Thursday, June 25News That Matters

Breaking News 2

चौदण्डीमा कृषकको समस्यालाई समाधान गर्न ५७ लाख बराबरको सिंचाई शिलान्यास

चौदण्डीमा कृषकको समस्यालाई समाधान गर्न ५७ लाख बराबरको सिंचाई शिलान्यास

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ७ उदयपुरको चौदण्डीगढीमा कृषकहरुको समस्यालाई समाधान गर्नका निम्ती ५७ लाख बराबरको सिंचाई कूलोको शिलान्यास भएको छ । बिहिवार चौदण्डीगढी नगरपालिका–४ बसाहा स्थित तीनदोभानने मुनी पहरेखोला जलस्रोत कुलो सिंचाईको शिलान्यास नगर प्रमुख खगेन्द्र राईले गरेको हो । बजेट भने नगरपालिका, १ नं. प्रदेश सरकार र संघीय सरकारको २०÷२० प्रतिशतको दरले ३४ लाख ५० हजार ४सय ८६ र बाँकी बजेट ३० प्रतिशत अर्थात २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ साना सिंचाई कार्यक्रम अन्तर्गत स्वीज सरकारको रहेको छ । सो बजेटमध्ये १० प्रतिशत स्थानीय जनसहभागिता रहनेगरी कुल ५७ लाख ५० हजारको लागतमा पक्की कुलो निर्माण हुन लागेको हो । बसाहा क्षेत्रकै सबैभन्दा पुरानो कुलोको रुपमा चिनिएको उक्त सिंचाई कुलोको लम्वाई १९ सय मिटरमध्ये १३ सय मटरमात्र पक्की ढलाई हुने छ भने ६ सय मिटर कुलोको स्तरोन्नति गरिने छ । ४० सेन्टिमितर उचाई रहने कुलोक...
नेपालबाट मोबाइल एप्लिकेशनमार्फत अमेरिकामा जुवा खेलाउने गिरोह पक्राउ

नेपालबाट मोबाइल एप्लिकेशनमार्फत अमेरिकामा जुवा खेलाउने गिरोह पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ७ नेपालबाटै मोबाइल एप्लिकेशनमार्फत अमेरिकामा जुवा खेलाउने एक गिरोह पक्राउ परेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरेको हो । महाशाखाका नुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् । उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेशन चलाइरहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो सबै बनाउने एक जना व्यक्ति पनि अमेरिकामै रहेको बुझिएको छ, अहिले समातिएकाले नेपालमार्फत जुवा खेलाउने काम गरिरहेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।...
सार्वाजानिक स्थलमा आज बाट अनिवार्य खोप कार्ड

सार्वाजानिक स्थलमा आज बाट अनिवार्य खोप कार्ड

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ७ आज बाट सार्वाजानिक स्थलमा अनिवार्य खोप कार्डको व्यवस्था लागु भएको छ । कोरोना माहामारी बढ्दै जाने क्रममा खोप हानेको हो या होईना भन्ने प्रमाणको आधार स्वरुप खोप कार्ड सार्वाजानिक स्थलमा बोक्नु पर्ने जनाईएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने जनाएको छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ । सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।  ...
त्रियुगा उद्योग बाणिज्य संघले मुल्य निर्धारण उपसमिति गठन गर्यो

त्रियुगा उद्योग बाणिज्य संघले मुल्य निर्धारण उपसमिति गठन गर्यो

Breaking News 2
पूर्णपुष्टि, माघ ६ त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको तत्कालै निर्वाचित नयाँ कार्यसमितिले मुल्य निर्धारण उपसमिति गठन गरेको छ । संघले १५ सदस्यीय रहने गरी मुल्य निर्धारणको उपसमिति गठन गरेको हो । संघकै प्रथम उपाध्यक्ष नविन वस्नेतको संयोजकत्व रहने गरी १४ जना सदस्य सहित उपसमिति गठन गरिएको संघले जनाएको छ । संयोजक नविन वस्नेत र सदस्यहरुमा थिर प्रसाद ढकाल, श्मेश कुमार पाण्डे, श्री विनोद चौधरी, गणेश प्रसाद सुवेदी, तारा प्रसाद चौधरी, मनोज साह, नविन कुमार शर्मा , काजी राइ, कृष्ण श्रेष्ठ, बब्लु कुमार साह, सुनिल कुमार चौधरी, देव नारायण साह, राम कुमार चौधरी, सन्तोष भगत रहेका छन् । संघको छौठौ वार्षीक साधारण सभा तथा अधिवेशन बाट नव निर्वाचित आधिकारी कार्यसमितिले बिहिबार बजार मुल्य निर्धारणका लागि १५ सदस्यीय मुल्य निर्धारण उप(समिति गठन गरेको संघले जनाएको छ ।...
उदयपुरमा कार्यरत कार्की र इलाममा कार्यरत लिम्वु बने प्रदेशको उत्कृष्ट प्रहरी

उदयपुरमा कार्यरत कार्की र इलाममा कार्यरत लिम्वु बने प्रदेशको उत्कृष्ट प्रहरी

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ६ उदयपुरको बेलाका नगरपालिका रामपुर ठोक्सिलामा कार्यरत प्रहरी जवान नर वहादुर कार्की र इलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाममा कार्यरत प्रहरी निरीक्षक (इनिस्पेक्टर) देउ प्रसाद लिम्बु प्रदेश नं १ पुष महिनाको उत्कृष्ट प्रहरी घोष्ति भएका छन् । कार्की र लिम्वु दुवई जना प्रदेश १ पौष महिनाको उत्कृष्ट प्रहरी बन्न सफल भएको हो । विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै प्रहरी निरिक्षक लिम्वु र जवान कार्कीलाई उत्कृष्ट प्रहरी घोषित गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।कार्यालयले उनिहरुको उत्कृष्ट कामको बिभिन्न उदाहरण उल्लेख गर्दै अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउन ठुलो प्रहरीको कार्य सम्पादन गरेको जनाए । लिम्वुले ...
४ वर्षीय छोरासहित बेपत्ता भएको महिला १० वितिसक्दा समेत भेटिएन

४ वर्षीय छोरासहित बेपत्ता भएको महिला १० वितिसक्दा समेत भेटिएन

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ६ ४ वर्षीय छोरालाई लिएर पुष २६ गते घरबाट निस्किएकी बाग्लुङ जिल्लाकी ३५ वर्षीया महिला अझै बेपत्ता भएका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक छोरासहित बेपत्ता भएकी हुन् । हराएको १० दिन वितिसक्दा समेत धनकुमारीको पत्ता नलागेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । उहाँले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताउनुभयो । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उहाँको भनाई छ । आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उहाँको भनाई छ । परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिक...
कोरोनाको कारण सिभिल बैँक गाईघाट शाखाले वडा कार्यालयबाटै बाँडे बृद्ध भत्ता

कोरोनाको कारण सिभिल बैँक गाईघाट शाखाले वडा कार्यालयबाटै बाँडे बृद्ध भत्ता

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, माघ ५ सिभिल बैँक गाईघाट शाखाले कोरोना रोकथाम तथा नियन्त्रणलाई सहयोग पुराउँदै बृद्ध बृद्धाहरुलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बापतको बृद्ध भत्ता वितरण गरेको छ । बैँकले त्रियुगा नगरपालिका वडा नं ८ र ९ मा गएर बृद्ध भत्ता वितरण गरिरहेको बैँकका कर्मचारी दिल कटुवालले जानकारी दिए । बैँकमा धेरै भिँडभाँड हुने र कोरोना संक्रमण फैलिन सक्ने भन्दै सम्बन्धित वडाको पायक पर्ने ठाउँमा स्वास्थ्यको मापदण्ड र सामाजिक दुरीको समेत प्रयोग गरी भत्ता वितरण गरेको कटुवालले जानकारी दिए । यसरी वडामै भत्ता वितरणले जेष्ठ नागरिकहरुमा समेत सहज सम्मान पुग्नुका साथै बैँक आउन झन्झटीलो समेत नभएको बताए । बैँकले हिजो ८ नं वडामा वितरण गरिसकेको छ । आज ९ मा गर्ने जनाएको छ । भत्ता वितरण कार्यक्रममा बैँकका शाखा प्रमुख संजय सिग्देल सहित ४ जना खटिएको छ । भत्ता सम्बन्धित वडा सँग समन्वय गरी काम गरि वितरण ग...
चौदण्डीमा आज र भोली बुस्टर डोज

चौदण्डीमा आज र भोली बुस्टर डोज

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ४ चौदण्डीगढी नगरपालिकाको सम्बन्धित स्वास्थ्य चौकी तथा अस्पतालहरुमा आज बाट बुस्टर डोज लगाउने तालिका छ । कोरोना भाईरस सिजन ३ लाई परास्त गर्न भन्दै थालिएको स्वास्थय मन्त्रालयको सो अभियान मार्फत बुस्टर डोजको मात्र आज र भोली लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिए । कार्यालयले जिल्लामा बुस्टर डोजको मात्र लगाउने बारे तालिका सार्वजानिक गर्दै आज र भोली चौदण्डीगढीमा लगाईने उल्लेख गरिएको छ । बुस्टर डोज अग्रपंक्तिमा खटिने सम्बन्धित व्यक्ति तथा क्षेत्रहरुलाई लगाईने कार्यालयले जनाए । बुस्टर डोज मात्राका लागि १८ बर्ष भन्दा माथी उमेर पुग्नु पर्ने समेत कार्यालयले जनाएको छ । यसैगरी बुस्टर डोज लगाउन पहिले लगाएको खोप मात्र ६ महिना पुग्नु पर्ने समेत जनाईएको छ । बुस्टरको मात्रा लगाउने व्यक्तिले अनिवार्य रुपमा पहिले लगाएको खोप कार्ड लिएर जानु पर्ने छ । उदयपुरमा रहेको ४ ओटा गाउ...
प्रदेश नं २ को नाम मधेश राखियो

प्रदेश नं २ को नाम मधेश राखियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ३ नेपाल संघिय संरचना पश्चात बिभिन्न ७ प्रदेश सहित भुगोललाई समेटियो । ७ प्रदेश मध्ये धेरैजसो प्रदेशहरुले प्रदेशको नामाकरण गरिरहँदा केहि प्रदेशले भने संघिय संरचनाको झण्डै पहिलो कार्याकाल वितिसक्नु लाग्दा पनि नाम राख्न सकिरहेको अवस्था थिएन् । भुगोल, पहिचानको आधारमा नामाकरण गर्न बिभिन्न समस्याकै कारण नाम राख्न नसकेको प्रदेश नं २ ले सोमवार मात्रै प्रदेशको नाम जुराएको छ । २ नं प्रदेशले मधेश प्रदेश नामाकरण गरेको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाईभन्दा बढी हो ।  ...
परिक्षामा उमेरहद तोकिएपछि उदयपुरमा शिक्षकहरु आन्दोलीत

परिक्षामा उमेरहद तोकिएपछि उदयपुरमा शिक्षकहरु आन्दोलीत

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, माघ ३ उदयपुरका राहत शिक्षकहरु उमेरका कारण परीक्षामा सामेल हुन नपाउने भएपछि आन्दोलित भएका छन् । शिक्षा सेवा आयोगले हालै गरेको विज्ञापनमा उमेर हदका कारण परीक्षामा सामेल हुन नपाउने भएपछि उनीहरु आन्दोलित भएका हुन् । नेपाल राहत शिक्षक जिल्ला कार्य समिति उदयपुरले एक विज्ञप्तीमार्फत शिक्षा सेवा आयोगको परीक्षामा सामेल हुन पाउनु पर्ने माग राखेको छ । विज्ञप्तीमा तत्कालीन समयमा राज्यले आवश्यकता पूर्ति गर्न शिक्षा ऐनको मातहतमा रहि नियुक्ति गरिएका राहत शिक्षकहरुको उर्जाशील समय अध्यापन कार्यमा वर्षौं बिताए पनि शिक्षकहरुलाई उमेरको हद लगाई परीक्षामा सामेलहन बञ्चित गरिएको जनाएको छ । विज्ञप्तीमा दरबन्दी मिलानका क्रममा राहत शिक्षकहरुलाई दरबन्दी स्वीकार गरिसकेको तर विज्ञापनमा एक प्रकारको शिक्षकलाई उमेरको हद नलाग्ने र राहत शिक्षकलाई उमेरको हद लाग्ने यो आफैमा विभेदपूर्ण भएको विज्ञप्तीमा उल्लेख ...