चारतल्लाबाट खसेर मेरुदण्ड भाँचिएको प्रदिपलाई उपचार खर्चको चरम अभाव
भोटराज राई/उदयपुर, असार १७ ।
गरिबीको कारण मजदुरी गर्न काठमाडौं पुगेका थिए प्रदिप रोका । तर, त्यहाँ पैसा कमाउनुको साटो चारतल्लाबाट खसेर ढाडको मेरुदण्ड भाँचियो । यो घटना भएको ११ वर्ष वित्यो तर, पिडा अझैपनि ज्यूका त्यूँ छ उनको जीवनमा । उनले पिडादायी र कष्टपूर्ण जीवन बाँचिरहेका छन् ।
उदयपुरको रौतामाइ गाउँपालिका–४ मालबासेका २९ वर्षीय प्रदिप अहिले जोरपाटी (काठमाडौं)को अर्थपेटिक हस्पिटलमा भर्ना भएका छन् । तर, उपचार खर्चको अभावले उनी भौतारिरहेको उनका भान्जा उमेश बर्मशाखाले बताए । भान्जा उमेशका अनुसार गरिबीका कारण उपचारखर्च जुटाउन नसक्दा राम्रो उपचार गराउन सकेका छैनन् । दिनानुदिन उनलाई व्यथाले च्याप्दै गएको छ । पिडासहदै घरमै बस्दै आएका प्रदिप ब्याथाले पछिल्लो समय बढि नै च्यापेपछि अस्पतालमा गएका हुन् ।
प्रदिपको भिडियो कथा : https://www.youtube.com/watch?v=_7_5YzMTpgM
विवाह गरेको तीन महि...









