Thursday, June 25News That Matters

Breaking News 2

राजेश पायल राई र पेमाको ‘सै हँमा सैँ हपा’ लाई दर्शकको माया, भिडियो ट्रेडिङमा

राजेश पायल राई र पेमाको ‘सै हँमा सैँ हपा’ लाई दर्शकको माया, भिडियो ट्रेडिङमा

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १३ भर्खरै सार्वजानिक भएको गित ‘सै हँमा सैँ हपा’ लाई दर्शकले अत्यादिक रुचाएको छ । नेपालका चर्चित गायक राजे पायल राई (राई इज किङ) को संगित तथा स्वर र द भ्वाई अफ किड्सकी टप ८ प्रतिस्पर्धि पेमा देचेन तामाङको स्वरमा रहेको सो गितलाई देश तथा विदेशमा रहेका सबै दर्शकले अत्यादिक माया गरेको छ । रचनाकार टिका चाम्लिङको शब्दमा रहेको ‘सै हँमा सैँ हपा’ चाम्लीङ राई भाषाको शब्द हो । ‘सै हँमा सैँ हपा’ को अर्थ ठुला बडा र सम्मानित व्यक्तिहरुलाई सम्बोधन गरिने शब्द रहेको गितका रचनाकार टिका चाम्लिङ राईले बताए । राईले गितलाई यो शब्दले नयाँपन थप्नुका साथै चाम्लीङ भषालाई पनि चिनाउने काम गरेको बताए । गित नेपाल लगायत विभिन्न देशहरुमा चर्चित बनेको छ । नेपाल बाहेक दुवई, कतार, र कुवेत लगायत ठाउँहरुमा पनि यो गितले राम्रो स्थान पाएको छ । पेमा भ्वाईस किड्सकी राम्रो प्रतिस्पर्धा समेत थिईन् । उनि प...
उदयपुरमा कार्यरत प्रहरी जवान माझीको अस्पतालमा मृत्यु

उदयपुरमा कार्यरत प्रहरी जवान माझीको अस्पतालमा मृत्यु

Breaking News 2, समाचार
पूर्णपुुष्टि, माघ १३ उदयरमा नेपाल प्रहरीका एक जवानको उपचारवको क्रममा अस्पतालमा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय कटारीमा कार्यरत प्रहरी जवान पदम माझीको उपचार हुँदै गर्दा ज्यान गएको हो । नियमित ड्युटीमा रहेका प्रहरी जवान माझी अचानक बिरामी भएपछि कटारी बजारस्थित कटारी अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचार हुँदै गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । डीएसपी गौतमकाअनुसार माझी मंगलबार बिहानै देखि बिरामी भएपछि अस्पताल लगिएको थियो । माझीको ३५ वर्षको कलिलै उमेरमा निधन भएको हो । के बिरामीको कारण जवान माझीको मृत्यु भएको हो भन्नेबारे जिप्रका उदयपुरले केही खुलाएको छैन । उनको शव प्रक्रिया पु¥याएपछि परिवारलाई जिम्मा लगाइने बताइएको छ ।  ...
दुई भारतिय नागरिक सहित ४ जना लागुऔषध ट्याब्लेट सहित पक्राउ

दुई भारतिय नागरिक सहित ४ जना लागुऔषध ट्याब्लेट सहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १३ मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट ओसार पसारमा संग्लग्न २ जना भारतिय नागरिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–७ का २६ बर्षीय निशान श्रेष्ठ र धनकुटा नगरपालिका–४ का २० बर्षीय रोशन श्रेष्ठ तथा भारतको अररिया –३ का ३२ बर्षीय मुजफर मिया र ७५ बर्षीय जहरुदिन मिया रहेका छन् । बुधवार राती ७ बजेको समयमा बिराटनगर–१६ बाट श्रेष्ठ द्धय फेरागन २० एम्पुल, लुपिजेसिक १८ एम्पुल , एभिल २० एम्पुल र डाईजापाम १८ एम्पुल सहित प्रहरीले नियनत्रणमा लिएको थियो । मोरङकै सुनवर्सी नगरपालिका–८ बाट आज बिहान राती साँढे १ बजे २ जना भारतिय नागरीक ३०० ट्याब्लेट लागुऔषध नाईट्रोसन सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
सवारी दुर्घटना, २ जनाको मृत्यु

सवारी दुर्घटना, २ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १३ १ नम्बर प्रदेशको पाँचथर र झापामा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाऊँपालिका–१ फुङसिङको कच्ची सडकमा राँकेबाट रवि तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८५९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माङसेबुङ गाउँपालिका–३ का २१ बर्षीय रविन लिम्बु रहेका छन् । सडकबाट अन्दाजी ७ मिटर तल खस्दाँ ट्याक्टर चालक लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी झापाको मेचीनगर नगरपालिका–७ मा सोही नगरपालिकाको गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र बिपरित दिशाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाईकल बुधवार बेलुका ७ बजे एक आप...
उदयपुरमा ६ महिने नवजात शिशुको शव फेला, पोष्टमार्टमको लागि घोपा पठाईएको

उदयपुरमा ६ महिने नवजात शिशुको शव फेला, पोष्टमार्टमको लागि घोपा पठाईएको

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १३ उदयपुरमा एक ६ महिने नवजात शिशुको शव खोलामा फालिएको अवस्थामा फेला परेको छ । जिल्लाको बेलका नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्गदेखि दक्षिण जरायो खोलामा शिशुको शव फेलो परेको हो । स्थानीयले शिशुको शव बुधावार बिहान १० बजेतिर देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाए लगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाको टोली घटनास्थल पुगेको थियो । जहाँ जरायो खोलाको दलदल क्षेत्रमा शिशुको शव छाडेर गएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । परिचालन गरिएको प्रहरी पुग्दा घटनास्थलमा एउटा जेब्रा झोलासमेत भेटिएको थियो । सो झोलाभित्र बिभिन्न औषधीहरु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । जेब्रा झोलाभित्र भेटिएको औषधी सोही शिशुलाई उपचारको क्रममा प्रयोग गर्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । मृत भेटिएको शिशु नवजात अर्था...
प्रदेश नं १ राष्ट्रिय सभा निर्वाचनमा भण्डारीलाई हराउँदै राई बिजयी

प्रदेश नं १ राष्ट्रिय सभा निर्वाचनमा भण्डारीलाई हराउँदै राई बिजयी

Breaking News 2
पूर्णपुष्टि, माघ १२ राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ महिला तर्फ सत्तारूढ गठबन्धनकी जयन्ती राई विजयी भएकी छिनन् । निर्वाचन प्रदेश कार्यालय स्रोतका अनुसार आधिकारिक नतिजा सबैको एकैपटक प्रकाशित हुनेछ। नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतान्तरले पराजित गरेकी हुन् । भोजपुरकी राई र झापाकी भण्डारी चुनावी मैदानमा थिए ।...
उदयपुरमा ३२३ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा ३२३ जनामा कोरोना संक्रमण पुष्टि

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १० उदयपुरमा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा ५ सय २४ जनाको एन्टीजेन्ट विधिबाट परिक्षण गर्दा २ सय १ जनाको नेगेटिभ र ३ सय २३ जनाको रिपोट पोजेटिभ आएको हो । जिल्लामा हालसम्म १ सय ३६ महिला र १ सय ८७ पुरुषमा संक्रमण देखिएको छ । त्रियुगामा ३० महिला र २७ पुरुष गरी ५७ जना, कटारी १७ महिला र २६ पुरुष गरी ४३ जना, चौदण्डीगढीमा २० महिला र १९ पुरुष गरी ३९ जना, बेलकामा ९ महिला र १४ पुरुरुष गरी २३ जना र उदयपुरगढीमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी जिल्ला अस्पताल उदयपुरमा कोरोना परिक्षण गर्दा ६० जना महिला र १ सय जना पुरुष गरी १ सय ६० जना संक्रमित रहेका छन् । जिल्लामा कोरोनालाई जितेर १ महिला र २ पुरुष गरी ३ जना घर फर्किएका छन् । जिल्लामा कोरोनाले एकजना पुरुषको ज्यान गएको छ ।...
लागुऔषध गाँजासहित एक जना पक्राउ

लागुऔषध गाँजासहित एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १० मोरङमा लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । जिल्लाको रतुवामाई नगरपालिका–८ डाँडागाँउका ४५ वर्षीय कृष्ण राई लागुऔषध गाँजासहित पक्राउ परेको हो । हिजो दिउँसो पौने १ बजे विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राईको घरमा खानतलास गर्ने क्रममा कोठा भित्र लुकाई छिपाई राखेको ५ के. जी. ३९० ग्राम लागुऔषध गाँजा प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरीएको गाँजा र राईलाई ईलाका प्रहरी कार्यालय सिरुवाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।  ...
उदयपुरमा २९७ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा २९७ जनामा कोरोना संक्रमण पुष्टि

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ९ उदयपुरमा २ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा ४ सय ८३ जनाको एन्टीजेन्ट विधिबाट परिक्षण गर्दा १ सय ८६ जनाको नेगेटिभ र २ सय ९७ जनाको रिपोट पोजेटिभ आएको हो । जिल्लामा हालसम्म १ सय २२ जना महिला र १ सय ७५ पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ अनुसार हालसम्म आठ पालिका मध्ये ४ नगरपालिका र १ गाउँपालिकामा संक्रमण देखिएको छ, भने ३ गाउँपालिका कोरोना मुक्त रहेको छ । त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका र उदयपुरगढीमा संक्रमण भेटिएको छ, भने रौतामाई, ताप्ली र लिम्चुङबुङमा संक्रमण शुन्य रहेको छ । त्रियुगामा ३० महिला र २७ पुरुष गरी ५७ जना, कटारीमा १७ महिला र २६ पुरुष गरी ४३ जना, चौदण्डीगढीमा २० महिला र १९ पुरुष गरी ३९जन, बेलकामा ९ महिला र १४ पुरुष गरी २३ जना र उदयपुरगढीमा १ जना महिलामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वस्थ्य क...
उदयपुरमा घरदेखि करिब १ सय मिटरको दूरीमा राईको शव फेला

उदयपुरमा घरदेखि करिब १ सय मिटरको दूरीमा राईको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ९ उदयपुरमा एक ५० वर्षीय पुरुषको शव फेला परेको छ । जिल्लाको त्रियुगा नगरपालिका–११ साकेला टोल बस्ने टलकुमार राईको शव उनको घरदेखि करिब १ सय मिटरको दुरीमा फेला परेको हो । शनिवार साढे १२ बजेको समयमा राईको शव घर नजिकैको पोथ्रा रुखमा झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक राई घर बनाउने मिस्त्री काम गर्दै आएको स्थानीयले जनाएको छ । घटनाको प्रकृति हेरेर पोस्टमार्टमपछि मृतक आफैले वा अरु कोहीबाट घटना भएको हो भन्ने तथ्य खुल्ने उदयपुर प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले बताउनुभयो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । यता मृतकका श्रीमतिले भने घरमा कुनै मन मुटाव नरहेको बताउनुभएको छ ।...