Wednesday, July 1News That Matters

संसार

अमेरिका प्रवेशका लागि १३ देशलाई प्रतिबन्ध फुकुवा

अमेरिका प्रवेशका लागि १३ देशलाई प्रतिबन्ध फुकुवा

समाचार, संसार
पूर्णपुष्टि, फागुन २६ अमेरिकाले १३ देशलाई प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् । यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले घोषणाा गरेको थियो । पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर जो बाइडेनको प्रशासनले प्रतिबन्ध फुकुवाको घोषणा गरेको हो । सन् २०२० को जनवरी २० भन्दा अघि भिसा दिन अस्वीकार गरेकाहरूलाई फेरि आवेदन दिएर आवेदन शुल्क बुझाउन आग्रह गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यात्रा प्रतिबन्धका कारण ४० हजारभन्दा धेरै मानिसले अमेरिका प्रवेश गर्न पाएका थिएनन् ।...
युरोपेली सङ्घका सदस्य राष्ट्रले १० करोड खोप पाउने

युरोपेली सङ्घका सदस्य राष्ट्रले १० करोड खोप पाउने

समाचार, संसार
पूर्णपुष्टि, फागुन २५ आगामी अप्रिलदेखि युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले मासिक १० करोड डोज खोप पाउने भएका छन् । सङ्घअन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था भएको युरोपेली सङ्घले जनाएको छ । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको जनाईएको छ । युरोपेली सङ्घले बायोएनटेक, अस्ट्रोजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ । मासिक १० करोड खोप युरोपेली सङ्घका देशहरुमा आउनु आफैँमा ठूलो उपलब्धि भएको जनाईएको छ । युरोपेली सङ्घअन्तर्गत रहेको २७ देशमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।...
वर्षमा ९० करोड टन खानेकुरा फ्याँकियो

वर्षमा ९० करोड टन खानेकुरा फ्याँकियो

समाचार, संसार
पूर्णपुष्टि, फागुन २४ विश्वमा हरेक वर्ष ९० करोड टन खानेकुरा फ्याँक्ने गरिएको पाइएको छ । विश्वव्यापी एउटा प्रतिवेदनको अनुसार १ वर्षमा ९० करोड टन खाद्यान्न फ्याँक्ने गरिएको देखाएको छ । संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुरेन्टमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सिधै फोहर फालिने भाँडोमा जाने गरेको देखाएको अन्तराष्ट्रिय संंचारमाध्यमले जनाएको छ । यसमध्ये करिब ६० प्रतिशत घरबाट निस्किन्छ । राष्ट्रसङ्घको साझेदार सङ्गठन कार्यक्रमको प्रतिवेदनले विश्वव्यापी समस्यालाई उजागर गरेको छ जुन अनुमान गरेभन्दा धेरै ठूलो परिणम देखा परेको छ । न्यून र उच्च आय भएका देशहरूबीच कुन तहमा यो समस्या फरक छ भन्ने कुरा खुट्याउन भने सकिने अवस्था नरहेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनमा मानिसले थप सावधानीपूर्वक खाना र किनमेलबारेको योजना बनाउन थालेको...
न्युजिल्यान्डमा ७.२ रेक्टरको भूकम्प

न्युजिल्यान्डमा ७.२ रेक्टरको भूकम्प

समाचार, संसार
पूर्णपुष्टि, फागुन २१ न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ । ७.२ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ । एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई ठाउँ छाड्न आह्वान गरेको  जनाएको छ । अमेरिकी भूगर्भ विभागले भने सो भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड माप गरेको छ । विभागले भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ । भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन ।...
सेनाको आक्रमणमा ३८ जना प्रदर्शनकारीको मृत्यु

सेनाको आक्रमणमा ३८ जना प्रदर्शनकारीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, फागुन २०  म्यानमारमा सेनाको आक्रमणबाट बुधबार ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ । प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ । सेनाले सबै अधिकार आफ्नो हातमा लिएर सैन्य शासनको घोषणा गरेको छ । चुनावमा सुकीले धाँदली गरेर जितेको सेनाको आरोप छ । यसैबीच म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् । सेनाले प्रदर्शनकारीहरुको प्रदर्शन दमन गर्ने क्रममा अहिलेसम्म ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने धेरै व्यक्ति घाइते अवस्थामा रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । म्यानमारमा हरेक...
विश्वमा ९ करोड १० लाखभन्दा धेरैले कोरोना मुक्त

विश्वमा ९ करोड १० लाखभन्दा धेरैले कोरोना मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १९ अहिलेसम्म विश्वमा ९ करोड १० लाखभन्दा धेरैले कोरोनाले जितेका छन् । ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै जना कोरोनामुक्त भइसकेको वर्ल्डओमिटरले जनाएको छ । अहिलेसम्म कोरोनाबाट विश्वमा २५ लाख ५८ हजार जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २ करोड १७ लाख जना अहिले विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये पनि ९९.६ प्रतिशत अथवा २ करोड १६ लाखभन्दा धेरै जनाको अवस्था सामान्य छ । ०.४ प्रतिशत अथवा ९० हजार ७ सय जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमित हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १८ सय १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाका कारण ५ लाख २९ हजारभन्दा धेरै जनाको मृत्यु भईसका छन् भने २ करोड ९३ लाखभन्दा धेरै...
पूर्व राष्ट्रपति सार्कोजीलाई ३ वर्ष जेल सजाय

पूर्व राष्ट्रपति सार्कोजीलाई ३ वर्ष जेल सजाय

समाचार, संसार
पूर्णपुष्टि, फागुन १८  फ्रान्सको पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई त्याहाको अदालतले तीन वर्ष जेल सजाय तोकेको छ । पूर्व राष्ट्रपति सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । ६६ वर्षीय सार्कोजीले सजाय भएकामध्ये दुई वर्ष जेलमा र बाँकी एक वर्ष घरमै बस्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति थियो । सार्कोजीका कानुन व्यवसायी र सरकारी अधिकारीबीच भएको टेलिफोन कुराकानी सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो । सार्कोजीका कानुन व्यवसायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको छ । सार्कोजीलाई आफूले गरेको काम गलत थाहा हुँदाहुँदै पनि स...
भारतमा ज्येष्ठ नागरिकलाई खोप लगाइँदै

भारतमा ज्येष्ठ नागरिकलाई खोप लगाइँदै

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १७  आजदेखि भारतमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । देशभर सुरु हुने दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप  लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकामा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने जनाईएको छ । तर, निजी अस्पतलामा लगाइएको कोरोनाविरुद्धको खोपका लागि भने नागरिक आफैँले शुल्क तिर्नु पर्नेछ । यसका लागि एक डोजका लागि नागरिकले २ सय ५० भारतीय रुपैयाँ तिर्नु पर्नेछ । भारतका १० हजार सरकारी अस्पतालमा भने कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन पाइनेछ । आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा ६०  वर्षमाथिका झण्डै १० करोड नागरिकलाई खोप दिने तयारी छ । भारतले आउँदो जुलाई महिनासम्ममा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।...
म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु

म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, फागुन १७ म्यानमारमा प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाउदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको जनाइएको छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य ’कू’ को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ । म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो । यसको विरोधमा त्यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ । म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । म्यानमारमा सैन्य ’कू’ भएपछि विश्वभर यसक...
प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो

समाचार, संसार
पूर्णपुष्टि, फागुन १६ म्यानमारमा प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाउदा कम्तिमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनमा कम्तीमा २० जना प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । याङ्गुनसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि गोली चलेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने जनाईएको छ । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन हुँदै आएको छ । गत फेब्रुअरी १ मा म्यानमारमा सैनिक ‘कू’ भएको थियो । यसअघि पनि प्रदर्शनमा तीन जना प्रदर्शनकारीको मृत्यु भईसकेको छ । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षका लागि सङ्कटकालको घोषणा गरिएको छ । नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै विरोध प्रदर्शनहरु भइरहेका छन् । से...