Thursday, June 25News That Matters

Breaking News 2

उदयपुरमा कृषकहरुलाई ६० लाख बराबरको कृषि सामाग्री वितरण

उदयपुरमा कृषकहरुलाई ६० लाख बराबरको कृषि सामाग्री वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १७ उदयपुरका कृषकहरुलाई ६० लाख बराबरको कृषि सामाग्री यन्त्रीकरण प्रविधि हस्तान्तरण गरिएको छ । सोमवार प्रधानमनत्री कृषि आधुनिकीकरण परियोजना कार्यावन्यन एकाई उदयपुरले जिल्लाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा यान्त्रीकरण सामाग्री बितरण गरेको हो । परियोजनाको आ,व,२०७८र०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा परियोजनाको क्षेत्रधिकार भित्रका क्षेत्रहरूका किसानहरूलाई ६० लाख बरावरको कृषी यान्त्रिकरण वितरण गरिएको परियोजना कार्यन्यवयन एकाइ उदयपुरका सुचना अधिकारी उत्तम पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार ५५ वटा समूह र सहकारीले अनुदान प्राप्त गरेको छ । सामाग्रीहरु १ थान ट्याक्टर, १ थान पावरटिल्लर, २५ थान मिनि टिल्लर २९ थान कम्वाई मिल १ थान वीडर, भन्याङ ३ थान,फुड स्प्रेर ६ थान, तौल मेसिन ५ थान, क्रेट २६५ थान, थ्रेसर २ थान, मकै गोड्ने १ थान, चार्जिङ स्प्रेयर १ थ...
मोटरसाइकल चोरी गरी भाग्दै गरेको एक युवा पक्राउ

मोटरसाइकल चोरी गरी भाग्दै गरेको एक युवा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १७ मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा कालिका नगरपालिका–१ घर भएका २८ वर्षीय राशन डुम्जनलाई प्रहरीले पक्राउ गरेको हो । डुम्जनलाई वीरगञ्ज महानगरपालिका–१२ स्थित सानो पाइला भोजनालयबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले २१ वर्षीय कृष्णकुमार साहको नाममा दर्ता रहेको ना.५३ प ४२८५ नम्बरको हरियो २०० सीसीको पल्सर मोटरसाइकल पार्किङ गरेको अवस्थामा लक टुटाएर भाग्न खोजेका थिए ।...
प्रहरीको जागिर लगाउने भन्दै ८ लाख ठग्ने एक युवा पक्राउ

प्रहरीको जागिर लगाउने भन्दै ८ लाख ठग्ने एक युवा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १७ प्रहरीमा जागिर लगाईदिने भन्दै ८ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाहीका इजराईल मनसुरीलाई पक्राउ गरेको हो । बलरा नगरपालिका ७ गडहिया टोल बस्ने एमडी राजा भनिने इजराइल मन्सुरीले गाउँकै अतिबुला मियाँको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६२२ पुग्दा ३४ जना कोरोना मुक्त

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६२२ पुग्दा ३४ जना कोरोना मुक्त

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १६ उदयपुरमा आज (आईतवार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय २२ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ पुरुष र ५ महिला गरी ११ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार आज ३६ जनाको एन्टिजेन्ट विधिमार्फत कोरोना परिक्षण गर्दा ११ जनाको रिपोट पोजेटिभ आएको हो । आज थपिएका संक्रमितहरु कटारी नगरपालिका र जिल्ला अस्पताल उदयपुरमा परिक्षण गरिएकाहरु रहेका छन् । कटारीको १ जना पुरुष र अस्पतालमा परिक्षण गरिएका ६ पुरुष र ५ महिला संक्रमित भएका हुन् । जिल्लामा २२ पुरुष र १२ महिला कोरोना मुक्त भएका छन् । हालसम्म जिल्लामा कोरोनाबाट १ जना पुरुषको मृत्यु भएको छ ।...
त्रियुगाको १ नं. वडामा महिला लक्षित कार्यक्रम अन्तर्गत विपन्नलाई सुँगुरको पाठा र बोका वितरण

त्रियुगाको १ नं. वडामा महिला लक्षित कार्यक्रम अन्तर्गत विपन्नलाई सुँगुरको पाठा र बोका वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १६ उदयपुरको त्रियुगा नगरपालिका–२ जोगिदहमा वडाका विपन्न महिलाहरुलाई उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । वडाले आदिवासी जनजाती महिला लक्षित कार्यक्रम अन्तर्गत शनिवार एक कार्यक्रम बिच उन्नत जातको सुगुँर, बिउ बोका र कुखुरा वितरण गरेको हो । कार्यक्रमबाट १३ घरघुरीमा एक/एक वटा सुगुँरका पाठा र समूहमा रहने गरी दुई वटा बोका वितरण गरिएको वडा अध्यक्ष मनोज चौधरीले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएको विपन्न महिलालाई आयआर्जनमा सहयोग पर्याउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुगुँरको पाठा वितरण गरेको हो । अध्यक्ष चौधरीका अनुसार आर्थिक अवस्था सुधार गर्न निर्वाहमुखी भन्दा पनि व्यवासायिक कृषी गर्नु पर्ने बताउदै वडा कार्यालयको सहयोगमा सञ्चालित यस सुगुँर र बोका वितरण कार्यक्रम बिउ पुँजीको रुपमा लिन आग्रह गरे । स्थानीय बजारमा सुगुरको प्रति पाठा ८ हजार र एक लाखमा द...
नोबेल अस्पताल सञ्चालक डा.शर्माले झापाको सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

नोबेल अस्पताल सञ्चालक डा.शर्माले झापाको सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १६ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् । विर्तामोडमा शनिवार एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नविन विमलीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । चावी हस्तान्तरण गर्दै प्रवन्धक दाहालले डा.सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, सहयोगी समाजका अध्यक्ष एवं नेपाली कांग्रेस झापाका सचिव विमली, विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेर सहयोग पुर्याएको भन्दै नोबेल अस्पताल...
नेपालमा समुदाय स्थरमै कुष्ठरोगी बढ्यो

नेपालमा समुदाय स्थरमै कुष्ठरोगी बढ्यो

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १५ नेपालमा कुष्ठरोगीको संख्या बढ्न थालेको छ । सरकारले आफ्नो देश कुष्ठरोगि निवारणको मुलुक रहेको भ्रमका कारण नेपाली समुदयहरुमा कुष्ठरोगीहरु धमाधम देखा पर्न थालेको छ । उसोत विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कुष्ठरोग निवारण गरेको मुलुक भनेर घोषणा गरेको ११ वर्ष पुग्यो । तर निवारण घोषणा गरेपछि कुष्ठरोग प्रभावितको सङ्ख्या घट्नुको साटो तीव्र गति बढ्दै गएको छ । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाकाअनुसार ०७७र०७८ मा मात्रै २१ सय ७३ जना नयाँ कुष्ठरोग प्रभावित बिरामी पत्ता लगाइएको हो । जसमा ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला यस रोगबाट भएका छन् । सन २०१० मा नेपाललाई डब्ल्यूएचओले कुष्ठरोग निवारण देश भनेर घोषणा गरेको थियो । प्रति १० हजारमा ०।७७ अर्थात् एकभन्दा कम रोगीको सङ्ख्या हुँदा निवारणको घोषणा गरिएको थियो । त्यस समयमा ३ हजार १ सय ४२ जना नयाँ बिरामी थपिएका थिए । ...
टिकटकमा भाईरल भएकी बिनुको विवाह उदयपुरे युवासँग

टिकटकमा भाईरल भएकी बिनुको विवाह उदयपुरे युवासँग

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १४ पछिल्लो समय टिकटकमा निकैनै रुचाएकी बिनु अधिकारीको विवाह उदयपुरे युवासँग भएको छ । टीकटकमा लाखौ फलोअर्स भएको बिनुको विवाह जिल्लाको बेलका नगरपालिका–४ गुरुङचौरी भट्टराईचोक घर भएका युवक रमण पराजुलीसँग भएको हो । झापा स्थायी घर भएकी बिनुले पराजुलीलाई पतिको रुपमा रोजेकी छिन् । स्रोतका अनुसार बिनु र रमण केही समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका थिए । राजधानी काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनको क्रममा उनीहरुको चिनजान बिस्तारै प्रेममा परिणत भएको थियो । अध्ययनसँगै काठमाडौंमो व्यवसाय गरेर बस्ने रमेश र टीकटक भाईरल बिनु हाल दुवैजना पेप्सीकोला बस्दै आएका छन् । कोभिडका कारण सीमित आफन्त नातागोताबीच झापामा बिवाह भएको पारिवारिक स्रोतले जनाएको छ । सामाजिक सञ्जाल टीकटकमा लोकप्रिय बनेकी बिनु विशेष गरी मौलिक भिडियोहरु बनाउने गर्छिन् । पछिल्लो समय उनको टीकटकमार्फत बिभिन्न स...
उदयपुरमा घाँस काट्न गएकी महिलाको शव फेला

उदयपुरमा घाँस काट्न गएकी महिलाको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ १४ उदयपुमा घाँस काट्न गएकी एक महिलाको शव जंगलमा फेला परेको छ । जिल्लाको ताप्ली गाउँपालिका–३ दगलेकी ५० वर्षीया लक्ष्मीमाया तामाङको शव खोलामा फेला परेको हो । तामाङको मृत्यु भीरबाट लडेर भएको प्रहरीले जनाएको छ । उनी बिहानै घाँस काट्न घरछेउकै जंगलमा गएकी थिइन् । स्थानीयका अनुसार बाख्रालाई घाँस काट्न गएकी तामाङ बगले भीरबाट लडेको हो । तामाङ भीरबाट लडेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । डिएसपी गौतमका अनुसार लडेर खोलामा पुगेको शवलाई स्थानीय र आफन्तले घरमा ल्याएर राखेको बेला प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली समेत सदरमुकाम गाईघाटबा घटनास्थल पुगेको बताइएको छ । मृतकको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएक...
अब प्र्याङ्क भिडियो खिच्नेलाई कार्वाही गर्ने गृहमन्त्रालयको चेतावनी

अब प्र्याङ्क भिडियो खिच्नेलाई कार्वाही गर्ने गृहमन्त्रालयको चेतावनी

Breaking News 2
पूर्णपुष्टि, माघ १४ प्र्याङ्क भिडियो खिचेर सामाजिक संञ्जालहरुमा राख्नेलाई कार्वाही गर्ने गृहमन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले एक विज्ञाप्ती जारी गर्दै अब कसैको पनि अनुमति विना प्र्याङ्क भिडियो खिच्नेहरुलाई कार्वाही गर्ने चेतावनी दिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ । सार्वजानिक स्थलहरुमा प्र्याङको नाममा मजाक उडाउने, ख्याल ठट्टा गर्ने, मस्करी तथा अन्य हिसावले सर्वसाधरणहरुलाई मानसिक, शारीरिक हैरानी गर्ने प्रविधिले नकरात्मक फैलाईरहेको भन्दै गृहल अव यस्तो गरेको पाईएमा कर्वाही गर्ने चेतावनी दिएको विज्ञप्तिमा भनिएको छ । ‘‘सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिबिना कुनै प्रकारको तस्वीर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमतिरसहमति बिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसु...