हतियार र लागु औषध सहित २ जना पक्राउ
सुनसरी, असोज १२ गते ।
सुनसरीको बर्जुबाट हतियार र लागु औषधसहित दुई जना पक्राउ परेका छन् । बर्जु गाउँपालिका–३ अमडुवाबाट पेस्तोल र लागुऔषध सहित करणकुमार चौधरी र प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेका हुन् ।
बिशेष सूचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान टोली तथा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नपा–५ मगर टोल निबासी २७ वर्षीय करणकुमार र २१ वर्षीय प्रकाशलाई बिहान ७ बजे प्रहरीले पक्राउ गरेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट मेडीईन यूएस्ए ७.६३ लेखिएको पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्याग्जिन २ थान, गोली ३ थान र फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाईजोल्याव ३५ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...







