मोरङ विजयी
उदयपुर, असार २ गते ।
छैठौं रमपम उदयपुर गोल्डकपको तेस्रोदिनको खेलमा मोरङ फुटबल क्लव विजयी भएको छ । निर्धारित ९० मिनेटको खेलमा २–२ गोल बराबरीमा टुंगिएपछि टाईबेक्ररमा नेपाल प्रहरी क्लवलाई ४ को विरुद्ध ६ गोल गर्दै विजयी भएको छ ।
खेलको १२ औं मिनेटमा मोरङको जर्सी नम्बर १२ का नवयुग श्रेष्ठले पहिलो गोल गरेर खाता खोलेको थियो ।
१९ औं मिनेटमा प्रहरीको जर्सी नंं १२ का रविन पासवानले गोल गरेर बराबरीमा पुर्याएको थियो । ४३ औं मिनेटमा मोरङको तर्फबाट आत्मघाती गोल हुनपुग्दा प्रहरीले अग्रता पाएको थियो । मोरङको जर्सी नं. ४ का विकास खवासले पोल नजिकै रोक्न खोजेको बल नियन्त्रण गर्न नसकेपछि पोलपित्र छिरेको थियो ।
त्यस्तै दोस्रो हाफको २५ औं मिनेटमा मोरङका जर्सी नं. १२ का नवयुग श्रेष्ठले नै गोल गरी खेललाई फेरी बराबरीमा पुर्याएको थियो ।
निर्धारित समयसम्म खेल बराबरी भएपछि खेल टाईब्रेकर भएको थियो । टाईब्...









