Thursday, August 27News That Matters

Breaking News 2

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘हल्का रमाईलो’ अब हिमालयन टेलिभिजनबाट प्रसारण हुने

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘हल्का रमाईलो’ अब हिमालयन टेलिभिजनबाट प्रसारण हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कार्तिक १० नेपालको चर्चित हास्य टेलिसिरियल हल्का रमाईलो अब हिमालयन टेलिभिजनबाट प्रसरण हुने भएको छ । नेपालमा अत्यादिक रुचाईएको हल्का रमाईलो आउँदो आईतबार बाट हिमालयन टेलिभिजनबाट प्रसारण हुने हल्का रमाईलोका लेखक, निर्देशक तथा कलकार मरिचमान श्रेष्ठले बताए । यस टेलिसिरियलको १०२ भाग प्रशारणमा आईसकेको छ । मरिचमान र राजुको लेखक, निर्देशन एवं अभिनय समेत रहँदै आएको अर्को टेलिसिरियल ‘जुठे’ पनि हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको छ । अबदेखि हरेक आईतबार राती ८ बजेपछि टेलिसिरियल हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन, निर्देशन रहँदै आएको ‘हल्का रमाईलो’ लोकप्रिय हास्य टेलिसिरियल मानिन्छ । टेलिसिरियलमा मरिचमान श्रेष्ठ, राजु पौडेल, सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्वल खड्का, सविना आचार्य, सविना गिरी लगायतको अभिनय रहँद...
उदयपुरमा दुई दिनदेखि बेपत्ता रहेका एक पुरुषको शव फेला

उदयपुरमा दुई दिनदेखि बेपत्ता रहेका एक पुरुषको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ९ उदयपुुरमा दुई दिनदेखि बेपत्ता भएका एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको सदरमुकाम गाईघाटस्थित डीएम गेट नजिकै घर भएको ७८ वर्षीय खड्गबहादुर विश्वकर्माको शव फेला परेको हो । विश्वकर्मामा शनिवारबाटै हराएका थिए । आफ्नै घरबाट हराएका एक्कासी सम्पर्कबिहीन बनेका उनको शव सोमबार बिहान साढे ९ बजे त्रियुगा नगरपालिका–१३ पोर्ताहस्थित त्रियुगा नदी किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पोर्ताहका एक स्थानीयले नदीले बगाएर ल्याएको व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै जिप्रका उदयपुरबाट खटिएको टोलीले मुचुल्का तयार पारी लाश पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको जिल्लाका डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो । पोस्टमार्टमलगतै दाहसंस्कारसमेत गरिएको पारिवारिक स्रोतले जनाएको छ ।...
प्रदेश १ मा हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

प्रदेश १ मा हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ९ इलाका प्रहरी कार्यालय पथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्यमान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय पथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरिया...
वडा अध्यक्ष लागुऔषाध सहित पक्राउ

वडा अध्यक्ष लागुऔषाध सहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ९ सिराहामा वडा अध्यक्ष लागुऔषाध सहित पक्राउ परेको छ । सरकारी नम्बर प्लेट स १ ब ९३८ नम्बरको मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१८ वडा अध्यक्ष रामसोगारथ यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो । यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।  ...
उदयपुरमा टिपरमा करेन्ट लाग्दा चालक गम्भीर घाईते

उदयपुरमा टिपरमा करेन्ट लाग्दा चालक गम्भीर घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ८ उदयपुरमा टिफरमा करेन्ट लाग्दा चालक गम्भिर घाईते भएको छ । उदयपुर कटारी नगरपालिका–८ बर्मीमा अस्थाई नम्बर प्लेट १०६४ को टिपरले टायल, मार्वलको टुक्रा (फोहोर) फाल्ने क्रममा टिपरको ट्रलीले मेन लाईनको विद्युतिय तारमा टच भर करेन्ट लाग्दा चालक गम्भीर घाईते भएको हो । घाईते हुनेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–११ बस्ने ३० बर्षीय सागर तामाङ्ग रहेको छ । घाईते तामाङ्गलाई उद्धार गरी कटारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी किर्तिपुर अस्पताल काठमाण्डौं पठाईएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।  ...
बलिउड स्टार सुनिल सेट्टीले नेपाली चलचित्र खेल्दै, नेपालमा ६ दिन सुटिङ गर्ने

बलिउड स्टार सुनिल सेट्टीले नेपाली चलचित्र खेल्दै, नेपालमा ६ दिन सुटिङ गर्ने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कार्तिक ८ बलिउड स्टार सुनिल सेट्टीले नेपाली चलचित्र ‘एक्स ९’मा काम गर्ने भएको छ । उनले नेपालमा ६ दिन सुटिङ गर्ने भएको छ । चलचित्र ‘एक्स ९’मा बलिउड नायक सुनिल सेट्टीले १२ दिनको समय दिने छ । सेट्टीले नेपाली चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । चलचित्रका निर्देशक मुकुन्द भट्टले बलिउड स्टार सेट्टी सँग चलचित्रका लागि संझौता भैसकेको जानकारी दिएका छन् । यो चलचित्रलाई महंगो बजेटमा बनाउन लागिएको छ । केहि दिनमै चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी समेत गरिएको उनको भनाई छ । चलचित्रमा नायक अनमोल केसी शिर्ष भूमिकामा देखिदैछन् । साथमा, सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारको अभिनय चलचित्रमा रहनेछ । चलचित्रमा २ नयाँ नायिका हुने भट्टको भनाई छ ।...
उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट 

उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट 

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ८ उदयपुरमा आग्लागी हँदा एक घर जलेर नष्ट भएको छ । चौदण्डीगढी नगरपालिका– १ सिम्लेस्थित फुसको छानो भएको रहरमान राईको घरमा आग्लागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आईतबार बिहान १० बजेदेखि सल्कीएको आगो घर खरानी भएपछि मात्र नियन्त्रणमा आएको थियो । स्थानीय राईको एक तले घरमा भएको खाद्यन्न तथा लताकपडा र नगद सबै जलेको स्थानीले बताएका छन् । आगलागीको कारण भने थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।...
उदयपुरमा बोलेरो दुर्घटना, ८ जना घाइते

उदयपुरमा बोलेरो दुर्घटना, ८ जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ७ उदयपुरमा ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका–५ आम्बोटेमा बर्रेबाट कटारी तर्फ जाँदै गरेको को १ ज ३१८८ नम्बरका बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् । उदयपुरगढी गाउँपालिका–३ का ४३ वर्षीय खिलराज तामाङ, सोही ठाउँ बस्ने वर्षीय २० आशिष खड्का, सोही पालिका–४ बस्ने ५० वर्षीया सुनमाया तामाङ, सोही वडा बस्ने २३ वर्षीया हिरा तामाङ, ३८ वर्षीया चिनमाया तामाङ, १५ वर्षीय मेख बहादुर बस्नेतको साथै दोलखा जिल्ला विगुल गाउँपालिका–४ बस्ने २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षीया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । घाइतेहरुको जिल्ला अस्पताल गाईघाटमा उपचार भईरहेको प...
धादिङमा गुडिरहेको वसमा एक्कासी आगलागी

धादिङमा गुडिरहेको वसमा एक्कासी आगलागी

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ७ सुर्खेत बाट काठमाण्डौँ तर्फ गईरहेको यात्रुवाहक वसमा एक्कासी आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बाहक बसमा आईतबार बिहान २ बजे धादिङको गजुरीमा आगलागी भएको हो । बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ । बस भने पूर्ण रुपमा क्षेती भएको छ । धादिङ प्रहरीका अनुसार गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको जानकारी दिए । बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।...
स्रोत नखुलेको रकम र सुनसहित २ जना पक्राउ

स्रोत नखुलेको रकम र सुनसहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ५ सुनसरीको धरान उपमहानगरपालिका–२ स्थितबाट स्रोत नखुलेको नगद रकम र बिल भरपाई बिनाको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१५ सगरमाथा लाईन का ४८ वर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ का ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । हिजो दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरु दुवैलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा २५८.३२० ग्राम र नगद १८ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...