिबार राति कसराको ध्रुवे पोस्ट नजिकै जंगली हात्तिले ढाडमा कुल्चिँदा सेना अमलदारको मृत्यु भएको हो । रात्रि गस्तीमा निस्केको सेनाको टोलीमा रहेका खडक दल गणका एक अमलदारको मृत्यु भएको हो । कसराबाट माडी जाने बाटोतर्फ गस्तीमा रहेका बेला नजिकै रहेको जंगली हात्तीले ती अमलदारको ढाडमा टेकेको र गम्भीर घाइते भएका उनको उपचारका लागि भरततर्फ लैजाँदै गर्दा मृत्यु भएको थियो ।...
गाँजा र चरेससहित २ जना पक्राउ

गाँजा र चरेससहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ३० झापामो दमक नगरपालिका–२ हुम्से दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेससहित दुई जना पक्राउ परेका छन् । ईलाम माईसेबुङ गाउँपालिका–२ का ३२ वर्षीय दिपेन्द्र राई र १९ वर्षीय नुवसन मुखिया पक्राउ परेका हुन् । आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो । लागुऔषध फेला परे पश्चात उनीहरु सवार रहेको मोटरसाईकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...
पेस्तोल र गोलीसहित ४ जना पक्राउ

पेस्तोल र गोलीसहित ४ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ३० जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउण्ड गोलीसहित ४ जनाको समुहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका –७ घुस्कीका २० वर्षीय सबिर मिया, ३१ वर्षीय सवरेज मिया, सोही स्थानका २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका–६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन् । जिल्लाको ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियारसहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साझ र बिहिवार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो । सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी, मियाकै बयानका आधारमा अन्य व्यक्तिहरु समेत हातहतियारसहित घुमफिर ग...
बाटो बनाउँदा डोजर पुरियो, ३ जना बेत्ता

बाटो बनाउँदा डोजर पुरियो, ३ जना बेत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २९ बाटो बनाउने क्रममा डोजरनै पुरिएपछि तीन जना मानिस बेपत्ता भएको छन् । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएको हो । सोही डोजरमा सवार चालकसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए । चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।...
त्रियुगा उद्योग वाणिज्य संघका नवनिर्वाचित समितिलाई सामाजिक विकास मन्त्री यादवले दिए बधाई तथा शुभकामना

त्रियुगा उद्योग वाणिज्य संघका नवनिर्वाचित समितिलाई सामाजिक विकास मन्त्री यादवले दिए बधाई तथा शुभकामना

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २९ प्रदेश नं १ का सामाजिक विकास मन्त्री जयराम यादवले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । बुधबार संघको कार्यलय परिसरमै आएर मन्त्री यादवले बधाई तथा शुभकामना व्यक्त गरेको हो । यादवले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिँदै सहकार्य समेत गरेर जाने बताए । उनले त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारीहरु तथा यस माताहतका व्यपारीहरुसँग रहेको उद्योग व्यापारहरुलाई प्रथामिकता दिँदै समन्वय गरेर जाने समेत मन्त्री जनाए । यस संघलाई प्रदेश सरकारले आवश्यकीय सहयोग समेत गर्ने र त्यसको लागि प्रपोजल लिएर प्रदेश कार्यलयमा आउन समेत अनुरोध गरे । त्यस्को लागि आफ्नो पूर्ण पहल र भूमिका समेत रहने जनाए ।...
प्रदेश नं १ फोनिजको उपाध्यक्षमा उदयपुरका दुई पत्रकार राई र समाल निर्वाचित

प्रदेश नं १ फोनिजको उपाध्यक्षमा उदयपुरका दुई पत्रकार राई र समाल निर्वाचित

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २९ प्रदेश नं १ को आदिवासी जनजाति पत्रकार माहासंघ (फोनिज) को उपाध्यक्षमा उदयपुरका दुई पत्रकार निर्वाचित भएको छ । फोनिजको ऐतिहाँसिक दोस्रो अधिवेशनमा उदयपुर बाट राजेन्द्र राई र महिला उपाध्यक्षमा अप्सरा समाल निर्वाचित भएको हो । अधिवेशन मोरङ स्थित पथरीमा २६ गते बाट सुरु भएको थियो । सोहि त्रलममा गढी खवर दैनिका प्रकाशक राजेन्द्र राई र रेडियो उदयपुरकी स्टेसन म्यानेजर अप्सरा समाल मगर उपाध्यक्षमा निर्वाचित भएको हो । अधिवेशनले सन्तवीर लामाको अध्यक्षतामा उपाध्यक्ष राजेन्द्र दुष्ट, महिला उपाध्यक्ष अप्सरा समाल, महासचिबमा सुशान रुङमाहाङ राई, सचिबमा सन्देश सुब्बा र प्रदिप चौधरी, कोषाध्यक्ष प्रेम देवान सहितको पदाधिकारी चयन गरेको छ ।...
उदयपुरमा मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना : घाइते २ को घोपामा उपचार हुँदै

उदयपुरमा मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना : घाइते २ को घोपामा उपचार हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २८ उदयपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा दुई जना घाइते भएका छन् । जिल्लाको बेलका नगरपालिकास्थित रामपुर बजारमा दुर्घटना हुदा २१ वर्षीय रुपेश राई र ३१ वर्षीय लोकेन्द्र राई घाइते भएका हुन् । दुबैलाई उपचारका लागि तत्काल सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको को. १ प. ८४९ नम्बरको मोटरसाईकल र प्र.१ –०२–०४१ प १००७ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । १००७ नम्बरको मोटरसाईकल चालक लोकेन्द्रको टाउँको र अनुहारमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ । त्यस्तै अर्को मोटरसाईकल चालक रुपेशको भने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको दुबै मोटर...
त्रियुगामा विद्यालयहरु बन्द नगरिने निर्णय

त्रियुगामा विद्यालयहरु बन्द नगरिने निर्णय

Breaking News 2, शिक्षा, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २७ कोरोना प्रभावित क्षेत्रको आधारमा त्रियुगा नगरपालिका ग्रिन जोनमै रहेको हुनाले सामाजिक विकासको निर्णय अनुसार नगर भित्रका विद्यालयहरुलाई बन्द नगरिने जनाईएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि उदयपुरको त्रियुगा नगरका विद्यालयहरु भने बन्द नहुने भएको छ । यसअघि कोरोना संक्रमणको हटस्पट बनेको त्रियुगा नगरपालिकाले अहिले त्रियुगामा कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालयहरु नियमितरुपमै सञ्चालनमा रहने नगर सामाजिक विकास शाखा प्रमुख मान बहादुर राईले बताउनुभयो । ‘त्रियुगा अहिले ग्रिन जोनकै अवस्थामा छ । त्यसैले अहिले नै विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था छैन,’ उहाँले बताउनुभयो । विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने निर्णय स्थानीय तहको अधिकारभित्र पर्ने भएको भन्दै राईले बताउनुभयो, ‘जुन दिन त्...