लिम्चुङबुङ महोत्सवले पालिका उत्साहित
उदयपुर, बैशाख ८ गते ।
लिम्चुङबुङ गाउँपालिका बाराहाको सहयोग तथा एभरेस्ट पर्यटन भ्युटप विकास समितिको आयोजनामा पहिचानको लागि संस्कृति, विकासका लागि पर्यटन भन्ने मुल नाराका साथ बैसाख १ देखि ५ गतेसम्म सन्चालन भएको सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव –२०७६ भब्यरुपले सम्पन्न भएको छ ।
पालिकाले एक विज्ञप्ती जारी गर्दै महोत्सवले लिम्चुङबुङभित्रका सबै जातजाती, भाषा र संस्कृतिको विकास र उन्नयनमा ऐतिहासिक जागरण पैदा गर्दै बिबिधताका बीच गहिरो भावनात्मक एकता निर्माण गर्न सहयोग पुर्याएको जनाएको छ । त्यहाँको भूगोलमै पहिलो पटक एकै ठाउँमा सबै स्थानीय जात, जातिका सांस्कृतिक नाच तथा झाँकिहरु प्रस्तुत गर्न पाउँदा आम लिम्चुङबुङबासीमा गौरव र अपनत्वको अनुभुत भएको र महोत्सवले देशैभरी बिबिध पहिचान र संस्कृतिको समतामूलक विकास र प्रवर्द्धनले नै दिगो शान्ति र मजबुत एकता संभव छ भन्ने सन्देश प्रवाह गरेको...









