Monday, May 4News That Matters

समाचार

दिखुवाछा चामलिङ राइहरुको पहिलो भेला सम्पन्न

दिखुवाछा चामलिङ राइहरुको पहिलो भेला सम्पन्न

समाचार
 बुद्धि चामलिङ राई  गाइघाट, असार ९ गते ।   दिखुवाछा चामलिङ राइहरुको शनिबार गाइघाटमा सम्पन्न  पहिलो भेलाले बिष्णु कुमार दिखुवाछा चामलिङ राइको अध्यछ्तामा ११ सदस्यिय समिती चयन गरेको छ ।  त्रियुगा नगरपालिका – १२ पुरानो गाइघाट स्थित आदिबासी जनजाती  महासङघको सभाहल मा  ७० बर्षका जेष्ठ दिख्वाछा नेपाल प्रहरीका पुर्ब हवल्दार त्रिनपा – ११ गाइघाट साकेलाटोल निबासी बलबहादुर दिखुवाछा चामलिङ राइको सभापतित्व मा सम्पन्न भेलाले बिष्णु कुमार दिखुवाछा चामलिङ राइको अध्यछ्तामा सर्बसम्मत नया समिती चुनेको हो । समितिको उपाध्यछ लिल बहादुर दिखुवाछा चामलिङ राइ, सचिब मन कुमार दिखुवाछा राइ, सह–सचिब शर्मिला दिखुवाछा चामलिङ राइ र कोषाध्यक्षमा शुशिला दिखुवाछा चामलिङ राइ चुनियका हुन । नबगठित समितिका अध्यक्ष बिष्णु त्रियुगा नगरपालिका – १५ खाबु छामलिङका हुन । उपाध्यक्ष लिलबहादुर त्रिनपा – ११ गाइघाट, सचिब मनकुमार त्रिनपा ...
सहमतिबाटै प्रदेशको नामाकरण गरिने

सहमतिबाटै प्रदेशको नामाकरण गरिने

समाचार
उदयपुर, असार ९ गते । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी विराटनगरमा साझा सहमतिमा निर्णय गरेजस्तै नामाकरण पनि गरिने बताएकन छन् । प्रेस संगठन नेपाल उदयपुरले आईतबार सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले किराँत, कोसी, सगरमाथा वा दुई शब्दलाई जोडेर साझा सहमतिबाटै नामाकरण गरिने बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले भर्खरै ल्याएको बजेट तथा नीति कार्याक्रममा कृषि र पर्यटनलाई जोड दिएको बताए । उनले प्रदेश १ को सम्बृद्धिको आधार भएकाले कृषि र पर्यटनमा जोड दिएको बताए । उनले सरकारका विरुद्ध बाह्य र भित्रीरुपमा आक्रमण भइरहेकाल त्यसविरुद्ध लड्नु पर्ने धारणा व्यक्त गरे । सरकारले गरेका महत्वपूर्ण कामलाई पनि नराम्रो भएको भन्दै सरकारको कामकारवाहीलाई गलत प्रचार प्रचार गरेर विभिन्न रुपमा आक्रमण गरिरहेको भन्दै उनले संघियता नचाहिनेहरुको जमातले...
हलेसी र लिम्चुङबुङ जोड्ने केबुलकारको सम्भाब्यता अध्ययन

हलेसी र लिम्चुङबुङ जोड्ने केबुलकारको सम्भाब्यता अध्ययन

पर्यटन, समाचार
उदयपुर, असार ९ गते । उदयपुर, असार ८ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यूटप र खोटाङको हलेसीधाम जोड्नेगरी केबलकार सञ्चालनको निम्ति सम्भाब्यता अध्ययन भएको छ । पालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार केबुलकार सम्बन्धी काम गरिरहेका प्राविधिकसहितको तीनजनाको टोलीले सम्भाब्यता अध्ययन गरेको हो । पालिकासंगको समन्वयमा हलेसी महादेव केबुलकार प्राईभेट लिमिटेडको पहलमा सम्भाब्यता अध्ययनपछि एभरेष्ट भ्यूटव केबलकारका लागि उपयुुक्त ठाउँको रुपमा पहिचान गरिएको अध्यक्ष राईले बताए । सम्भावना राम्रो देखिएकाले अबका दिनमा पूर्णरुपले अध्ययन र योजना निर्माण गर्ने निस्कर्षमा टोली पुगेको छ । पर्यटकीय हिसावले प्रख्यात हलेसी र लिम्चुङबुङ वारीपारी रहेकाले केबुलकारको सम्भावना देखिएको हो । पछिल्लोसमय लिम्चुङबुङको एभरेष्ट भ्यूटव रमणीय हिमश्रृङ्खला दुष्यावलोकन तथा घुमफिरको लागि रमणीय स्थलको रुपमा परिचित...
बुडा नभएको बेला सौताको हत्या

बुडा नभएको बेला सौताको हत्या

समाचार
उदयपुर, असार ८ गते । कटारीमा एक महिलाले धारीलो हतियार प्रयोग गरी सौताको घाँटी रेटेर हत्या गरेको छ । कटारी नगरपालिका – ४ मरुवा निबासी २० वर्षीया लक्ष्मी राईको घाँटी रेटेर आईतबार हत्या भएको हो । मरुवा निबासी ३१ बर्षीय पदम राईले कान्छि श्रीमती ल्याएपछि जेठी श्रीमती अलग्यै बस्दै आएकी थिईन् । श्रीमान र सौतासँग छुट्टै बस्दै आएकी ३० बर्षीया सीता राईले आफ्नी सौता राईको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमानले कान्छि श्रीमती ल्याएपछि उनी मानसिकरुपमा विछिप्त रहेको स्थानीयले जनाकारी दिएको प्रहरीले जनाएको छ । करिब एक सय मिटरको दुरीमा बस्दै आएकी सिताले करिब दिउँसोको १ बजे घरमा कोही नभएको मौका छोपी आफ्नै घरमा सौतालाई बोलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । उनीले तरकारी काट्ने चक्कुले सौताको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले महिला र उनले प्रयोग गरेक...
आधारभूत पत्रकारीता प्रशिक्षण सम्पन्न

आधारभूत पत्रकारीता प्रशिक्षण सम्पन्न

Breaking News 1, समाचार
  रानिवास/असार, ५  त्रियुगा नगरपालिका वडा नं १५ खाँबु रानिसामा आधारभूत पत्रकारीता प्रशिक्षण तथा बाल भित्ते पत्रकारीता तालिम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नं १५ को सहयोग तथा पूर्णपुष्टि साप्तिाहिकको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम्मा सम्पूर्ण टोलबाट २४ जना भन्दा बढीले सहभागी जनाएका थिए । बिकट ठाउँमा पनि सूचना सञ्चारको विकास गर्ने र त्याहाँका वडा वासीहरुलाई सूचना सञ्चारको माध्यमबाट सुचित गराउने भन्दै वडाले तालिमलाई सहयोग गरेका थिए । ३ गते देखि संचालनमा रहेको तालिमलाई पूर्णपुष्टि साप्ताहिका प्रकाशक सम्पादक तथा मुख्य प्रशिक्षक भोटराज राई र बरिष्ट पत्रकार कौशल चेम्जोङले सहजीकरण गरेका थिए । सहभागीहरुले उत्साहजनक तरिकाले तालिम लिए । बिषेश गरी बाल भित्ते पत्रकारीता तालिममा बिभिन्न बिषयहरु समावेश हुने हुदा यस तालिमले सबै पक्षका मानिसहरुलाई सूचित गराउने त्रियुगा नगरपा...
छैठौं रमपम उदयपुर गोल्डकपको उपाधी सशस्त्रले चुम्यो

छैठौं रमपम उदयपुर गोल्डकपको उपाधी सशस्त्रले चुम्यो

खेलकुद, समाचार
उदयपुर, असार ७ गते ।  उदयपुरको थारुहट रंगशाला गाईघाटमा सञ्चालन भएको छैठौँ रमपम उदयपुर गोल्डकपको उपाधी एपीएफ काठमाडौं (सशस्त्र प्रहरी क्लव) ले चुमेको छ । उपाधी चुमेसंगै सशस्त्रले नगद पाँचलाख नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन परेको गोर्खा ब्वाईज रुपन्देहीले नगद तीनलाख पुरस्कार प्राप्त गरेको छ । विजेतालाई १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कार र शिल्ड प्रदान गर्नुभयो । उपविजेतालाई पूर्व राज्यमन्त्री मञ्जुकुमारी चौधरी र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पुरस्कार प्रदान गर्नुभयो । शनिबारको फाईनल खेलमा एपीएफले रुपेन्देहीलाई ० को विरुद्ध १ गोल गर्दै गोल्डकपको उपाधी चुम्न सफल भएको हो । खेलको ७३ औं मिनेटमा सशस्त्रको तर्फबाट १४ नम्बरका खेलाडी स्याम नेपालीले पहिलो गोल गरेका थिए । पहिलो हाफसम्म दुबै टिमबाट गोल हुन नसकोको प्रतियोगितामा थपह...
दुवै टिम जितको दाविमा

दुवै टिम जितको दाविमा

Breaking News 1, खेलकुद, समाचार
उदयपुर, असार, ६ गते ।  उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्कपको फाईनलमा पुगेका दुवै टिमले जितको लक्ष्य राखेको छ । गोर्खाव्वाइज रुपन्देही र एपिएफ काठमाण्डोको फाइन खेल भोली हुदै छ । संर्घष पूर्ण अवस्था बाट फाईनलमा पुगेका दुवै टिमले एक अर्को टिमलाई जित्न निकै चुनौती रहेका बताए । खेलको पूर्व तयारी बारे पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिले फाइनल खेलको तयारी बारे दुवै टिमले जितको लक्ष्य राखेको समितिका कोषध्यक्ष ज्ञानेन्द्र मगरले बताए । एपिएफको कोच सुदिप श्रेष्ठले फाइनलमा पुग्ने कुनै पनि टिम मजबुत रहने बताए । उनले रुपन्देहीलाई मजबुद टिम रहेको भएता पनि जितको पूर्व लक्ष्य राखेको बताएको छ । यस्तै रुपन्देहीका टिम कोच जगु खड्काले पनि एपिएफ नेपालको उत्कृष्ट टिम भएरै फाइनलमा पुगेको बताउँदै भोली हुने खेलमा आफ्नो जित रहने बताए ।  ...
त्रिनपा कार्यालयमा कुकर बम

त्रिनपा कार्यालयमा कुकर बम

समाचार
उदयपुर, असार ६ गते । त्रियुगा नगरपालिकाको कार्यालय परिसर भित्र कुकर बम फेला परेको छ । रातो झोला भित्र काटुनमा राखेको अवस्थामा कुकर बम शुक्रबार फेला परेको हो । विहान फोहर संकलकले फोहर संकलन गर्ने क्रममा संखास्पद वस्तु भेटाएपछि प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ । जानकारी लगतै प्रहरी टोलीले घटना स्थललाई सुरक्षीत बनाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षमा नेपाली सेनाको डिस्पोजल टोली बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम कस्ले राखेको भन्ने विषयमा खोजी कार्य र अनुसन्धार भई रहेको प्रहरीले जनाएको छ ।...
गोर्खा व्वाईज फाईनलमा प्रवेश

गोर्खा व्वाईज फाईनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, असार ५ गते ।  उदयपुरमा जारी छैठौँ उदयपुर गोल्डकपका विहिबारको खेलमा आयोजक टिमलाई ४–१ ले पछि पार्दै गोर्खा व्वाईज फाईनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा भएको सेमिफाईनलको खेलमा उदपयुर ११ लाई पछि पार्दै गोर्खा व्वाईज क्लव फाईनलमा प्रवेश गरेको हो । खेल सुरु भएको २ मिनटमा गोर्खा व्वाईजका जर्सी न. १२ को सुनिलकुमार यादवले गोल गरी आफ्नो टिमको खाता खोलेको थियो । त्यसै गरी १८ औँ मिनट जर्सी न. ९ का डेनियलले दोस्रो गोल गरको थियो भने २२ औँ मिनटमा जर्सी न. ७ का फोफानाले तेस्रो गोल र ८२ औँ मिनटमा चौथो गोल गर्दै आफ्नो टिमलाई विजय गराएको थियो । आयोजक टिमको घरेलु मैदान भएपनि हाप समय सम्म गोल गर्न सकेको थिएन  । हाप समयपछि ७९ औँ मिनटमा आयोजक टिमको जर्सी नम्बर २३ का सुनिल खड्काले एक गोल गर्दै टिमको खाता खोलेका थियो । दर्शकको राम्रो साथ पाएका आयोजक टिमले एक गोलमा चित्त बुझाउनु परेको छ । ...
पाँच दिने योग शिविर

पाँच दिने योग शिविर

समाचार, स्वास्थ्य
उदयपुर, असार ५ गते । पाँचौँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा उदयपुरमा पाँच दिने योग शिविर संचालन भएकोे छ । सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरको आयोजनामा सोमबारदेखि योग शिविर संचालन भएको हो । ‘योग गरौँ, निरोग रहौँ’ भन्ने नाराको साथ स्थानियबासीहरुलाई योगको माध्येमबाट स्वास्थ्य राख्ने उद्देश्यले योग शिविर संचालन गरिएको सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरका आयुर्वेद प्रमुख डाक्टर संजिव यादवले बताए । योगले मानिसलाई स्वास्थ्य राख्नका निम्ती ठुलो मद्दत गर्ने भएकाले शिविर नै संचालन गरेको यादवले बताए । योग सँगै आयुर्वेदको महत्व र कार्यालयबाट पाउने सेवा सुविधाहरुको बारेमा सुचना प्रवाह गरेको सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरले जनाएको छ । जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाईदै आएको छ । ६ गतेसम्म संचालन हुने शिविर २ गतेबाट सुरु भएको औषधालयले जनाएको छ । परापूर्वकालदेखि नै आ...